१९ बैशाख २०८१, बुधबार

भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

सिराज खान
नेपालगन्ज, मङ्सिर ५ गते । जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याइएको सो औषधि मङ्गलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
औषधि हस्तान्तरण गर्दै भारतीय राजदूतावासका द्वितीय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायुसेनाको विमानमार्फत तीन खेप अति आवश्यक राहात सामाग्री नेपालगन्ज पुर्‍याइसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महसुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताउनुभयो । उहाँले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको १३३ कार्टुन अति आवश्यक औषधि पठाएको जनाउँदै औषधिलाई प्रभावित जिल्लाहरुबाट आएको माग अनुसार तत्काल पठाउन सुरु गर्ने बताउनुभयो । उहाँले प्रभावित जिल्लाहरुमा अहिले विभिन्न औषधि आवश्यक रहेको जानकारी आएकोले ती जिल्लामा माग बमोजिमको औषधि पठाउने बताउनुभयो ।
भारत सरकारले पठाएको एक ट्रक औषधि चार हजार ५२६ किलो रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । उहाँले यसअघि भारत सरकारले तीन खेपमा गरेर ठुलो टेन्ट १०८ पिस, टेन्टको फिटिङ ६१ पिस, सानो टेन्ट १२५ पिस, सो टेन्टको फिटिङ ६० पिस, तारपोलियन त्रिपाल ६२५ पिस, स्लिपिङ ब्याग पाँच हजार १२ पिस र कम्बल पाँच हजार ३० थान पठाइसकेको बताउनुभयो । ती सबै राहत सामग्रीलाई तत्कालै जाजरकोट र पश्चिम रुकुम पठाइएको पनि उहाँले जनाउनुभयो ।
औषधि हस्तान्तरणका अवसरमा बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, जिल्ला आपतकालीन सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवाली र औषधि व्यवस्था कार्यालय नेपालगन्जका कर्मचारीहरुको पनि उपस्थिति थियो । ( गोरखापत्र अनलाइनबाट )

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *