समाचारदाता
नेपालगन्ज, असोज ९ । बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबका महासचिव बुधेश जैसवालको अध्यक्षतामा असोज ६ देखि संचालन गरिएको सो तालिमको उदेश्य बारे क्लबका कार्यक्रम संयोजक महेश नेपालीले जानकारी गराउनु भएको थियो ।
संयोजक नेपालीका अनसार सो तालीममा नागरिक समाज संजाल बढैयाताल, दलित महिला संजाल गुलरिया, युवा महिला संजाल राजापुर र युवा संजाल बासगढीका २४ जना र आयोजक संस्थाका गरि ३३ जनाको सहभागिता रहेको थियो ...
समाचारदाता
नेपालगन्ज, असोज ९ । नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका पुराना माओवादी नेता प्रकाश सुवेदीलाई सम्मान गरेको छ ।
७० वर्षको उमेरमा शारिरिक रुपले कमजोर भएपनि माओवादी रुपान्तरण अभियान अन्तर्गत जिल्लाकै दुर्गम क्षेत्रमा आफै खटिएर रातदिन काम गरिरहनु भएका नेता सुवेदीको सो योगदान र जनयुद्धको समयमा पनि उहाँले गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरिएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
नेता सुवेदीलाई माओवादी स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले खजुरामा आयोजित कार्यक्रममा खादा ओढाएर विषेश सम्मान गर्नु भयो ।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेले खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको सचिवालय बैठकमा नेता सुवेदीलाई सम्मान गरिएको बताउनुभयो ।
उ...
समाचारदाता
नेपालगन्ज, असोज ९ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् ।
बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय परियोजना समापन बैठक बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले राहात र सहयोगका लागि चारवटै पालिकामा सञ्चालन गरिएका क्रियाकलाप, सिकाई र चुनौतीहरुका बारेमा विस्तृत रुपमा प्रस्तुती गर्नु भएको थियो ।
सोही प्रस्तुतीको आधार...
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार चन्द्रकान्तालाई विशेष सम्मान
समाचारदाता
नेपालगन्ज, असोज ७ । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिनुभयो ।
जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके जिल्ला इन्चार्ज एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको सचिव बरालले जानकारी दिनुभयो ।
सचिव बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित...
समाचारदाता
नेपालगन्ज, असोज ६ । जनता समाजवादी पार्टी नेपालको तिन महीने संगठन विस्तार अभियान शनिबारदेखि सुरु भएको छ । सोही क्रममा शनिबार बाँके जिल्लामा पनि जसपा जिल्लाकार्य समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको शुरुवात अभिमुखिकरण कार्यक्रमबाट गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रिय नेता तथा पूर्ब मंत्री मोहम्मद इस्तियाक राईले बाँकेलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशितालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि जसपा निर्णायक भुमिकामा हुन आवश्यक रहेको बताउनुभयो ।
पुर्वमन्त्री राईले निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको दुखेसो गर्दै संघियतालाई कमजोर बनाउने षडयन्त्र भइ...
समाचारदाता
नेपालगन्ज, असोज ६ । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखी २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उदेश्यले पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो ।
उहाँले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी ...
समाचारदाता
नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ ।
युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ ।
बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभय...
समाचारदाता
नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ ।
शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितिय, शाहीन जोलाहा तृतिय र सैयद अलि बेहनाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइले बताउनुभयो ।
उहाँका अनुसार सोही प्रकारले बाल अधिकार बारेको वक्तृत्वकला प्रतियोगितामा तमन्ना शेष प्रथम, सीमा खान द्धितिय, आसमा नुरी खान तृतिय र अरमान शेषले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
दुबै प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थिहरुलाई वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, बा...
समाचारदाता
नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना बालिकाहरुले बालिकाको बालअधिकार बारे आ आफ्नो भनाई राखेका थिए । प्रतियोगितामा कक्षा ८ की बालिका शिफा खान प्रथम, कक्षा ९ की जन्नतुन हलवाई द्धितिय, कक्षा ४ की समरिन खान तृतिय र कक्षा ४ कै खुशी कसगढले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, अतिथिहरु मदरसाका संस्थापक तथा कोषाध्यक्ष आलमिन राई, मदरसाका संस्थापक तथा सचिव मोहम्मद असलम हलवाईले पुरस्कार विजेता बालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
मदरसाका अध्यक्ष बदरेआलम खानको सभापतित्वमा सम्पन...
डा.डक्टप्रसाद धिताल
नेपालगन्ज, २८ भदौ । गत मंगलबार भदौं २६ गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको विहिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको निधनको शोकमा नेपाल सरकारले विहिबार देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा रहनुभएका पुर्णा सुवेदी यसरी सम्झनुहुन्छ, स्वर्गीय सुवास नेम्वाङलाई ।
संविधान सभाको अध्यक्ष, उपाध्यक्ष, अन्तरिम व्यवस्थापिका संसदको सभामुख र उपसभामुख भएर पनि हामीले एकै ठाउँमा काम गर्यौं । उहाँसंग काम गर्न त्यति अप्ठेरो भएन, सजिलो नै भयो, सिकाउनु हुन्थ्यो । एउटा वामपन्थी शालिन भद्र, नेकपा एमाले पार्टी भित्र पनि एउटा सन्तुष्ट नेता, सबैलाई सन्तुलित रुपमा ...