१४ बैशाख २०८१, शुक्रबार

राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ९ । राप्रपा नेपालको केन्द्रिय समितिमा बाँकेका ७ जना नेताहरु मनोनित हुनुभएको छ । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पार्टी परित्याग गरेका थिए ।
राप्रपा नेपाललाई पुर्नगठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिनेक्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्र बहादुर शाहि, श्रीधर सुवेदी, मो खालिद ईराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।
यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रिय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावशाली नेता हुन् भने सुवेदी राप्रपा बाँकेको पार्टी प्रवक्ताको जिम्मेवारी पुरा गरिसकेका युवा नेता हुन् । यस्तै इराकी मुश्लिम समुदायमा चर्चित र प्रभावशाली नेताको रुपमा चित्रण गरिदै आइएको छ ।
यस्तै बाँकेबाट केन्द्रिय ससदस्यमा समेटिएका धिमाल र हमाल पनि यस क्षेत्रमा राजनीतिक सम्भावन उच्च रहेका राजनीतिक कार्यकर्ताको रुपमा हेरिने गरिएको छ ।
केन्द्रिय सदस्यले पूर्णता पाएसँगै पदाधिकारी पनि टुङ्गिने राप्रपाका नवनियुक्त केन्द्रिय सदस्य खालिद इराकीले बताउनुभयो । केन्द्रिय सदस्य इराकीका अनुसार राप्रपा नेपालको अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गर्दै घोषणापत्रमा सनातन वैदिक मुल्य, मान्यता र चिन्तनमा आधारित “सम्बद्र्धनवाद” पार्टीको बैचारिक दर्शन हुनेछ । बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग सहित ८ वटा महत्वपूर्ण विषयमा निर्णय समेत गरेको छ ।
वैठकबाट निर्णय भए अनुसार स्थानीय निकायको निर्वाचनको तयारीको लागि गठित स्थानीय निकाय निर्वाचन परिचालन समितिमा बाँकेबाट खेमराज गौतम पनि सदस्यमा समेटिएको राप्रपा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *