२७ बैशाख २०८१, बिहीबार

जाजरकोटका ३३६ भुकम्पपिडित परिवारलाई ज्ञान नेपालद्धारा न्यानो लुगा वितरण

जाजरकोटका ३३६ भुकम्पपिडित परिवारलाई ज्ञान नेपालद्धारा न्यानो लुगा वितरण

सिराज खान
खलंगा, जाजरकोट पुस ४ गते । पुस महिना लागिसकेपछि चिसो अत्यधिक बढेपनि जाजरकोटका अधिकांश भुकम्पपिडित अझैपनि त्रिपालमुनिनै बसिरहेका छन् ।
ती पिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि ज्ञान नेपाल (शुभ सन्देशसभा नेटवर्क नेपाल) बाँकेको एक टोलीले जाजरकोट पुगेर ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ ।
कात्तिक १७ गते राती गएको भुकम्पबाट अधिकांश घरहरु चर्किएपछि त्रिपालमुनि बसिरहेका जाजरकोटको भेरी नगरपालिका ४ का ३३६ परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो ।
चिसोले समस्यामा परेका भेरी नगरपलिका ४ बोहोरा गाउँ र मुलपानीका ३३६ परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको अनुरोधमा ३० लाख रुपियाँ भन्दा बढीको न्यानो लुगा वितरण गरिएको ज्ञान नेपाल बाँकेका उपाध्यक्ष डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो ।
उहाँले वडा नम्बर ४ मा केही घरहरु भत्किएको तथा अधिकांश कच्ची घरहरु चर्किएकोले घर भित्र बस्ने अवस्था नरहेपछि घर बाहिर त्रिपालमुनि बसिरहेका पिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको बताउनुभयो ।

पिडित परिवारलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष बसन्त शर्मा, वडा सदस्य माधव चन्द, ज्ञान नेपाल बाँकेका उपाध्यक्ष डाक्टर डक्ट प्रसाद धिताल लगायतले न्यानो लुगा वितरण गर्नुभयो ।
सो अवसरमा वडा अध्यक्ष शर्माले चिसो अत्यधिक बढ्न थालेपछि वडाका धेरै जना विरामी पर्न थालेकोले यो राहातबाट उनिहरुलाई ठुलो सहयोग पुग्ने बताउनुभयो ।
उहाँले राहात दिने सबैको ध्यान घरहरु भत्किएका, मानिस मरेका ठाउँमा मात्र पर्ने गरेकोले घर चर्किएर बाहिर बस्नु परेका वडा नम्बर ४ का वासिन्दा अतिनै पिडित रहेकोमा यो राहतले धेरै सहयाग गर्ने बताउनुभयो ।
३३६ परिवारलाई वितरण गरिएको न्यानो लुगाहरुमा प्रतिपरिवार एक ठुलो कम्बल, एक ठुलो पि फोम, पुरुष र महिलाले लगाउने एक एक ज्याकेट, मोजा, बच्चाको एक सेट टाउजर र भेस्ट तथा पुरुष र महिलाको एक एक सेट टाउजर र भेस्ट रहेको ज्ञान नेपाल बाँकेका कार्यक्रम अधिकृत तिलक नेपालीले बताउनुभयो ।
न्यानो लुगा पाएपछि अधिकांश स्थानीयले पहिलो पटक राहात पाएको जनाउँदै अब चिसोबाट जोगाउन मद्दत मिल्ने प्रतिक्रिया दिनुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *