२६ बैशाख २०८१, बुधबार

हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

समाचारदाता
नेपालगन्ज, मंसिर १७ । नेपालगन्जमा हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग गर्दै उनिहरुलाई विभिन्न बेल्ट प्रदान गरिएको प्रमाणपत्र वितरण गरिएको छ ।
नेपाल हाप्किडो एसोसियन बाँकेले यहाँ आयोजना गरेको ग्रेडिंग समारोहमा कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र दैनिकका वरिष्ठ समाचारदाता एवं वरिष्ठ पत्रकार सिराज खान लगायतले खेलाडीहरुलाई ग्रेडिंगको प्रमाणपत्र वितरण गर्नु भयो ।
नेपाल हाप्किडो एसोसियन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिंग गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ । ती खेलाडीहरुलाई प्रमुख अतिथि खान लगायत नेपाल हाप्किन्डो एसोसियनका केन्द्रिय सदस्य मोहसिन रजा समिर, जिल्लाका पदाधिकारी र प्रशक्षिकले प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खानले विगत केही समययता बाँकेमा हाप्किडो खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको जनाउँदै खेलाडी उत्पादनमा एसोसियसनको अहम भूमिका रहेको बताउनुभयो ।

उहाँले खेलकुद गतिविधिमा लाग्दा पढाईमा रुकावट नपर्ने गरि लाग्नु पर्ने जनाउँदै खेल र पढाई संगसंगै अगाडी बढाउन खेलाडीहरुसंग आग्रह गर्नुभयो ।
नेपाल हाप्किडो एसोसियनका केन्द्रिय सदस्य समिरले देशभरिमा सबैभन्दा बढी खेलाडी उत्पादन गर्ने काम हाप्किडो एसोसियनले गरिरहेको जनाउँदै धेरै ठुलो संख्यामा खेलाडी उत्पादन भएको बताउनुभयो ।
उहाँले सानो अवधीमा बाँकेमा मात्रै १५० देखि २०० जनासम्म खेलाडी उत्पादन गरिसकिएको जनाउँदै सो खेलप्रति विद्यार्थि र युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।
हाप्किडो खेलका बाँकेका प्रमुख प्रशिक्षक मुनाल रसाईलीले खेलाडीहरुले निकै मिहिनेत गरेर ग्रेडिंगमा भाग लिएको जनाउँदै कम उमेरका खेलाडीहरुमा समेत खेलप्रति ठुलो उत्साह देखिएको बताउनुभयो ।
सो अवसरमा नेपाल हाप्किडो एसोसियन बाँकेका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुसंगै प्रशिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *