२२ बैशाख २०८१, शनिबार

भेरी अस्पताल विकास समितिका सदस्यहरुद्धारा अस्पतालको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता

भेरी अस्पताल विकास समितिका सदस्यहरुद्धारा अस्पतालको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता

समाचारदाता
नेपालगन्ज, माघ २३ । भेरी अस्पताल विकास समितिका नवनियुक्त सदस्यहरु र एकजना नायब सुब्बालाई अस्पतालमा स्वागत गरिएको छ भने एकजना प्रशासन अधिकृतलाई अस्पतालबाट बिदाई गरिएको छ । अस्पताल बिकास समितिका सदस्यहरु डा डक्ट प्रसाद धिताल, किरण आचार्य र समिर गुरुङ तथा नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो ।
लामो समयदेखि रिक्त रहेको भेरी अस्पताल बिकास समितिले पुर्णता पाएसँगै नवनियुक्त सदस्यहरुको स्वागत गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवन जंग रायमाझीले जानकारी दिनु भयो । स्वागत कार्यक्रममा बोल्दै बिकास समितिका सदस्य डा धितालले अस्पतालको बिकासका लागि चिकित्सक र बिकास समिति नङ र मासुको जस्तो सम्बन्ध भएर जानुपर्ने बताउनु भयो । उहाँले रिफरल अस्पतालका रुपमा परिचीत यस अस्पतालको बिकास र विस्तारका लागि सबैले मिलेर काम गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

बिकास समितिका अर्का सदस्य किरण आचार्यले आफ्नो शिक्षा क्षेत्रमा भएको अनुभव सुनाउनु भयो । उहाँले लामो समयदेखि जनताको सेवा गर्दै आएको यस अस्पतालको बिकासमा तिव्र गतिमा लाग्नुपर्ने बाताउनु भयो । त्यस्तै मेसु रायमाझीले नवनियुक्त सदस्यहरुलाई स्वागत गर्दै अस्पतालको बारेमा विस्तृत रुपमा जानकारी गराउनुका साथै अस्पतालको उन्नतिमा लाग्न सबैसंग आग्रह गर्नुभयो । सो अवसरमा सदस्य समीर गुरुङ, अधिकृत योगी, बिष्ट लगायतले आआफ्ना धारणा राख्नु भयो ।
अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा स्वागत मन्तव्य इश्वरी केसीले राख्नु भाएको थियो भने कार्यक्रम सञ्चालन अस्पतालकै कर्मचारी आशा लम्सालले गर्नुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *