१९ बैशाख २०८१, बुधबार

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

समाचारदाता
नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ ।
कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो ।
सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्तो सहयोगले अपाङ्गता भएका ब्यक्तिहरुको दिनचर्यालाई सहज बनाउनुका साथै यसको प्रयोगले आत्मबल समेत बढाउने बताउनुभयो ।
उहाँले आफुजस्ता राजनिती गर्नेहरुको ध्यान नपुगेको हेर्दा सानो देखिने यस्ता सहयोगहरु अपाङ्गता भएकाहरुको जीवनका लागि निकै अर्थपुर्ण रहेको बताउनु भयो ।
पुर्वमन्त्री राईले युनेस्को बाँकेले लामो समयदेखि पिछिडिएका र विपन्न वर्गका लागि धेरै राम्रा कामहरु गर्दै आएकोमा संस्थामा आवद्ध सबैप्रति आभार समेत व्यक्त गर्नुभयो ।
परियोजनाकी संयोजक बिनिता आरसीले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका अपाङ्गता तथा फरक क्षमता भएका महिला पुरुषको छनोट गरेर ट्राईसाईकल सहयोग गरिएको जानकारी दिनुभयो ।
क्लबका संरक्षण अधिकृत गुलाम गौसले संचालन गर्नु भएको वितरण कार्यक्रममा क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम अधिकृत नदिम शाह, सल्लाहकारहरु सिराज खान, नरेन्द्र थापा र राकेश मिश्रा लगायतको उपस्थिती रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *