पूर्वमन्त्री राईलाई कुखुरा तस्करीसंग जोडिनु नियोजित षडयन्त्र भएको जनता समाजवादी पार्टीको ठहर
समाचारदाता
नेपालगन्ज, बैशाख ५ । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईलाई ‘कुखुरा तस्करी’ को आरोप लगाउँदै सामाजिक संजालमा ‘शेयर’ भएका समाचारप्रती जनता समाजवादी पार्टीले कडा शब्दमा खण्डन गरेको छ ।
राईको सचिवालयको तर्फबाट नेता राजेन्द्र बिश्वकर्माले सार्वजनिक गर्नुभएको बिज्ञप्तिमा राईको मान, प्रतिष्ठामाथि आँच पुर्याउने कुत्सित मनसायले कथित समाचारका नाममा डिजिटल प्लेटफर्महरू मार्फत भ्रम छर्ने गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘एक वर्षअघि एउटा अनलाइन मिडियाले आफै कपोलकल्पित ढंगले रचेर सम्प्रेषण गरेको मनगढन्ते सामग्रीलाई अहिले केही मिडियाले सनसनीपूर्ण रूपमा साभार गर्नु र विरोधि तत्वहरुले सामाजिक सञ्जाल मार्फत मनगढन्ते सामग्रीलाई व्यापक बनाउन उद्धत देखिनुलाई सामान्य ठहरÞ्याउन सकिदैन । यस्तो दुष्प्रचार हुनुमा नियोजित षडयन्त्र रहेको प्रष्ट बुझिन्छ ...









