२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

बाँकेका पत्रकार डा. धिताल भारतको नयाँ दिल्लीमा सम्मानित

बाँकेका पत्रकार डा. धिताल भारतको नयाँ दिल्लीमा सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असार १७ । बाँकेका वरिष्ठ पत्रकार डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा.धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो । प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य, बाँके इन्चार्ज, भेरी अस्पताल विकास समितिका सदस्य तथा गुड न्युज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक डा. धिताललाई कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतीय मुख्य डिजाइनर आस्मा गुल्जार र पदम श्री सुन्त्याले संयुंक्त रुपमा सम्मान गर्नु भएको थियो । ब्राण्डम्यान नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै बायोटाको आधारमा छनोट गरेर नेपालबाट डा. धिताललाई सम्मान गरिएको संस्थाका अध्यक्ष अंकित कौशिकले बताउनु...
प्लान इन्टरनेसनल नेपालका साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सुर्खेतमा सम्पन्न

प्लान इन्टरनेसनल नेपालका साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सुर्खेतमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असार १३ । प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो । सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका मुख्य उपलब्धीहरु, सिकाई, चुनौंतीहरु, असल अभ्यासहरु र नवीनतम कार्यहरुको समिक्षा गरी आगामी बर्षको प्राथमिताहरुको पहिंचान र योजना तयारीको खाका निर्माण गरिएको जनाईएको छ । प्लान क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख मिना पराजुलीले सो समिक्षा गोष्ठिको उध्येश्य, प्लान ईन्टरनेशनल नेपालको आगामी प्राथमिकताका क्षेत्रहरुमा प्रकाश पार्दै गोष्ठिको शुरुवात ...
गुलरिया नगरपालिकाको वडा नम्बर आठ पनि बालविवाहमुक्त वडा घोषणा

गुलरिया नगरपालिकाको वडा नम्बर आठ पनि बालविवाहमुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असार ७ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत वडाहरुलाई धमाधम बालबिवाहमुक्त घोषणा गरिंदैछ । सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब अन्य संघसंस्थाको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नम्बर ८ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरेको छ । यसअघि केही दिन पहिले मात्र वडा नम्बर १२ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । गुलरिया वडा नम्बर ८ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाँको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्नुभयो । उहाँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्य पुर...
हरित उद्यमकालागि राजापुर र ठाकुरबाबाका युवा महिलालाई स्टार्टअप सहयोग वितरण

हरित उद्यमकालागि राजापुर र ठाकुरबाबाका युवा महिलालाई स्टार्टअप सहयोग वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर (सिभिए) मार्फत स्टार्टअप सहयोग बितरण गरिएको बताउनुभयो । ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनिहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत...
विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्री प्रदर्शनी

विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्री प्रदर्शनी

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ४ । बर्दियाको गुलरिया नगरपालिकाका विद्यालयका विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामाग्रीहरु प्रदर्शनी गरिएको छ । प्लान इन्टरनेसनल नेपालसंगको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा गुलरियाको आयोजनामा सो प्रदर्शनी गरिएको हो । गुलरियास्थित बंगलामुखी माविमा आयोजना गरिएको प्रदर्शनीमा गुलरिया नगरपालिका भित्रका १० वटा बिद्यालयका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए । विद्यालयका बालवालिकाहरुले आफूभित्रका कला तथा क्षमतालाई प्रतिस्पर्धात्मक रुपमा बाहिर ल्याउन सकुन भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो प्रदर्शनीमा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले आगाम...
गुलरिया नगरपालिकाको वडा नम्बर १२ बालविवाह मुक्त वडा घोषणा

गुलरिया नगरपालिकाको वडा नम्बर १२ बालविवाह मुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियानलाई तिव्र पारिएको छ । सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नं १२ लाई बालविवाहमुक्त वडा घोषणा गरेको छ । गुलरिया वडा नम्बर १२ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर १२ का वडा अध्यक्ष रामकुमार थारुको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्दै सबैलाई धन्यवाद दिनुभयो । उहाँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि वडाहरुले बिशेष सहयोग र पहल गर्नुपर्नेमा जोड दिनुभयो । गुलरिया नगरपालिकाका उपमेयर सावित्...
गुलरियामा किशोरी लक्षित यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन

गुलरियामा किशोरी लक्षित यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असार १ । बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ । क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर संचालन गरिएको हो । सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरुले महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँँले शिविरमा उपचारका लागि आएका किशोरीहरुले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको बताउनुभयो । ...
जब एक घण्टाका लागि बर्दियाको प्रजिअ बनिन् प्रतिक्षा न्यौपाने

जब एक घण्टाका लागि बर्दियाको प्रजिअ बनिन् प्रतिक्षा न्यौपाने

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ २८ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ कीे प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाइन् । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत बालिका न्यौपानेलाई बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनाईएको हो । प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेलगत्तै कार्यक्रममा उपस्थित किशोरीहरुले बर्दिया जिल्लामा रहेका सरकारी कार्यालयमा कर्मचारीहरू समयमै नआउने र ढिलोगरी कार्यालयमा आउने कर्मचारीहरूलाई कारबाही नभएको गुनासो गरेका थिए । त्यसैगरी लागू औषध दुव्र्यसनी, बालविवाह, मानव बेचबिखन लगायत सडक दुर्घटनाका बिषयमा पनि उनिहरुले प्रमुख जिल्ला अधिकारीसंग प्रश्न गरेका थिए । एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारीको...
धनगढीका गर्मी प्रभावित अति विपन्न ५५ परिवारलाई खाद्यान्न बितरण

धनगढीका गर्मी प्रभावित अति विपन्न ५५ परिवारलाई खाद्यान्न बितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ । स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको तातो हावा परियोजना अन्तर्गत धनगढीस्थित सिद्धनाथ र भवानी माविमा अध्ययनरत अति विपन्न, गरिब, दलित र पिछिडिएका बालबालिकाका ५५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न र गरिब र दलितहरुलाई चर्को गर्मीको बेला हुने स्वास्थ्य जोखिमबाट जोगाउन र केही दिन घरमै बस्न सहज होस भन्ने उदेश्यले खाद्यान्न बितरण गरिएको बताउनुभयो । बिद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख...
धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता लगायतका सामग्री वितरण

धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता लगायतका सामग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २४ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा कतार च्यारिटी र बाँके युनेस्को क्लबका प्रतिनिधिहरुको उपस्थितिमा दुवै विद्यालयका विद्यार्थीहरुलाई अत्यावश्यक सामग्री वितरण गरिएको थियो । कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीह...