२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

युवतिहरुलाई वातावरण संरक्षणसंगै आर्थिक सक्षमताको तालिम प्रदान

युवतिहरुलाई वातावरण संरक्षणसंगै आर्थिक सक्षमताको तालिम प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत १६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो । सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाबाट १५ जना गरी कुल ३० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारणले क्षतविक्षत हुने वातावरणको नकारात्मक असरका बारेमा केन्द्रित रहेर युवतीहरूलाई ज्ञान प्रदान गर्नु तालिमको मुख्य उदेशय रहेको बताउनुभयो । तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै...
समाजसेवी राजा खानद्धारा विद्यालयसम्म पहुँच बढाउन ६ किशोरीलाई साईकल वितरण

समाजसेवी राजा खानद्धारा विद्यालयसम्म पहुँच बढाउन ६ किशोरीलाई साईकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत १३ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका समाजसेवी युवा राजा खानको सहयोगमा ग्रामिण क्षेत्रका ६ जना विपन्न किशोरीहरुलाई साइकल बितरण गरिएको छ । विपन्न किशोरीको विद्यालयमा पहुँच बढाउन राप्तीसोनारी र नरैनापुरका ६ जना किशोरीलाई समाजसेवी तथा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानद्धारा प्राप्त साईकल उपलब्ध गराईएको हो । फत्तेपुरमा आयोजना गरिएको रोजा खोल्ने कार्यक्रम सामूहिक इफ्तारपछि युथ टुडेका सम्पादक आलम खानले समाजसेवी खानद्धारा प्राप्त भएका ती साइकल बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई हस्तान्तरण गर्नुभयो । विद्यालय टाढा भएका बिपन्न किशोरीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको समाजसेवी खानले टेलीफोनमा नेपालगन्ज पाटीलाई बताउनुभयो । रोजा इफ्तार र साइकल वितरणको अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले व...
बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवन सीप विकास तालिम सम्पन्न

बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवन सीप विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो । सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाका १५ जना गरी कुल ३० जना युवतिहरुको सहभागिता रहेको थियो । बर्दियाका युवा महिलाहरूलाई आत्म–जागरूकता, प्रभावकारी संचार कौशल र अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा सहमति कौशल, निर्णय क्षमता, समस्या समाधान र नेतृत्वमा केन्द्रित ज्ञान प्रदान गर्नु सो तालिमको मुख्य उदेश्य रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँका अनुसार तालिमका सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उ...
हरित अर्थतन्त्र परियोजनाअन्तर्गत राजापुरमा फोहोरलाई मोहोर बनाउने तालिम सम्पन्न

हरित अर्थतन्त्र परियोजनाअन्तर्गत राजापुरमा फोहोरलाई मोहोर बनाउने तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत ६ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा पालिकामा “फोहरलाई मोहर” (फोहरमैला व्यवस्थापनबाट रोजगारी सिर्जना गर्ने) विषयक तीन दिने तालिम सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम सम्पन्न गरिएको हो । ३० जना युवतिहरुको सहभागिता रहेको सो तालिमको समापन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले फोहोर व्यवस्थापनबाट आय आर्जन गर्ने र रोजगारी सृजना गर्न सहयोग गर्ने यस्तो तालिमले फोहोर व्यवस्थापनसंगै आर्थिक विकास पनि हुने बताउनुभयो । उहाँले राजापुरमा सञ्चालन गरिएको हरित अर्थतन्त्र परियोजनालाई सफल पार्न नगरपालिकाले हरेक प्रकारको सहयोग र समर्थन गर्ने पनि बताउनुभयो । तालिम समापन कार्यक्रमकी अध्यक्ष तथा तालिमका सहभागि आकृति चौधरीले यो तालिमबाट सहभागिहरुलाई विभिन्न किसिमका फोह...
बाँके युनेस्कोद्धारा ठाकुरद्धारामा पाँच दिने क्षमता विकास तालिम सम्पन्न

बाँके युनेस्कोद्धारा ठाकुरद्धारामा पाँच दिने क्षमता विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत ३ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्वारामा आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम आयोजना गरिएको थियो । ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जनाको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने, अर्गानिक तरकारी खेती र हस्तकला बनाउने जस्ता लघुउद्यम सम्बन्धी महत्वपूर्ण ज्ञान सहभागिहरुलाई प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो तालिमको मुख्य उद्देश्य १८ देखि २४ वर्ष उमेर समूहका युवा युवतीहरूको सशक्तीकरण र रोजगारी सिर्जना गर्न बढ्दो ग्लोबल वार्मिंग, वातावरण प्रदूषण र प्रतिकूल प्रभाव जस्ता वातावरण संरक्षणमा हरित व्यापार र लघु उद्यमह...
कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, फागुन २६ । रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका अति बिपन्न ३२० परिवारलाई बाँके युनेस्को क्लबले खाद्यान्न सामाग्री बितरण गरेको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले शनिवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा बाँकेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरणको शुरुवात गर्नुभयो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले अतिविपन्न परिवारको छनोट गरेर रमजानका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय कार्य भएको जनाउँदै यसबाट चाडपर्व मनाउन सहज हुने बताउनुभयो । उक्त...
विपदमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम बर्दियामा सम्पन्न

विपदमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम बर्दियामा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन २३ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा आयोजना गरिएको जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र विपद्को समयमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । प्लान नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम सञ्चालन गरिएको थियो । सो तालिमको उदेश्य सीओसी, बाल क्बल, किशोरी क्लब र युवा क्लबमा आवद्धहरुलाई जोखिममा परेका समुदाय र सम्भावित नोक्सानीलाई कम गर्न सावधानी अपनाउन सचेत गराउन उनीहरूको परिचालनका लागि महत्वपूर्ण ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबले जनाएको छ । तलिममा सहभागि ३० जनालाई विभिन्न प्रकारको विपद र प्रकोपबाट सम्पत्ति, समुदाय र आफूलाई पनि सुरक्षित राख्न प्रशिक्षण दिईएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले तालिम...
बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, फागुन २२ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा फागुन २४ र २५ गते ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन २०८०’ आयोजना गरिने जनाएको छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनका बारेमा सुझाव संकलन गर्न मंगलवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा कोहलपुरस्थित शहिद स्मृति भवनमा सो सम्मेलन आयोजना गरिने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवम् सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । उक्त सम्मेलनको उदघाटन प्रमुख अतिथी एवम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । सम्मेलनको उद्घ...
प्रदेश कृषि मन्त्री यादवद्धारा कतार च्यारेटीको सहयोगको साना सिँचाइ आयोजना अनुगमन

प्रदेश कृषि मन्त्री यादवद्धारा कतार च्यारेटीको सहयोगको साना सिँचाइ आयोजना अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, फागुन २२ । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ । किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिँचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो । विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँ...
हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदता नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ । क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८–२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि सशक्तिकरण र रोजगारी सिर्जना गर्नु भएको बताउनुभयो । उहाँले यो परियोजनाले वातावरण प्रदूषण, ग्लोबल वार्मिंग र जैविक विविधता ह्रासलाई कम गर्दै हरित व्यापार र उद्यमहरूलाई बढावा दिने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनामा सहभागि गराउने युवा महिलाको छनोटका लागि दुबै पालिकाका युवतीलाई अन्तरवार्तामा सहभागी गराइएको बताउनुभयो । अन्तर्वार्ता लिने कार्य राजापुर नगरपालिकाका रोजगार सहायक यमकुमार परियार, उद्यम विकास सहजकर्ता पूर्णबहादुर ओली र बाँके युनेस्को क्लबका परियोजना अधि...