१४ बैशाख २०८१, शुक्रबार

बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ८ । बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । संस्थालाई समय समयमा आवश्यक सुझाव र सल्लाह दिनुका साथै सहयोग समर्थनका लागि जिल्लाका सात जना वरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले क्लबको १० औं अधिवेसनबाट नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सात जनाको सल्लाहकार समिति गठना गरेको बताउनुभयो । क्लबको सल्लाहकारमा मनोनित हुनुभएकाहरुमा वरिष्ठ पत्रकारहरु सिराज खान, विजय बर्मा, रुद्र सुवेदी, राकेश मिश्र, नरेन्द्र थपा र झलक गैरे तथा वरिष्ठ धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी रहनु भएको छ ।
यसैगरि सोही बैठकले संस्थाको वरिष्ठ उपाध्यक्षमा पन्चम गुरुंगलाई मनोनित गरेको छ । यसअघि शनिवार सम्पन्न साधारणसभा र अधिवेसनको बन्द सत्रले वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय गरेको थियो ।
बैठक अघि नवनिर्वाचित कार्य समितिलाई सपथ ग्रहण गराईएको थियो भने निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *