१४ बैशाख २०८१, शुक्रबार

भन्सार राजस्व छलेर भित्रयाईएको १९ लाख बढीको सामान शसस्त्र प्रहरीद्धारा बरामद

भन्सार राजस्व छलेर भित्रयाईएको १९ लाख बढीको सामान शसस्त्र प्रहरीद्धारा बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ पुस । यसअघि दिनदिनै तस्करी गरेर भित्रयाईएको सामान नियन्त्रणमा लिंदै आएको शसस्त्र प्रहरीले भन्सार राजस्व छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणको सामान फेरी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक भुपेन्द्र बहादुर रोकायाको टोलीले ठूलो परिमाणमा अवैध भन्सार छलीको सामानसहित मिनि ट्रक बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर भे १ च १९४१ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको ५९० पिस लेडिज सुट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका गणपती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।
बाँकेको खजुरा गाउँपालिका–७ सोनापुर नजिकैबाट बरामद गरिएको १९ लाख ८ हजार मूल्य बराबरको सामानसहित ट्रक थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो।
प्रहरीले गत तीन दिनको अवधीमा बाँकेमा ३५ लाख रुपियाँको तस्करी गरेर भित्रयाईएका सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा खजुरा क्षेत्रबाट तस्करी र अवैध आयात बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *