नेपालगन्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २९ । नेकपा माओवादी केन्द्रबाट बाँके २ को प्रदेशसभा २ का उम्मेदवार अकलबहादुर बमले ११ शिर्षकभित्र ७० वटा प्रतिवद्धता समेटिएको आफ्नो प्रतिवद्धता पत्र मंगलवार सार्वजनिक गरेका छन् ।
नेपालगन्जमा एक कार्यक्रमका बीच पत्रकारहरु माझ उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । बमले उक्त प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने विभिन्न कामलाई आफ्नो प्रतिवद्धताका रुपमा समेटेका छन् ।
सो कार्यक्रममा उनले बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुदै गर्दा २ नम्बर क्षेत्रमा आवश्यकता अनुसार मित्रवत मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए । उनले क्षेत्र नम्बर २ मा संघिय सांसदमा काँग्रेसले उम्मेदवारी दिंदा प्रदेशमा एउटा सिट माओवादीले पाउनु पर्नेमा त्यसो नगरिंदा बाध्य भएर मित्रवत प्रतिष्पर्धामा जानु परेको बताए।
उनले आफुले जनताको मतको सम्मान र सदुपयोग...
सिराज खान
नेपालगञ्ज, कात्तिक २८ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाकालगायत जिल्लाका सबै सहायक नाकाहरु समेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
हालै नेपाल र भारतका सीमावर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा भएको सहमतिअनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ सम्मकालागि नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।
उहाँले सोही समयमा बर्दियाको मुख्य नाका गुलरिया नाकासँगै जिल्लाका अन्य सबै सहायक नाकाहरु पनि बन्द गरिने बताउनुभयो । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्...
नेपालगन्ज, कात्तिक २८ । चुनाव नजिकिदै गर्दा बाँके क्षेत्र नं २ को २ प्रदेशसभामा माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमको लोकप्रियता बढ्दै गएको छ । माओवादीको एजेण्डा र नितिलाई समर्थन गर्दै बमलाई सहयोग गर्ने दिनदिनै बढ्दै गएको पाईएको छ ।
बमको प्रतिष्पर्धा नेपाली काँग्रेसका सुरेन्द्र हमाल र जसपाका आदेश अग्रवालसंग देखिएपनि उनि अरु भन्दा अगाडी रहेको मतदाताको भनाई छ । निर्वाचन प्रचार प्रसारको क्रममा बमले बाँकेका सफल व्यवसायी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यलाई सम्झिनु भएको छ । स्व आचार्यको सम्बन्ध नेपालगन्जका पहाडी, मधेसी र मुस्लिमहरुसँग निकै प्रगाढ थियो । उनी लोकप्रिय थिए । अहिले माओवादी उम्मेदवार बम पनि नेपालगन्जका सम्पुर्ण समुदायका लोकप्रिय पात्रका रुपमा चिनिन थाल्नु भएको छ । स्वआचार्यको विरासत बमले अझ उचाइमा लग्न थाल्नु भएको छ ।
आचार्यको निधनपछि नेपालगन्जमा माओवादी...
नेपालगन्ज, कात्तिक २८ । हरेक राजनीतिज्ञको कठिन र अनिवार्यजस्तै एउटा परीक्षा हो चुनाव। राजनीतिक यात्राको १३ वर्षपछि नै इश्तियाक राईले चुनावी मैदान रोजिसकेका थिए। राजनीतिक जीवनको सबैभन्दा ठूलो चुनौती र असिमित सम्भावना गाँसेको यो चुनावी सेतु उनले सजिलै तरिदिए।
राजनीतिक इतिहासको पहिलो संविधानसभाको चुनावमा उनले बाँके क्षेत्र नं २ बाट चुनाव जिते। बाँकेको राजनीतिक इतिहासमा यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो जहाँ देशका प्रधानमन्त्रीसमेत भइसकेका सुशील कोइरालाले पनि चुनाव हार्नुपरेको थियो।
२०६४ सालको निर्वाचनमा उनले आफ्नै निकटतम प्रतिद्वन्द्वी दिनेशचन्द्र यादवलाई पराजित गरेर संविधानसभाको सदस्य भए। त्यो बेला उनी मात्रै २८ वर्षका थिए। २८ वर्षको एउटा ‘मधेसी’ ठिटो सांसद बनेर पहिलोपटक संविधानसभाको भवनमा छिर्दै थियो। उनी एउटामात्रै त्यस्तो सांसद हुन् जसले पहिलोपटक संसद भवनमा अवधी भाषामा सपथ लिएका थिए।
...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन । चुनावको मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नं १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएको हो ।
विकासको एजेन्डा लिएर मतदाताको घरआँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन । आईतबार बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज अथक र फुलाराम थारू कोहलपुरका बिभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका छन । बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री अथकले आफुहरूको चुनावी अभियानमा स्थानियले खुलेरै समर्थन जनाईरहेको प्रतिक्रिया दिए ।
माओवादि केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नं १ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिवद्दता जनाएको बताए । आफुले बिगतमा गरेका क...
भ्रष्टाचार, विकास र सुशानका मुद्दामा बहस र छलफल गर्न राईद्धारा खुला चुनौती
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । नेपालगन्ज जेसीजले आइतवार त्रिभुवन चोकमा आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा सहभागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरुले आफ्नो एजेण्डा र उम्मेदवारीको औचित्य पुष्टि गर्ने विचार प्रस्तुत गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राई, स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी र स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको सहभागिता थियो ।
कार्यक्रमको अन्तिममा स्वतन्त्र उम्मेदवार हन्नान जसगढ उपस्थित भएपनि समय भन्दा धेरै पछाडी पुगेकोले उनलाई केही बोल्न दिईएको थिएन । राप्रपाका उम्मेदवार धवल शमसेर राणा अनुपस्थित भएपछि कार्यक्रमका आयोजकसहित धेरैले राजा डराएर कार्यक्रममा नआएको टिप्पणी गरेको पाइयो ।
कार्यक्रमका सञ्चालक वरिष्ठ पत्रकार हेमन्त कर्मा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २७ । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ बर्षमा नरैनापुरका मुहार फेर्ने प्रतिबद्धता जनाएका छन । गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा तर्फका साझा उम्मेदावर अथक र बाँके १ को १ का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी नमुनाले उक्त प्रतिबद्धता जनाएका हुन ।
सभामा बोल्दै माओवादी स्थाई समिती सदस्य युवा तथा खेलकुद मन्त्री एंव उम्मेदवार महेश्वर जंग गहतराज अथकले बिगत ५ बर्षमा बिकासको जंग खोलिएको भन्दै आगामी ५ बर्षमा मुहार फेरीने बताए । उनले बिगतको दुर्गम नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदि नियन्त्रण, बिद्यालय, खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि, पर्यटन, रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्...
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २३ । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज र सो वरिपरिको क्षेत्रलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो– जसले जे जति विरोध गरेपनि, जति खिस्सी काटेपनि मैले नेपालगञ्जको विकासका लागि शिलान्यास गर्ने कार्य निरन्तर गरिरहनेछु । यो सहरलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउनेछु ।
यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँके क्षेत्र नम्बर २ को विकासकालागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गर्दै पुर्वमन्त्री राईले आफुले गर्ने कामहरुको दस बुंदा र त्यसको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँले जसले जे भनेपनि जे मजाक उडाएपनि आफुले शिलान्यास गर्नुका साथै काम पनि गरेर देखाएको जनाउँदै अहिले विरोधीको मुखमा ताला लागेको बताउनु...
सिराज खान
नेपालगन्ज, कात्तिक २३ । मंसिर ४ गते नेपालमा हुने आम निर्बाचनलाई लिएर भारतीय सीमाबर्ति क्षेत्रको सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउने बिषयमा छलफल गर्न नेपाल र भारतका सीमाबर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको समन्बय बैठक नेपालगन्जको पाँच तारे होटल सोल्टी वेस्टर्न प्रिमियरमा चलिरहेको छ ।
बैठकमा नेपाल तर्फबाट बाके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरु र भारतिय सीमाबर्ति जिल्ला बहराइच र श्राबस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्थात डिएम, प्रहरी प्रमुख अर्थात कप्तान सहित एसएसबीका उच्च अधिकारीहरु सहभागी हुनुहुन्छ ।
आम निर्बाचनका बेला सीमा क्षेत्रको सुरक्षा ब्यबस्था प्रभाबकारी बनाउने र निर्बाचनको मतदानका बेला सिमा नाका बन्द गर्ने लगायत लागुऔषध नियन्त्ररण, साना हतियार र बिस्फोटक पदार्थको ओसारपसार, अपर...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २२ । चुनावको मिति नजिकिदै गर्दा माओवादी केन्द्र बाँके क्षेत्र नं.२ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अकल बहादुर बमप्रति जनताको आकर्षण बढ्दै गएको छ । माओवादी केन्द्रको निति र सिद्धान्तकै कारण देश धर्मनिरपेक्ष हुनुका साथै समावेशी र समानुपातिक समेत भै सबै धर्म र जातजातीलाई अधिकार प्राप्त भएकोले माओवादीको उम्मेदवारलाई जनसमर्थन बढ्दै गएको छ ।
माओवादी केन्द्रकै कारण नेपालले नयाँ संविधान पाएको र सो संविधानकै कारण सबैले समान अधिकार पाएकोले माओवादीका उम्मेदवारलाई जिताउन आवश्यक रहेको नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले बताउनुभयो । उहाँले अधिकारबाट बन्चित र पछाडी पारिएकालाई अगाडी ल्याउने काम माओवादीले नै गरेकोले माओवादीप्रति जनसमर्थन धेरै रहेको बताउनुभयो । निम्नवर्ग र गरिब जनताले माओवादीलाई अतिनै माया र समर्थन गरिरहकोले माओवादीले बाँके २ मा राम्...