२३ बैशाख २०८१, आईतवार

माओवादीको प्रमुख मिसन समाजवाद हो–उपमहासचिव जनार्दन शर्मा

माओवादीको प्रमुख मिसन समाजवाद हो–उपमहासचिव जनार्दन शर्मा

समाचारदाता
नेपालगन्ज, पुस १४ । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको प्रमुख मिसन समाजवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेद्धारा शनिवार यहाँस्थित त्रिभुवन चोकमा आयोजना गरिएको मधेसी, मुस्लिम र थारु मुक्ति मोर्चाको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले सो बताउनुभयो ।
पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहाुसचव शर्माले माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन, समृद्धि र देशको विकास रहेको जनाउँदै सो लक्ष्य प्राप्तीका लागि पार्टीलाई सशक्त र बलियो बनाउने उदेश्यले नै रुपान्तरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले माओवादी केन्द्रले देशका ६ हजार ७४३ वटा वडामा सञ्चालन गरेको जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने विशेष रुपान्तरण अभियानले जनतामा माओवादीप्रति फेरी पनि आशा जगाएको र कार्यकर्तामा उत्साह थपेको बताउनुभयो ।
पुर्वमन्त्री शर्माले नेपालगन्ज शहर सुदूर पश्चिम तथा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पनि मुख्य व्यापारीक केन्द्र भएको हुदा यहाँ एयरपोर्ट विस्तार, हुलाकी राजमार्ग लगायत औद्योगिक विकासका थुप्रै कामहरू गर्न बाकी रहेको बताउनुभयो ।


मुस्लिम मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सब्बिर खाँको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसाद केसीले समग्र रुपमा बाँकेको विकासमा माओवादी केन्द्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै २०७४ भन्दा अघिको बाँके र अहिलेको बाँकेमा धेरै फरक रहेको बताउदै त्यसको मुल्यांकन स्वयम् जनताले गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले सरकार गठन भएको १ वर्षपछि प्रदेशमा बाँकेबाट शहरी विकास मन्त्री हुने अवसर माओवादी केन्द्रले पाएको र त्यसको नेतृत्व आफुले गर्न पाएको हुँदा आफुले सक्ने विकास बाँकेमा गर्ने जनाउँदै त्यसका लागि सबैको सहयोग चाहिने बताउनुभयो ।
सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्मा, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्स लगायत मधेशी, मुस्लिम र थारु मुक्ति मोर्चाका केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्दै पार्टीलाई रुपान्तरण गरेर जनताको पहिलो रोजाई बनाउने अभियानमा लागेको बताएका थिए ।
शुभकामना मन्तव्य दिने अधिकांश वक्ताहरुले बाँकेमा थारु, मधेसी, मुस्लिम, अन्य जातजाति सबैले एकपटक स्मरण गरेर विगत र वर्तमानको मुल्यांकन गर्नु जरुरी रहेको बताएका थिए । कार्यक्रममा थारु समुदायको संस्कृति झल्काउने थारु नाँच पनि देखाइएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *