संविधान र गणतन्त्रको रक्षाका लागि माओवादीको जित अपरिहार्य
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज ३ । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चौक र पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्रका नगर अध्यक्ष रतन बहादुर शाहिले बताउनु भयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने...









