१४ बैशाख २०८१, शुक्रबार

युवा तथा खेलकुद मन्त्री गहतराजद्धारा बाँके १ बाट उम्मेदवारी दर्ता

युवा तथा खेलकुद मन्त्री गहतराजद्धारा बाँके १ बाट उम्मेदवारी दर्ता

सिराज खान
नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवारी पाउनु भएका मन्त्री गहतराजले बाँके क्षेत्र नम्बर १ को अगैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनका अन्य उम्मेदवार सहित उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उहाँले २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट नेकपाको उम्मेदवार बनेर विजयी हुनुभएको थियो । गठबन्धनको सरकार बनेपछि उहाँलाई माओवादी केन्द्रले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गराएको थियो ।

प्रतिकुल मौसमका वावजुद पनि उल्लेख्य संख्याका सत्ता गठबन्धनका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर मन्त्री गहतराजसंगै प्रदेश सभाबाट सत्तागठबन्धनकै उम्म्ेदवार फुलराम थारु र कृष्णा केसी नमुनासंगै उम्मेदवारी दर्ता गराउनु भएको हो ।
थारुले नेपाली काँग्रेस र केसीले माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाको टिकेट पाउनु भएको हो ।
सोही प्रकारले बाँके क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट सुर्य ढकालले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । ढकालले पनि समर्थकहरुसंग निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनु भएको हो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *