२३ बैशाख २०८१, आईतवार

शनिबार नेपालगन्जमा हुने कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले सम्बोधन गर्ने

शनिबार नेपालगन्जमा हुने कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले सम्बोधन गर्ने

समाचारदाता
नेपालगन्ज, पुस १३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा हुने कार्यक्रमलाई सम्बोधन गर्नु हुने भएको छ ।
पुस १४ गते शनिबार नेपालगन्जको त्रिभुवन चोकस्थित पूर्व लाईनमा आयोजना गरिने कार्यक्रमलाई उपमहासचिव शर्माले सम्बोधन गर्ने माओवादी बाँकेका सचिब डिल्ली बरालले जानकारी दिनुभयो । मुस्लिम मुक्ति मोर्चा, थारु मुक्ति मोर्चा तथा मधेसी मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाको उदघाटन कार्यक्रमलाई नेता शर्मासहित अन्य केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्ने सचिब बरालले बताउनुभयो ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा उक्त कार्यक्रमको आयोजना गरिएको माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डेले जनाउनु भएको छ ।
उहाँले माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत जिल्लाका आठवटै पालिकामा विभिन्न अभियान र कार्यक्रमहरु गरेर नेता कार्यमकर्तालाई सक्रिय बाउनुका साथै आम जनतालाई पनि पार्टीसंग जोड्ने काम गरिएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *