१४ बैशाख २०८१, शुक्रबार

सुशिल कोइराला क्यान्सर अस्पताल खजुराको अध्यक्षमा किशोर थापा मनोनित

सुशिल कोइराला क्यान्सर अस्पताल खजुराको अध्यक्षमा किशोर थापा मनोनित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २० । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित हुनुभएको छ ।
युवा राजनितिज्ञ थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट सो अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरिएको हो ।
पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए संगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ ।
पछिल्लो समय बाँकेमा राजनैतिक तथा समाजसेवामा सकृय थापाले खजुरा क्यान्सर अस्पताललाई नयाँ उचाइमा पुराउन महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *