१८ जेष्ठ २०८३, सोमबार

मुख्य समाचार

बाँकेका दस जना नेता काँग्रेसको प्रदेस निर्वाचनमा पराजित

बाँकेका दस जना नेता काँग्रेसको प्रदेस निर्वाचनमा पराजित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा २ जना पदाधिकारीसहित बाँकेका १० जना नेता पराजित भएका छन् । पराजित हुनेमा सबै देउवा पक्षका हुन् । बाँकेमा राम्रै प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु परेको छ । संस्थापन पक्षले लुम्बिनी प्रदेशका लागि बाँकेका २ जनालाई पदाधिकारी र अन्य ८ जनालाई कार्यसमिति सदस्यमा उम्मेदवार बनाएको थियो । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशको सहमहामन्त्रीको उम्मेदवार बनेका बाँकेका लक्ष्मीनारायण शाह र माया पुन पराजित भएका छन् । शाहले ६७६ र पुनले ७५२ मत ल्याएका छन् । आदीवासी जनजातीतर्फ प्रदेश सदस्यको उम्मेदवार भएका बाँकेका नेता फुलाराम थारु ७०६ मत ल्याएर पराजित भए । आदीवासी जनजाती सदस्यमै बाँकेका श्यामबहादुर थापा ६०९ मत ल्याएर पराजित भएका छन् । यस्...
रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भैरहेकै समयमा कोहलपुरमा श्रीमतीले रडले लगातार टाउकोमा प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन । कोहलपुर नगरपालिका वडा नं ७ को रजगडवाका ३० वर्षिय लक्ष्मण हरिजनको उनकी श्रीमति २५ वर्षिय ओरबी हरिजनले हत्या गरेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनु भएको छ । डिएसपी खनालका अनुसार, श्रीमान लक्ष्मणले सधैं मदिरा सेवन गरी श्रीमतीलाई कुटने गर्दथे । त्यही रिसको झोकमा श्रीमती ओरबीले रडले लगातार टाउकोमा प्रहार गरेर उनको हत्या गरेको खनालले बताउनुभयो । प्रहरीका अनुसार रडको प्रहारबाट लक्ष्मण बेहोस भएका थिए । घाइते लक्ष्मणको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । ओरबीलाई नियन्त्रणमा लिइसकेको कोहलपुर प्रहरीले जनाएको छ ।...
कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेका स्थानीय थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा सोमवार दिउँसो मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । उनलाई यही ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ जनाको नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६६ पुगेको पनि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्...
कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, मङ्सिर २० । समाज कल्याण परिषद र कतार च्यारेटीविच पाँच वर्षका लागि साधारण सम्झौता सम्पन्न भएको छ । कतार च्यारिटीका अन्तराष्ट्रिय सहयोग तथा साझेदारी विशेषज्ञ मोहम्मद तैमुर साकिबको उपस्थितीमा कतार च्यारिटीले समाज कल्याण परिषदसँग सो साधारण सम्झौतामा हस्ताक्षर गरेको हो । सन् २०१६ मा साधारण सम्झौता गरि परियोजना सम्झौतामार्फत पाँचबर्षे कार्यक्रमहरु सम्पन्न गरि आगामी पाँच बर्षका लागि यो सम्झौता गरिएको कतार च्यारेटी नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद अलि शेषले बताउनुभयो । उहाँका अनुसार पाँचबर्षे परियोजना नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु सम्पन्नगरि नेपालको सामाजिक मुल्य मान्यता र आपसी सद्धभावलाई सुदृढ पार्दै विपन्न परिवार तथा आर्थिक, सामाजिक र शैक्षिक रुपले पिछडिएको समुदायको गुणस्तरिय जिवनकालागि थप कार्यक्रमहरु ल्याउन यो सम्झौता गरिएको छ । जिवनलाई जि...
हिंसा प्रभावित महिला र किशोरीका लागि दुईमहिने सिप विकास तालिम

हिंसा प्रभावित महिला र किशोरीका लागि दुईमहिने सिप विकास तालिम

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्ज, १६ मंसिर । प्लान नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तरगत सुचीकार प्रथम तहको दुई महिने तालिम नेपालगञ्जमा शुरु भएको छ । मानव बेचबिखन, लैंगिक हिंसा र अन्य कारणले प्रभाबित भएका पिडित महिला तथा किशोरीहरुका लागि सिप बिकास अन्तरगत सो दुई महिने तालिमको सञ्चालन गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । पिडित महिला तथा किशोरीहरुलाई आत्मनिर्भर बनाई उनीहरुको सम्मानित जीवनयापनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम संचालन गरिएको जनाउँदै उहाँले तालिमबाट ती महिला र किशोरी आत्मनिर्भर बन्ने बताउनुभयो । सो तालिममा बाँके जिल्लाको बैजनाथ, खजुरा, नेपालगन्ज र कोहलपुर गरी ४ वटा पालिकाबाट महिला र किशोरीको सहभागिता रहेको छ । नेपालगन्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहको प्रम...
कोभिड नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन जमुनाहा नाकामा कडाई

कोभिड नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन जमुनाहा नाकामा कडाई

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, मङ्सिर १६ गते । घातक मानिएको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस भारतबाट नेपाल भित्रिन सक्ने सम्भावना रहेकाले यहाँस्थित जमुनाहा नाकामा कडाई शुरु गरिएको छ । विशेषगरी भारतका विभिन्न ठूला सहरमा काम गरेर फर्किने नेपालीसँगै सो भाइरस पनि भित्रिन सक्ने खतरा रहेकाले स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्न थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार यसअघि भारतबाट आउने हरेक समुहबाट एक जनाको मात्रै परीक्षण गरेर पोजेटिभ भेटिएमा अरु सबैको गर्ने गरिएको थियो । अहिले भारतबाट आउने सबैको परीक्षण शुरु गरिएको उहाँले बताउनुभयो । जमुनाहा नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने सबै नेपालीको कोरोना जाँच गर्न निर्देशन दिइएपछि काम गरेर फर्किने सवै नेपालीको कोरोना जाँच गर...
नेपालगञ्जको समग्र विकास र सामाजिक सदभाव माओवादी केन्द्रको उच्च प्राथमिकतामा

नेपालगञ्जको समग्र विकास र सामाजिक सदभाव माओवादी केन्द्रको उच्च प्राथमिकतामा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर १५ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम गरेर आफ्नो कार्ययोजना तथा कार्यक्रमलाई सार्वजनिक गरेको छ । गत मङ्सिर ११ गतेको नगरको दोस्रो सम्मेलनबाट निर्वाचित भएको नवनिर्वाचित कमिटीले आफुले तयार गरेको कार्ययोजना सार्वजनिक गर्न सो कार्यक्रमको आयोजना गरेको हो । माओवादी केन्द्र नेपालगञ्जका नगर अध्यक्ष रतन शाहीले पार्टीले आगामी दिनमा गरिने कार्ययोजना तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै नगरको समग्र विकास र सामाजिक सद्भाव तथा सहिसुष्णताका लागि निरन्तर खटिने बताउनुभयो । शाहीले प्रस्तुत गरेको कार्ययोजनामा नेपालगन्जको समग्र विकास र जनताका जनजिविकाको साझा सवालमा अन्य सबै राजनैतिक पार्टीहरुसङ्ग सहकार्य गर्ने, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका पक्षमा सधैं संघर्षरत रहने, महान जनय...
एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्र थापा र सहसचिवमा किशोर थापा चयन

एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्र थापा र सहसचिवमा किशोर थापा चयन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर १५ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाँकेको अध्यक्षमा पुराना र इमान्दार कम्युनिष्ट नेता इन्द्रबहादुर थापालाई चयन गरिएको छ। मंगलवार नेपालगञ्जमा सम्पन्न भएको एकिकृत समाजवादीको जिल्ला भेलाले थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको छ । एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्जसमेत रहनु भएका नेता अशोक कोइरालाको अध्यक्षतामा बसेको उक्त भेलाले थापाको नेतृत्वमा ३०३ सदस्यीय जिल्ला कमिटि गठन गरेको सो पार्टीले जनाएको छ । पुर्णता पाएको सो जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिवमा दिपक जीएम, सहसचिवमा किशोर थापा, भगवति अधिकारी, कप्तान पाठकलाई चयन गरेको स्रोतले जनाएको छ । चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले शपथ गराउनु भएको थियो । त्यसअघि कार्यक्रममा बोल्द...
मानवबेचविखन रोक्न नाकामा दुबै देशविच समन्वय, सहकार्यमा जोड

मानवबेचविखन रोक्न नाकामा दुबै देशविच समन्वय, सहकार्यमा जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर १५ । मानवबेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायविच सीमानामा समन्वय र सहकार्यमा जोड दिईएको छ । मानव बेचबिखनका गतिविधि न्युनिकरणका लागि दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच नेपालगञ्जमा आयोजना गरिएको समन्वय बैठकमा सो कुरामा जोड गरिएको हो । दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच नाकामा समन्वय र सहकार्य नगरेसम्म मानवबेचविखन नियन्त्रण गर्न नसकिने समेत सो बैठकले ठहर गरेको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लवको आयोजनामा सम्पन्न भएको सो बैठकमा दुबै देशका सहभागिहरुले मानवबेचविखन रोक्ने सामुहिक प्रतिवद्धता गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । सो बैठकमा नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथ...
भीम रावल, जसले नीतिलाई जिताएर आफु हारे

भीम रावल, जसले नीतिलाई जिताएर आफु हारे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ, १४ मंसिर । चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लोकतान्त्रिक प्रणालीबाट पुन अध्यक्ष हुन बाध्य बनाए। प्रतिस्पर्धाबाट भाग्न खोजेको पार्टी नेतृत्वलाई उनले धक्का दिएर निर्वाचन प्रणालीमा जान बाध्य त बनाए। तर नतिजा आफ्नो पक्षमा ल्याउन सकेनन्। महाधिवेशन प्रतिनिधीहरुले पार्टी नेतृत्वका लागि उनलाई अस्वीकार गर्दै दोस्रो कार्यकाल नेतृत्वका लागि ओलीलाई भारी मत दिएर विजयी गराए। निर्वाचन प्रणालीबाट चुनिएकाले पार्टी अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधीहरुमध्ये तीन तिहाइले चुनेर अध्यक्ष बनाएको व्यक्ति भन्न पाउने सुविधा पाएका छन्। सहमतिको आधारमा बन्द सत्रमा नेताहरूको नाम पढेर महाधिवेशन टुङ्ग्याउने पार्टी नेतृत्वको तयारीमा रावल सहमत भएका भए उनी उपाध्यक्षमा दोहोरिने थिए। तर उनले कसैले सूची बनाएर नेता नबनी महाधिवेशन...