बंगलादेशको घट्नाप्रति नेपालगन्जका नागरिक अगुवाद्धारा निन्दा र भत्र्सना, कारवाहीको माग
समाचारदाता
नेपालगन्ज, साउन २५ । नेपालगन्जका विभिन्न धर्म समुदायका अगुवाहरुले बंगलादेशमा भएको सत्ता बिरोधी आन्दोलनको क्रममा अल्पसंख्यक समुदायको धार्मिक आस्थाका केन्द्रहरुमाथि गरिएको तोडफोड र आक्रमणको कडा शब्दमा निन्दा गर्दै त्यस्तो कार्यमा संलग्नहरुलाई कडा कारवाहीको माग गरेका छन् ।
शुक्रवार उनिहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई एक ज्ञापन पत्र बुझाउँदै बंगलादेशका हिन्दु समुदायका धार्मिक आस्थाका केन्द्रहरुमा गरिएको तोडफोड र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता निन्दनीय कार्य तत्काल रोक्न माग गर्दै नेपाल सरकारमार्फत त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेका छन् ।
कुनै पनि बहाना र कुनै पनि आडमा कसैको पनि धार्मिक आस्थासंग कसैले पनि खेलवाड गर्न नहुने प्रष्ट पार्दै ज्ञापन पत्रमा त्यस्तो कार्य गर्नेहरुलाई बंगलादेशको सरकारले कडा कारवाही ग...









