नेपालगञ्जपाटी डेस्क
नेपालगञ्ज, मंसिर १६ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उहाँले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताउनुभयो ।
समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने प्रहरी महानिरीक्षक सिंहको जोड छ । कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उहाँले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उहाँले बताउनुभयो ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १६ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले कुनै पनि माईका लालले ओन्दोलनबाट प्राप्त उपलब्क्धीहरुलाई समाप्त गर्न नसक्ने बताउनुभएको छ । उहाँले नागरिकता लगायतका विषय र अन्य उपलब्धीलाई समाप्त गर्ने षडयन्त्र भैरहेको जनाउँदै त्यस्तो कुनै पनि हालतमा हुन नदिने बताउनुभयो ।
जनता समाजवादी पार्टी बाँकेले शुक्रवार डुडुवाको कम्दीमा आयोजना गरेको धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले मधेश आन्दोलन र अन्य आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र नागरिकता समस्या समाधानका लागि आफु सधैं जनताको साथमा र माझमा रहने बताउनुभयो । उहाँले थप्नुभयो–कसैले पनि संविधान र संविधानमा प्राप्त अधिकार समाप्त गर्ने षडयन्त्र गर्यो भने ईश्तियाक राईले कुनै पनि हालतमा त्यस्तो हुन दिनेछैन, चाहे त्यसका लागि जुनसुकै कदम किन चाल्न नपरोस ।
पुर्वमन्त्री राईले हालै स...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, मंसिर १६ । शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आफनो १६ औं बार्षिक उत्सव निकै भव्यताका साथ मनाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई शोफियाले यस बर्षदेखी फेरी निरन्तरता दिने क्रममा बार्षिकोत्सव मनाएको हो ।
स्कुलका संस्थापक प्रिन्सीपल के बी बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको भनी शुभकामना दिर्दै सोफियाले गरेको प्रगति हेर्दा निकै राम्रो लागेको बताउनुभयो ।
नेपालगंज उपमहानगरपालिकाका एजुकेशन डिपार्टमेन्ट अफिसर भीम बहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने थलोका रुपमा शोफिया स्कुल विकास हुन सकोस भन्ने शुभकामन...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, मंसिर १५ । बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको सो दुईदिने तालिममा क्लबको बोर्डका पदाधिकारी र सदस्य तथा बालसंरक्षण कार्यक्रम एवं पर्ल परियोजना अन्तर्गतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा विभिन्न संरक्षण सम्बन्धी बिषय जस्तै सुरक्षा नीति, बालबालिकाको दृष्टिकोण, बाल दुव्र्यवहारको समस्या, व्यक्तिगत मूल्य र मनोवृत्ति लगायतका बारेमा गहन छलफल भएको र जानकारी गराईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १४ । यहाँस्थित नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघसंस्थाविच सहमति बनेको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकमा सो सहमति बनेको हो ।
मानव बेचखिनकाबिरुद्ध सक्रिय नेपाल–भारतका सुरक्षा अधिकारी र सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ काम गर्ने सहमति बनेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले दुबै देशका प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिविच मानवबेचविखन रोक्न सहकार्य र सहयोग आदान प्रदान गरेर...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, मंसिर ११ । पाँचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आइतवार उद्घाटन गरिएको छ ।
नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयको भवनमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले उद्घाटन गर्नु भएको थियोे । श्रम तथा रोजगार कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्राइभेट संस्थामा कामगर्ने श्रमिक र रोजगारदाता दुवैलाई फाईदा पुग्नेगरी लिएको योजना लाभदायक भएको भन्दै सहायक सिडियो शर्माले आफ्नो कार्यालयबाट यस कार्यालयलाई सफल बनाउन कुनै सहयोग आवश्यक भएमा सदैब तत्पर रहेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौंमा प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु हुने पुर्ण बहादुर नेपालीले सञ्चालन गरेको कार्यक्रमको सभापति श्रम तथा रोजगार कार्यालय नेपालगन्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले नेपालगञ्जमा आइतवार मानवबेचविखन रोकथामका लागि विभिन्न सरोकारवाला निकायको उपस्थितिमा समन्वय तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहकार्यमा क्बलले सञ्चालन गरेको रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीका अनुसार सो समन्वय तथा छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, महिला बालबालिका शाखाका छैटौं तहका अधिकृत आशा शाही, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका संस्थाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले मानवबेचविखन रोकथामका लागि छुट्टै बजेट विनियोजन आवश्यक रहेकोमा जोड दिनुभयो ।
महिला बालबा...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट पराजित हुनु भएका जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले यस पटक आफु पराजित भएपनि बाँके क्षेत्र नम्बर २ को विकास, समृद्धि र सामाजिक सदभावका लागि सधैं सक्रिय रहीरहने प्रतिवद्धता जनाउनु भएको छ ।
मतपरिणाम सार्वजनिक भएर राप्रपाका उम्मेदवार धवल शमसेर राणाले ६ हजार बढी मतले जितेको घोषणा गरिए लगत्तै एक विज्ञप्ती प्रकाशित गरेर पुर्वमन्त्री राईले विजयी हुनु भएका राणालाई बधाई दिंदै आफुले शुरु गरेको सामाजिक सदभाव र एकतासहितको विकास र समृद्धिको अभियानमा साथ र सहयोग गर्ने ठुलो संख्याका मतदाताप्रति पनि हृदयदेखिनै आभार व्यक्त गर्नु भएको छ । उहाँले विजयी हुनु भएका राणाले जनता समक्ष गरेका वाचा र प्रतिवद्धतालाई पुरा गर्न आग्रह समेत गर्नु भएको छ ।
पुर्वमन्त्री राईले निर्वाचनमा उम्मेदवारको जित हार भन्दा पनि जनताक...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
प्रदेश सभा क मा जसपाका यादवले निवर्तमान सांसद एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गर्नुभयो । विजयी हुनुभएका यादवले ११ हजार ५०४ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका यादवले ९ हजार ३५८ मत प्राप्त गर्नुभयो ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजकुमार बर्माले ८ हजार ७३१ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा बर्मा सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने विजयी हुनुभएका यादवले एक्लै निर्वाचन लड्नुभएको थियो । यसै गरी प्रदेशसभा ख मा जसपाका आदेश अग्रवालले काँग्रेसका निरक गुरुङलाई १ हजार ५३७ मतान्तरले पराजित गर्नुभयो । अग्रवालले ८ हजार २४६ मत र गुरुङले ६ हजार ७०९ मत प्राप्त गर्नुभ...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
विजयी हुनुभएका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेपाली काँग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गर्नुभयो ।
सोही प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार ईर्फान शेषले १ हजार २८९ मत प्राप्त गर्नुभयो । विजयी हुनु भएका राणा यस अघि दुई पटक नेपालगन्ज उपमहानगरको मेयर पदमा निर्वाचित भई सक्नु भएको थियो भने पराजित हुनु भएका राईले २०७४ साल र २०६४ सालमा सां...