२३ बैशाख २०८१, आईतवार

शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम

शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम

समाचारदाता
नेपालगन्ज, पुस ५ । बर्दियाको राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम शुरु भएको छ ।
प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन गरेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तरगत सो तालिम संचालन गरिएको हो ।
खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उध्येश्यका साथ यो तालिमको आयोजना गरिएको हो ।
तलिमको औपचारिक शत्र बाँके युनेस्को क्लबका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको थियो । सो शत्रमा तालिम आयोजनाको उदेश्य र सहभागीहरुलाई स्वागत बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले गर्नु भएको थियो ।

उदेश्य प्रष्ट पार्दै नेपालीले बिद्यालय तथा समाजमा अपांगता भएका ब्यक्ति र बालबालिकाहरुले अन्येक किसिमका अप्ठयाराहरुको सामना गरिरहेको र उनीहरुका ती जटिलताहरुको न्युनिकरण गर्न सम्बन्धित पक्ष त्यति गम्भिर नदेखिएको अबस्थामा बिशेष गरी बिद्यालयका बालबालिकाहरुमा रहेको अपांगताको किसिम र मात्रा वा उनीहरुको कार्यगत सिमितताको पहिंचान गरी उनीहरुको आबश्यकता सम्बोधन गर्ने र बिद्यालयलाई अपांगता मैत्री बनाउनुपर्ने कुरामा जोड दिनु भयो ।
तालिमको सहजीकरण बिषय बिज्ञ रामलाल धामीले गरिहनु भएको छ भने औपचारीक कार्यक्रमको संचालन समाज परिचालन अधिकृत जनक रामथारुले गर्नुभएको थियो ।
कार्यक्रममा नागरिक समाज संजालका अध्यक्ष प्रमिशा थारुको पनि उपस्थिती रहेको छ । औपचारिक शत्रमा राजापुर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता कुमारी थारुको पनि उपस्थिती रहेको थियो ।
तालिम ३ दिन सम्म संचालन गरिनेछ । तालिममा बिद्यालयका प्रधानाध्यापक, डाटा फोकल शिक्षक र जेन्डर फोकल शिक्षकको उत्साहपुर्ण उपस्थिती रहेको छ । तालिम अबधी भर सहभागीहरुलाई वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमितताको पहिंचालन सम्बन्धी ज्ञान, सिप हाँसिल गरी आ–आफ्नो बिद्यालयको बालबालिकाहरुको कार्यगत सिमितता पहिंचान योजना बनाउँने र सोही अनुसार कार्य गर्न प्रतिबद्ध बनाउने अपेक्षा रहेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *