२३ बैशाख २०८१, आईतवार

सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकाको मस्यौदामाथि छलफल

सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकाको मस्यौदामाथि छलफल

समाचारदाता
नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ ।
निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए ।
बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए ।
सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकालाई नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाले आत्मसात गर्ने र सो निर्देशिकालाई कार्यपालिकामा लगेर नगर तथा गाउँ सभाबाट पारित गरि अघि बढाउन पहल गर्ने बी–ग्रुपका कार्यक्रम संयोजक ईन्द्रजित सुनारले बताउनुभयो ।


सो निर्देशिका माथि विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले सल्लाह तथा सुझाव दिएका थिए । सो अवसरमा डा. विनोद कर्ण, खजुरा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष धनीराम ओली, नेपालगन्ज उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, सहकारी प्रमुख, कृषि शाखा प्रमुख लगायतले आ–आफनो सुझाव दिनु भएको थियो ।
सो अवसरमा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, उप मेयर कमरुद्दीन राई, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, खजुरा र डुडुवा गाउँपालिकाका वडा अध्यक्षहरु, कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँ, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपालगन्जमा एकिकृत स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र संचालनमा आएपछि, फोहर व्यवस्थापनमा सहजता आएपनि फोहर व्यवस्थापनमा संलग्न रहेका सरसफाईकर्मीलाई जोखिम वढिरहेकोले सरसफाईकर्मीलाई आफनो पेशाप्रति आत्मसम्मानका साथ कार्य गर्न सहजताका लागि यो निर्देशिका तयार गरिएको बी–ग्रुपका व्यवसाय विकास अधिकृत समद सिद्धिकीले बताउनु भयो ।
सो छलफल तथा सुझाव संकलन कार्यक्रम बिग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण निर्देशकिाको मस्यौदा तयार गर्ने जिम्मेवारी पाउनु भएका प्रकाश उपाध्यायले गर्नुभएको थियो ।
भेरी वातावरणीय विशिष्ठता समुह बि ग्रुपले, एम.डि.एम फ्रान्स, जि.आई.जेड तथा एएफडिको आर्थिक सहयोगमा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडूवा गाउँपालिकामा संचालन गरिरहेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *