बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा एकीकृत पाठ्यक्रम बिकास तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित (स्टीम) शिक्षा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत क्लबले सो कार्यशालाको आयोजना गरेको हो ।
उक्त कार्यशालामा गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउँ पालिकाका नौ वटा बिद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु गरेर २० जनाको सहभागिता रहेको थियो ।
सहभागिलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयको शिक्षामा नयाँ नयाँ तरिकाले पढाउने कुरामा केन्द्रित भएर ती बिषयलाई समेटेर एकिृकत पाठ्यक्रमको बिकास गर्ने बारेमा प्रशिक्षण दिईएको थियो ।
कार्यशाला गोष्ठिको उदेश्य विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयमा पर...









