१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ६ । बाँकेमा अझैपनि एक लाख ४२ हजार मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । सरकारले हरेक नागरिकलाई खोप लगाउने लक्ष्यका साथ तिव्र गतिमा खोप लगाउने अभियान जारी राखेपनि पश्चिम नेपालकै सबैभन्दा सुगम र विकसित मानिएको बाँकेमा अझै धेरै ठुलो जनासम्म कोरोनाको खोप पुग्न सकेको छैन ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जना रहेकोमा ती मध्ये एक लाख ४१ हजार छ सय ७४ जना मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुबै मात्रा पूरा गरेको जनाउँदै एक मात्रा पुरा गर्नेहरु दुई लाख ६४ हजार चार सय ९१ रहेको छ । जिल्लामा दुबै मात्रा पुरा गर्ने ४८ प्रतिशत रहेका छन् भने एक मात्र मात्रा लगाउने ६५ प्रतिशत रहेका छन् ।
खोपको पहुँच भन्दा बाहिर रहेका ठुलो संख्याका व्यक्तिहरुलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकाहरुमा शनिवारबाहेक अन्य दिनमा नियमित खोप लगाउने अभियान चलिरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले छिटो भन्दा छिटो सबैको पहुँच खोपसम्म पुरयाउने गरि कार्य तिव्र गतिमा भैरहेको बताउनुभयो ।
जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखा, खोपसँग सम्वन्धित सरोकारवाला निकायलगायतसँग यसै बिषयमा छलफल गर्न स्वास्थ्य कार्यालयले नेपालगन्जमा समिक्षा गोष्ठिको आयोजना गरेको छ ।
सो गोष्ठिमा हालसम्म खोपका सम्बन्ध भए गरिएका प्रगति सहित आएका समस्याका बारेमा बृहत्त छलफल गरेर आगामी योजना तथा रणनिति बनाउने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो ।
उहाँले सबैलाई खोपको पहुँचमा ल्याउनका लागि खोप अभियानलाई प्रभावकारी बनाउन यो गोष्ठि महत्वपुर्ण हुने पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *