२३ बैशाख २०८१, आईतवार

युवा समाजसेवी मलिकले राष्ट्रिय टोपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण गरे

युवा समाजसेवी मलिकले राष्ट्रिय टोपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण गरे

समाचारदाता
नेपालगन्ज, पुस १६ । १३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाईएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्ने गरि वडा नम्बर ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नु भएको हो ।
मलिकले वडा प्रहरी कार्यालयका केही प्रहरीहरुलाई टोपी लगाउनुका साथै बाँकी सबैलाई पुग्ने गरि वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरि बहादुर विसीलाई ढाका टोपी हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले अधिकांशले अंग्रेजी नयाँ वर्ष मनाएको तर आफ्नै मौलिकता बोकेको राष्ट्रियता झल्काउने टोपी दिवसका बारेमा धेरैलाई थाहा नभएको पाएको जनाउँदै सबैलाई जानकारीका लागि केही सर्वसाधारण लगायत प्रहरीलाई टोपी वितरण गरिएको बताउनुभयो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक बिसीले राष्टिय टोपी दिवस बारे सचेतना फैलाउन गरिएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो ।
समाजसेवी मलिकले ढाका टोपी सर्वसाधारण लगायत वडा प्रहरी कार्यालयका सबै प्रहरीलाई पुग्ने गरि वितरण गर्नु भएको थियो ।
यसैगरि नेपालगन्ज साईकिलिंग क्लब लगायत अन्य केही संघसंस्थाले पनि र्याली निकालेर तथा अन्तरक्रिया गरेर राष्टिय टोपी दिवस मनाएका छन् । (गोरखापत्र अनलाइनबाट)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *