४ माघ २०८२, शनिबार

शिक्षा

निशा चौधरी बनिन् शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाको नमुना प्रमुख

निशा चौधरी बनिन् शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाको नमुना प्रमुख

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ७ । किशोरीहरुको नेत्तृव विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेरणाकालागि गुलरिया नगरपालिका वडा नम्बर ५ सफलता किशोरी क्लवकी अध्यक्ष निशा चौधरीले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको नमुना प्रमुखको जिम्मेवारी एक दिनका लागि सम्हाल्नु भयो । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित शसक्त बालिका परियोजनाले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको सहकार्यमा गल्र्स टेक ओभर अन्तर्गत समन्वय प्रमुख सुर्य बहादुर खत्रीको अध्यक्षतामा सो कार्यक्रम संचालन भएको थियो । उक्त गल्र्स टेकओभर कार्यक्रममा गुलरिया नगरपालिका भित्रका ६ वटा किशोरी क्लवका किशोरीहरुको उपस्थिती रहेको थियो । सो गल्र्स टेकओभर कार्यक्रममा किशोरीहरुले नमुना समन्वय प्रमुखलाई शिक्षा संग सम्बन्धित जिज्ञाशाहरु राखेका थिए । समन्वय ईकाइले अपागंता भएका बालबालिकाहरुको शिक्षण सिकाईमा कसरी...
फोहोर व्यवस्थापनमा लापरवाही हुँदा नेपालगन्जको सरसफाई र स्वच्छतामा समस्या

फोहोर व्यवस्थापनमा लापरवाही हुँदा नेपालगन्जको सरसफाई र स्वच्छतामा समस्या

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ६ । पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन राम्रोसंग हुन नसक्दा नगरको सरसफाई र स्वच्छतामा कमी कमजोरी देखिएकोले फोहोर व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्नेमा एक कार्यक्रममा बिशेष जोड दिईएको छ । एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा मंगलवार यहाँ आयोजना गरिएको सार्वजनिक निजि साझेदारी मञ्चको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांशले पछिल्लो समयमा आएर नेपालगन्जको सरसफाई खस्किंदै गएकोले सो बारेमा सम्बन्धित निकायले तत्काल ध्यान दिनु पर्ने बताएका थिए । पेशागत स्वास्थ्य सुुरक्षा निर्देशिका का...
बर्दियाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

बर्दियाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ५ । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्यले बर्दिया जिल्लाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ । दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरिएको थियो । विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरु एकीकृत रुपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । स...
बालिका सशक्तिकरणका लागि ६ बुँदे संकल्प गर्दै दुईदिने बालिका सम्मेलन सम्पन्न

बालिका सशक्तिकरणका लागि ६ बुँदे संकल्प गर्दै दुईदिने बालिका सम्मेलन सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ४ । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुलाई सहभागि गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको थियो । सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको बताउनुभ...
सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नरैनापुरमा २०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण

सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नरैनापुरमा २०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस २५ । सशस्त्र प्रहरीले सीमावासीसंग सम्बन्ध बिस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिएको छ । नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल भारत नाकामा रहेको घोरदौडिया गाउँमा रहेको राष्टिय आधारभूत बिद्यालयमा अध्ययनरत २०० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी बिमल डाँगीले बताउनुभयो । उहाँले ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नाका नजिकका नेपाली वासिन्दासंग छलफल, भेटघाट, अन्तरक्रिया र अन्य गतिविधी गरेर नागरिक र प्रहरीको सम्बन्ध सुदृढ पार्दै गएको जनाउँदै सोही अन्तर्गत शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताउन...
बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस १६ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनलसंगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरिरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो । सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा आत्म–जागरूकता, प्रभावकारी संचार कौशल, अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा निर्णय क्षमता बढाउनुका साथै समस्या समाधान र नेतृत्व विकासमा केन्द्रित ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्व सहित आत्मरक्षा एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी ज्ञानहर...
मुस्लिम समुदायले शिक्षामा बिशेष जोड दिनुपर्छ– मुस्लिम आयोगका अध्यक्ष अन्सारी

मुस्लिम समुदायले शिक्षामा बिशेष जोड दिनुपर्छ– मुस्लिम आयोगका अध्यक्ष अन्सारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
सिराज खान नेपालगन्ज, पुस १६ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा मुस्लिम समुदायको अवस्था दयनीय भएको उल्लेख गर्दै शिक्षामा बिशेष जोड दिनुपर्ने बताउनु भएको छ । मुस्लिम आयोगले प्लान इन्टरनेसनल र बाँके युनेस्को क्लबसंगको सहकार्यमा यहाँ आयोजना गरेको मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानका लागि इमामहरुको भूमिका बिषयक कार्यशालामा बोल्दै मुस्लिम आयोगका अध्यक्ष अन्सारीले समुदायका अगुवा र मुस्लिम इमामहरुले यसमा बिशेष ध्यान दिएर समुदायलाई सचेत पार्नुका साथै अवसर उपलब्ध गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले इमामको काम नमाज पढाउने मात्रै नभई समयानुकुल मुस्लिम समुदायलाई अगाडि बढाउन विभिन्न सचेतनामूलक प्रवचन दिनुपर्ने पनि भएको जनाउँदै शिक्षाका लागि बिशेष पहल गर्न अनुरोध गर्नुभयो । मुस्लिम समुदायभित्र शिक्षा, स्वास्थ्य र समाजमा पहुँच बढाउन आवश्यक भएकोमा जोड दिदै मुस्लिम आयो...
क्रिसमस डे को अवसरमा १०५ वर्षका जेष्ठ नागकिसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी वितरण

क्रिसमस डे को अवसरमा १०५ वर्षका जेष्ठ नागकिसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १३ । क्रिसमस डे २०२४ को उपलक्षमा बर्दियाको बढैयाताल गाउँपालिका वडा न ३ का सय वर्षमाथिका बृद्ध र विपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेशनरी बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा रहेको आशिस चर्चमा १०५ बर्षका सो क्षेत्रकै सबैभन्दा जेष्ठ नागरिक लगायत पाँच जनालाई चिसोबाट जोगाउन न्यानो कम्बल र पाँच जना बालकलाई सुईटर तथा १२ जना बालबालिकालाई स्टेसनरी सामानहरू बितरण गरिएको बढैयाताल गाउँपालिकाको कार्यपालिका सदस्य चन्द्रकला विकले बताउनुभयो । सो अवसरमा मुख्य अतिथि पूर्व राज्यमन्त्री दल बहादुर सुनारले जेष्ठ नागरिकसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी सामान बितरण गर्नुभयो । उहाँले क्रिसमस डे जस्तो महान अवसर पारेर यो अतिनै पुण्य काम गरिएको जनाउँदै यो कार्यमा सहयोग गर्ने स्थानीय सबै समाजसेवीहरुप्रति आभार व्यक्त गर्नुभयो । बितरण गरिएका सामाग्रीहरु स्थानीय स...
बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । बर्दिया जिल्लाको बिकास साझेदारका रुपमा कार्यरत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बि ग्रुपद्धारा संचालित शसक्त बालिका परियोजना, बाल बिवाह न्युनिकरण परियोजना र ग्रीन इकोनोमी परियोजना अन्तर्गत संचालित बिभिन्न कार्यक्रम तथा सामाग्रीहरुको अनुगमन गरिएको छ । सो अनुगमन जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा गरिएको हो । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट, उपप्रमुख अमृता कुमारी यादव, शिक्षा विकास समन्वय ईकाई प्रमुख सूर्य बहादुर खत्री, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, प्लान नेपालका कार्यक्रम व्यवस्थापक मानविर बिक, कार्यक्रम अधिकृत निर्मला महत, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, बि ग्र...
सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ४ । बिहिबार दिउँसो जब सयौं बिद्यार्थिहरु एकै पटक बिभिन्न रंगविरंगी लुगा लगाएर आकर्षक नृत्य गर्दै मैदानमा उत्रिए, ठुलो संख्यामा त्यहाँ उपस्थित अभिभावक र अतिथिहरु सो दृष्य कैद गर्न आआफ्नो मोबाइलमा निकै बेरसम्म व्यस्त दखिए । यो दृष्य थियो, बाँके जिल्लाकै उत्कृष्ट बिद्यालयहरुमध्येको एक सोफिया रेजिडेन्सियल ईंगलिस स्कुल नेपालगन्जको बिद्यालय परिसर भित्रको खुला मैदानको । जहाँ भव्य कार्यक्रमको आयोजना गरी बिद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव तथा क्रिसमस सेलिब्रेसन मनाउँदै थियो । सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थिहरुले प्रस्तुत गरेको सामुहिक नृत्य, नाटक र लोपोन्मुख नृत्यमा करिब ५ घण्टासम्म सबै मंत्रमुग्ध भए । सो बिद्यालयका बालबालिकाले प्रस्तुत गरेको प्रस्तुती अतिनै सराहनीय र उत्कृष्ठ रहेको अधिकांशको प्रतिक्रिया थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क...