समाचारदाता
नेपालगन्ज, असोज २४ । बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत सय थान ठुला त्रिपाल प्रदान गरेको छ ।
क्लबले बाँकेमा कतार च्यारिटीको आर्थिक सहयोग र बर्दियामा प्लान नेपालको समन्वयमा विपद व्यवस्थापन समितिलाई ५०–५० थान ठुला त्रिपाल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
गत बुुधवारदेखि भैरहेको अविरल बर्षाका कारण आएको बाढीबाट बाँके र बर्दियाका हजारौं बासिन्दा प्रभावित भै सयौं विस्थापित भएकोले उनिहरुलाई सहज होस भन्ने उदेशयले त्रिपाल उपलब्ध गराईएको क्लबले जनाएको छ ।
उक्त त्रिपाल बर्दियाका प्रमुख जिल्ला अधिकारी बंधु प्रसाद बास्तोलाई क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई क्लबका वित्तिय तथा प्रशासन प्रमुख वेद प्रसाद पंगाली र कार...
समाचारदाता
नेपालगञ्ज, असोज २४ गते । चट्यांग लागेर गम्भीर घाइते हुनु भएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना बृद्धको उपचारका क्रममा सोमवार विहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतवार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ गाउँपालिका ३ बनखेतस्थित आफ्नो घरदेखि दुई किलोमिटर उत्तरतर्फ गोठालो जानु भएका ६८ वर्षिय कालिबन बस्नेत चट्यांग परि गम्भीर घाइते अवस्थामा भेटिनु भएको थियो ।
घाइते बस्नेतलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पुरयाईए पनि उहाँको अवस्थामा सुधार नआएपछि आइतवार साँझ साढे सात बजे नेपालगञ्ज नर्सिंंग होममा रेफर गरिएको थियो ।
नर्सिंग होममै उपचारका क्रममा सोमवार विहान साढे चार बजे बस्नेतको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
आइतवार भिषण बर्षा भैरहेको बेला जिल्लाका धेरै खुला ठाउँमा चट्य...
सिराज खान
नेपालगञ्ज, असोज २४ गते । बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार बिहान सुरक्षाकर्मीहरुद्धारा उद्धार गरिएको छ ।
खजुरा गाउँपालिका २ के गाउँस्थित किरणनाला पार गर्न खोज्दा खोलामा आएको बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर ज्यान जोगाएका दुई जनाको ७ घण्टापछि उद्धार गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार भारतको केरलाबाट फर्किएका खजुरा २ का तेजबहादुर रोकाया र बारबर्दिया नगरपालिका बर्दियाका जनक चौधरीले सोमबार बिहान २ बजे खोला पार गर्न खोज्दा बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर जोगिएका थिए ।
उनीहरुको बारेमा जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा दुबैजनाको बिहान ९ बजे सकुशल उद्धार गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।
भारतबाट फर्किएका उनी...
सिराज खान
नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवारी पाउनु भएका मन्त्री गहतराजले बाँके क्षेत्र नम्बर १ को अगैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनका अन्य उम्मेदवार सहित उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उहाँले २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट नेकपाको उम्मेदवार बनेर विजयी हुनुभएको थियो । गठबन्धनको सरकार बनेपछि उहाँलाई माओवादी केन्द्रले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गराएको थियो ।
प्रतिकुल मौसमका वावजुद पनि उल्लेख्य संख्याका सत्ता गठबन्धनका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर मन्त्री गहतराजसंगै प्रदेश सभाबाट सत्तागठबन्धनकै उम्म्ेदवार फुलराम थारु र कृष्णा केसी नमुनासंगै उम्मेदवारी दर्ता गराउनु भएको हो ।
थारुल...
सिराज खान
नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले प्रतिनिधिसभाका लागि बाँकेबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मन्त्री गहतराज र सहमहामन्त्री राठौरले सत्ता गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा र सहमहामन्त्री राठौरले वारेसनामा मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
प्रतिकुल मौसमका विच मन्त्री राई लगायतका उम्मेदवारले आ आफ्ना समर्थक र पार्टीका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाँके क्षेत्र नम्बर ३ बाट सत्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले अबिरल बर्षापछि राप्ती नदिमा आएको बाढिका कारण राप्ती सोनारी, नरैनापुर र कोहलुरको जनजिवन नराम्रो संग प्रभाबित भएको भन्दै राहात तथा उद्धारमा जुटन अपिल गरेका छन ।
बाँके क्षेत्र नं १ का सांसद समेत रहेका अथकले समाजिक संञ्जालमा सार्वजनिक अपिल जारी गर्दै कटान तथा डुवानका कारण सयौं परिवार बिस्थापित र घरबार बिहिन भएको भन्दै उनिहरुलाई तत्काल उद्धार र राहातको आवश्यकतामा जोड दिएका छन ।
बाढि पछिको अवस्थाबारे स्थलगत निरक्षण गर्न, राहात र उद्धारको कामलाई प्रभावकारी बनाउन आफु शनिवार बाँके जिल्ला आउन लागेको समेत जानकारी उनले दिए । उनले स्थलगत निरक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभाबितहरुका लागी ठोस राहात घोषणा गरिने समेत टेलिफोन मार्फत जानकारी दिए ।
मन्त्री अथकले आजै बाढि प्रभाबित क्षेत्रको निरीक्षण र स्थानिय बासिन्द...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज १६ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अगाडी बढाउने नेतालाई मात्र जनताले निर्वाचित गर्ने बताउनु भएको छ ।
विभिन्न चाडपर्व मनाउन आइतवार गृह जिल्ला पुग्नु भएका मन्त्री राईले विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै जिल्ला र देशले अहिले विकास, समृद्धि, स्थायीत्व र सामाजिक तथा धार्मिक सदभाव खोजेको बताउनुभयो । उहाँले जनताले खोजेको कुरा पुरा गर्ने नेतालाई मात्रै जनताको समर्थन रहने दावी गर्नुभयो ।
आफ्नो निजि स्वार्थका लागि समाजलाई बाँड्ने, धामिर्क, जातिय र क्षेत्रीय विषयलाई मुद्दा बनाएर भाँड्न खोज्नेलाई मंङ्सिर ४ गते जनताले सबक सिखाउने उहाँले बताउनुभयो ।
सानो समयमा पनि धेरै विकासका काम गर्न सकिन्छ भन्ने कुरा वर्तमान सरकारको कामले पुष्टि गरिसकेको जनाउँदै मन्त्री राईले आफुले पनि सानो समयमा जिल्लाको विकासका ला...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज १५ गते । बी ग्रुपले बाँके कबाडी मालसामान व्यवसायी संघलाई नेपालगञ्जमा कार्यालय सञ्चालनका लागि दुई लाख भन्दा बढीको आवश्यक सामाग्री प्रदान गरेको छ ।
एमडीएम फ्रान्स र जीआइजेड नेपालको सहयोगमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत कबाडी मालसामान संघलाई कार्यालय स्थापना र सञ्चालनका लागि सो सहयोग प्रदान गरिएको हो ।
पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा स्थापना गरिएको बाँके कबाडी मालसामान व्यवसायी संघलाई कार्यालय सञ्चालनका लागि दुई लाख पाँच हजार रुपियाँ बराबरका विभिन्न सामाग्री हस्तान्तरण गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
कार्यालय स्थापनाका लागि प्रदान गरिएका सामाग्रीहरु बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बाँके कबाडी मालसामान व्यवसायी संघका अध्यक्ष ...
सिराज खान
नेपालगञ्ज, असोज १३ । केही समय अघिसम्म दुई छाक टार्नका लागि अतिनै संघर्ष गरिरहेकी नेपालगञ्ज २ की लक्ष्मी थारु अहिले दैनिक पाँच सयदेखि सात सय रुपियाँसम्म आम्दानी गरिरहेकी छन् ।
जिविका गुजार्न समस्या भएपछि कयौं पटक आफन्तकोमा गएर गुहार गर्नु पर्ने अवस्थाबाट गुज्रिनुपरेको सम्झदैं उनि भन्छिन्– कति दुख पाईयो, कति भन्नै गाह्रो छ । तर अहिले त्यस्तो अवस्था छैन, अहिले त म बसीबसी मजाले दैनिक सातसयसम्म कमाउँछु ।
अहिले उनको मुहार उज्यालो छ । मुस्कुराउँदै उनले अहिले त खान लाउन दुबै पुगेको बताइन् । कतार च्यारिटिको सहयोगमा बाँके युनेस्को क्लबले किराना पसल खुलाईदिएपछि चौधरीको जिवनमा ठुलो परिवर्तन आएको हो ।
आयआर्जनका लागि व्यवसायीक विकास परियोजना अन्तर्गत पाएको किराना पसलमा अहिले उनी विहानदेखि बेलुकासम्म व्यस्त छिन् । दैनिक उपभोगका सामाग्री बेचेर सोही पसलबाट दैनिक पाँचसयदेखि सातसय रुपियाँसम्म आ...
सिराज खान
नेपालगञ्ज, असोज १३ । दशैँ, तिहार र छठलगायतका चाडपर्व तथा आसन्न निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।
चाडपर्वहरुमा हुनसक्ने विभिन्न अपराधिक घटना रोक्ने तथा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्यसहित बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको हो ।
चाडपर्व र निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार पारेर लागू गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले भारतीय सीमानासँग गाँसिएको बाँके जिल्ला सधैँ जसो सुरक्षा चुनौतीमा रहने गरेको जनाउनुहुँदै सो कुरालाई ध्यानमा राखेर थप प्रहरी परिचालन गरिएको पनि जानकारी दिनुभयो ।
‘‘चाडपर्व र निर्वाचनको रौनक सुरु ...