२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

प्रेस सेन्टर बाँकेद्धारा पत्रकार महासंघ बाँकेसंग शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको माग

प्रेस सेन्टर बाँकेद्धारा पत्रकार महासंघ बाँकेसंग शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको माग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, जेठ ४ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई लागू नगरेको भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई एक ज्ञापनपत्र बुझाएको छ । ‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभ...
मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो । मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्...
बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ३ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा उद्योगी व्यवसायी, स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच संवाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । लैङ्गिक असमझदारी हटाई महिलालाई स्थानीयस्तरबाट रोजगारीका अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो संवादको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो संवादमा कार्यक्रममा पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको जानकारी गराईएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्र...
प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ३ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिमसंगै सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् । सिलाई तालिम पाएपछि पसल सञ्चालनका लागि सामाग्री समेत पाएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका ६ जना युवा महिलाले सामुहिक रुपमा सञ्चालनमा ल्याएको न्यु सामुहिक टेलर स्थानीय वासिन्दाविच लोकप्रिय बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत बर्दिया जिल्लाका १८ देखि २४ वर्ष उमेर समूहका अति जोखिममा परेका युवा किशोरी तथा महिलाले सिलाई तालिम लिएपछि रोजगारीक...
युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा शौचालय निर्माण गरि हस्तान्तरण गरियो

युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा शौचालय निर्माण गरि हस्तान्तरण गरियो

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ १ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले कोहलपुर चौराहामा सार्वजनिक शौचालयको आवश्यकता लामो समयदेखि खड्किएकोमा क्लबले निर्माण गरेकोमा क्लब र कतार च्यारिटीप्रति आभार प्रकट गर्नुभयो । उहाँले कोहलपुर नगरपालिकाभित्र रहेका सबै सार्वजनिक शौचालयलाई जनताका लागि निशुल्क प्रयोग गर्न पाउने गरि सञ्चालन गर्ने निर्णय गरिएको जनाउँदै यस क्षेत्रकै केन्द्रविन्दु रहेको यो नगरमा शौचालयको अभाव हुन नदिने प्रतिवद्...
कुनैपनि खोप नलगाएका १७७ बालबालिका लगायत छुटेकालाई आज खोप लगाईंदै

कुनैपनि खोप नलगाएका १७७ बालबालिका लगायत छुटेकालाई आज खोप लगाईंदै

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख ३१ । पश्चिम नेपालकै तीन वटा प्रदेशको सबैभन्दा बढी सेवा र सुविधासम्पन्न सहरका रुपमा परिचित नेपालगञ्जमै कुनैपनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ केही समय अघि शुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनैपनि खोप नलगाएका बालबालिका भेटिएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा १७७ जना कुनै खोप नलगाएका बालबालिका भेटिएका छन् भने ६९२ जना बालबालिकाले विचैमा खोप लगाउन छोडेर खोपहरुको मात्रा पुरा नगरेको पाईएको छ । उहाँले हरेक दृष्टिकोणले सबै सेवा सुविधा लगायत शिक्षित समुदायको बसोबास रहेको सहरमा समेत यति धेरै बालबालिकाले कुनै पनि खोप नलगाउनु र करिब ७०० जनाले विचमै खोप लगाउन छोड्नु निकै चिन्ताजनक विषय भएको बताउनुभयो । नेपालगञ्ज उपमहानगर स्वास्...
बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
मुकुन्द सुवेदी नेपालगञ्ज, बैशाख ३१ । बर्दियाको बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन ( सत्याग्रह ) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो । जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसनमा बस्नु भएको हो । जब्दी पुलमा आमरण बस्नु अघि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । २०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । चार सय २५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण ग...
सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, बैशाख ३१ । यहाँस्थित नेपाल–भारत सीमा पारी भारतीय क्षेत्रमा बसेर नक्कली नेपाली र भारतीय रुपियाँ छापेर नेपालतर्फ पठाउने पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गर्न सफल भएको छ । भारतको बहराईच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराईच एटिएस र रुपैडिहा पुलिसले पक्राउ गरेको हो । रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिनु भएको जानकारी अनुसार रुपैडिहा नजिकै नक्कली रुपियाँ छाप्ने र विक्रि वितरण गर्ने सुचनाको आधारमा बहराईच एटीएस र रुपैडिहा प्रहरीले संयुक्त रुपमा कारवाही गर्दा लखिमपुर जिल्लाका ५ जनालाई पक्राउ गरिएको हो । उहाँले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलाशी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपियाँ र ५ हजार नक्कली नेपाली रुपियाँसहित पैसा छाप्ने मेसिन, लैपटाप,...
बर्दियाका युवा महिलालाई बचत तथा ऋण परिचालन सम्बन्धि अभिमुखिकरण

बर्दियाका युवा महिलालाई बचत तथा ऋण परिचालन सम्बन्धि अभिमुखिकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । बाँके युनेस्को क्लबले हाम्रो मध्यवर्ति बचत तथा ऋण सहकारी संस्थासंगको समन्वयमा बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाका लागि सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरणको आयोजना गरेको छ । सो अभिमुखिकरण प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवर्धन परियोजना अन्तर्गत आयोजना गरिएको थियो । सो अभिमुखिकरणमा ठाकुरबाबाका रोजगारमा लागेका १८ जना युवा महिलालाई सहकारी शिक्षा, बचत तथा ऋण परिचालन र नितिगत प्रक्रियाका बारेमा विस्तृत रुपमा जानकारी गराईएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । तालिम प्राप्त गरेपछि युवा महिलाले सञ्चालन गरिरहेको व्यवसायलाई स्तरोन्नती गर्दै बचत गर्ने बानी बसाल्नका लागि उनिहरुलाई सहकारीमा आवद्ध गरिएको उहाँले बताउनुभयो । सो अभिमुखिकरणमा व्युटिपार्लर, टेलरिंग, होटल व्यवसाय, नास्ता पसल र खु...
रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ । सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो । बैठकमा सहभागिहरुले बेचविखन नियन्त्रणका लागि क्रियाशिल सबै सरकारी र गैर सरकारी निकायले एकजुट भएर समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको थियो । सो अवसरमा कोहलपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख इन्द्रमणि ढकालले बेचविखन नियन्त्रणका लागि सुक्ष्मतरिकाले अध्ययन गरेर रणनैतिक योजना र कार्यक्रम बनाई काम गर्नु पर्नेमा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका ...