नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । लागु औषधको ओसारपसार विरुद्ध सक्रियता बढाउँदै गएको बाँके प्रहरीलाई एकपछि अर्को गरेर सफलता प्राप्त हुँदै गएको छ । सोही क्रममा विहिबार दिउँसो जमुनाह प्रहरीले भारत जान लागेका दुई महिलासहितका तीनजनाको खान तलाशी गर्दा तीन किलो चरेस लुकाएर लैजान लागेको देखिएपछि चरेससहित तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई मिन बहादुर विष्टले दिनुभएको जानकारी अनुसार विहिबार दिउँसो करिब २ बजे जमुनाह नाकामा भारत जान लागेका जिल्ला सुर्खेत सिम्ता ४ का विरेन्द्र हमाल, सोही ठाउँकी दिपा बुढा र जाजरकोट शिवालय गापा २ की खिमा खत्रीमाथि शंका लागि चेकजाँच गर्दा ती दुई जना महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाएर राखिएको तीन किलो चरेस बरामद गरिएको छ ।
बरामद गरिएको चरेस र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी जमुनाहको हिरासतमा राखिएएको प्रहरीले जनाएको छ । सो अवसरमा लागु औषध व्युरोको टोली पनि रहेको थियो ।
प्रहरीले सीमानाकामा कडाई शुरु गरेपछि भारतबाट लागु औषध ब्राउनसुगर भित्रयाउने र नेपालबाट चरेस भारततर्फ लैजानेहरु निरन्तर रुपमा पक्राउ पर्दै गएका छन् । यहाँस्थित सीमापारी रुपैडिहामा लागु औषध तस्करहरुको ठुलो गिरोहनै सक्रिय रहेको विभिन्न सुरक्षा निकायलेनै बताएका छन् ।
Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078