समाचारदाता
नेपालगञ्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल र प्लान नेपालका गोमा वलि चौधरीले ११ जनालाई सिलाई कटाई सामाग्री वितरण गर्नुभयो ।
सोही परियोजना अन्तर्गत ६५ दिन सिलाई कटाई तालिम प्राप्त गरेका गुलरियाका ११ जना युवा महिलालाई...
समाचारदाता
नेपालगञ्ज, चैत ६ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ ।
बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको हो ।
बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले बताउनुभयो ।
उहाँले यसैग...
समाचारदाता
नेपालगञ्ज, चैत २ । विपदको समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई बाँके युनेस्को क्लबले चारदिने तालिम सञ्चालन गरेको छ । विहिबार नेपालगञ्जमा सो तालिम शुरु भएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सो तालिमको उदघाटन गर्दै विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपत र आपातकालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने बताउनुभयो ।
सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले ...
समाचारदाता
नेपालगञ्ज, फागुन १७ । बाँके युनेस्को क्लबको आयोजनामा बुधवार नेपालगञ्जमा समिक्षा, प्रतिविम्ब र फ्लोअप बैठक सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र नेपाल सरकारको सहकार्यमा क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।
बाँकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भगवान पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा जिल्लाका चार वटा पालिकाका शिक्षकहरु र पालिकाको शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकको मुख्य उदेश्य प्लान इन्टरनेशनलको सहयोगमा क्लबद्धारा ईश्वि सम्वत २०१९ साल देखि हालसम्म विभिन्न विद्यालयका शिक्षकहरुलाई प्रदान गरिएको स्टीक एण्ड स्टोन सम्बन्धि प्रशिक्षक तालिमबाट उनिहरुले विद्यालयमा दिएको प्रशिक्षणको समिक्षा गर्नु र आगामी दिनको कार्यक्रम बनाउनु रहेको परियोजना अधिकृत विनिता आरसीले बताउनुभयो ।
बैठकमा प्रशिक्षक...
समाचारदाता
नेपालगञ्ज, फागुन १४ । बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।
बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको आयोजना गरिएको थियोे ।
तीन दिनसम्म संचालन गरिएको सो गोष्ठि बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
जारी गरिएको घोषणा पत्रमा नगरपालिकाभित्र रहेका सबै सरोकारवालाले बालविवाह अन्त्यका लागि निरन्तर प्रयत्नशिल रहने, चालु आवमा नगरका दुई वडालाई वालविवाह मुक्त वडा घोषणा गरिने, बालविवाह रोक्न जनता माझ...
समाचारदाता
नेपालगञ्ज, फागुन १० । नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
बाँकेमा धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिएपनि नेपालगञ्जकै मुस्लिम र मधेशी समुदायले हात्तीपाइलेको औषधी खान नमान्दा सो अभियान असफल हुँदै आएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयद्धारा हात्तीपाइले रोगको अवस्था र औषधीको महत्व बारे गराईएको जानकारी पश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागि मौलाना, हाफिज र कारी लगायतका धर्मगुरुहरुले औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।
...
समाचारदाता
नेपालगञ्ज, फागुन १० । बाँके युनेस्को क्लबले शिक्षा शाखा बाँसगढीसँगको समन्वयमा त्यस नगरपालिकामा रहेका सबै माध्यामिक बिद्यालयहरुका शिक्षकहरुसँग बालबिवाह, यसका कानुनी ब्यबस्थाहरु र बिद्यालयहरुमा अतिरिक्त क्रियाकपालहरुको सुनिश्चितता सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संपन्न गरेको छ ।
उक्त अभिमुखिकरण प्लान ईन्टरनेशनल नेपालसँगको साझदारीमा बाँके युनेस्को क्लबद्धार बर्दिया जिल्लामा संचालन गरेको बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संचालन गरिएको थियो ।
बिद्यालयहरुका शिक्षकहरुमा बालबिवाह, यसका कानुनी प्राबधान, यसका असरहरु, यसको न्युनिकरणमा बिद्यालयको भुमिका बिषयमा क्षमता अभिबृद्धी गरी उनीहरुमार्फत बिद्यालयमा बालबिवाह बिरुद्ध ब्यापक सचेतना अभिबृद्धि गरी बालबिवाह न्युनिकरणमा टेवा पुरयाउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्...
समाचारदाता
नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो ।
क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि आयोजना गरेको थियो ।
सो कार्यशालामा युवा महिलाहरुलाई स्वरोजगार बनाउन रोजगारीको अवसर प्रदान गर्ने विषयमा विस्तृत छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
उहाँले रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमल...
समाचारदाता
नेपालगञ्ज, पुस २९ । बाल विवाह न्युनिकरणकालागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा मघिमिलान कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रममार्फत बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज, बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन माफत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत सो सचेतना प्रदान गर्नु भएको थियो ।
बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदायको महान पर्व माघीको अवसरपा...
समाचारदाता
नेपालगञ्ज, पुस २८ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर नगरका विभिन्न विद्यालय र मदरसामा अध्ययनरत अनाथ, अति विपन्न र गरिब परिवारका १२० जना बालबालिकालाई स्कुल व्यागसहितको शैक्षिक सामाग्री, तयारी पोशाक, जुत्ता र मोजा वितरण गरेको हो ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो शैक्षिक सामाग्री वितरण समारोहको प्रमुख अतिथि नेपालगञ्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोरख बहादुर थापा रहनु भएको थियो ।
प्रमुख अतिथि थापा लगायत उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, कतार च्यारिटीका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, ईस्लाम...