६ माघ २०८२, सोमबार

मुख्य समाचार

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ । च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो । कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु भएको थियो भने दोस्रो दिन र तेस्रो दिन बाँकेको नेपालगञ्ज, बैजनाथ, नरैनापुर, राप्तीसोनारी, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा पुगेर अनुगमन गर्नु भएको थियो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले दिनु भएको जानकारी अनुसार शेषसहितको क्लबको टोलीले बाँकेको बैजनाथ चिसापानीमा निर्मित शौचालय, राजापुरको बदालपुर स्वास्थ्य चौकीमा प्रदान ग...
जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

जमुनाहा–राँझा फोरलेन सडक अस्फाल्ट कालोपत्रे गर्न टेण्डर आह्वान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २९ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई मन्त्री भएको २ महिना नपुग्दै उहाँको मन्त्रालयसंग सम्बद्ध विकास निर्माणका योजनाहरु बाँके जिल्लामा शुरु हुन थालेका छन् । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनुभएका मन्त्री राईको निर्देशनमा यसअघि साउन १५ गते नेपालगञ्जको पुष्पलाल चोकदेखि कम्दीस्थित सिधनिया घाटको राप्तीनदीको पुलसम्मको सडकलाई फराकिलो पार्ने योजनाको टेण्डर आह्वान गरिएको थियो । सोही प्रकारले मन्त्री राईकै निर्देशनमा आइतवार पनि बाँकेको जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिएको छ । त्यसका साथै महेन्द्रराजमार्गको किरननाला–बनकटवा सेक्सनको सडकलाई पनि अस्फाल्ट ओभरले गर्ने योजनाको समेत टेण्डर आइतवारनै आह्वान गरिएको छ । रत्नराजमार्गको ज...
प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

प्लान नेपालको कर्णाली प्रदेशस्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो । प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे । त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाक...
कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

कतार च्यारेटिको सहयोगमा बाँके युनेस्कोद्धारा अपांगता भएकालाई तीन पांग्रे साइकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २८ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा रहेका अपाङ्गता भएका विपन्नहरु व्यक्तिहरुलाई तीन पांग्रे साइकल वितरण गरेको छ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर, कोहलपर नगरपालिका र खजुरा, डुडुवा तथा राप्तीसोनारी गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिलाई हिडडुल र आवागमनमा सहज होस भन्ने उदेश्यले तीन पांग्रे साइकल वितरण गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले विभिन्न कारणले खुट्टा गुमाएर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकाहलाई सहजताका लागि सो तीन पांग्रे साइकल वितरण गरिएको बताउनुभयो । नेपालगञ्जमा आयोजित एक अनौपचारिक समारोहका विच अपाङ्गता भएका व्यक्तिलाई कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक स...
कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन २७ । कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ । कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो । शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको समीक्षा गर्न संक्षिप्त बैठकको आयोजना गरेर राम्रो शिक्षा, स्वास्थ्य, पोषण र खाद्य सुरक्षाको लागि गरिब समूहहरू, कमजोर समुदायहरू र जातीय अल्पसंख्यकहरूको दिगो जीविकोपार्जन बढाउने कुरामा छलफल गरेको थियो । बैठकपछि सो टोलीले कतार च्यारिटीको सहयोगमा सञ्चालित कुखुरा पालन, किराना, रेस्टुरेन्ट, पावर टिलर, खानेपानी र सिचाईका लागि गरिएको बोरिंगको स्थलगत अनुगमन गरेको...
कतार च्यारिटीद्धारा बाँके युनेस्कोमार्फत विपन्न परिवारलाई मौरीपालनमा सहयोग

कतार च्यारिटीद्धारा बाँके युनेस्कोमार्फत विपन्न परिवारलाई मौरीपालनमा सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन २७ । बाँकेका विपन्न, जोखिममा परेका तथा सीमान्तकृत परिवारलाई मौरी पालनका लागि कतार च्यारिटीले बाँके युनेस्को क्लबमार्फत सहयोग गरेको छ । क्लबले जिविकोपार्जनका लागि मौरी पालन परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र खजुरा तथा डुडुवा गाउँपालिकाका ६ विपन्न परिवारलाई मौरी पालनका लागि विभिन्न सहयोग गरेको हो । हरेक परिवारलाई मौरी भरिएका ८–८ वटा घार र अन्य विभिन्न उपकरण प्रदान गरिएको थियो । एक अनौपचारिक समारोहका विच कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक ईरशाख शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले मौरी भरिएका घार र अन्य उपकरण वितरण गर्नुभयो । सो अवसरमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले कतार च्यारिटीले विपन्नहरुका लागि थुप्रै प...
बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा, केन्द्र र प्रदेश सरकारसंग राहात प्याकेज माग

बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा, केन्द्र र प्रदेश सरकारसंग राहात प्याकेज माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, साउन २७ गते । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाई लगायत पानीको अभावमा अन्य खेतीबारी समेत हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ । पानीको अभावमा खडेरी परेको ठहर गर्दै गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको हो । सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले यस पटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाई नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको बताउनुभयो । उहाँले केही किसानले बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको हुँदा किसान अतिनै समस्यामा परेको बताउनुभयो । चर्को गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको अभाव हँुदा सो पालिकालाई सुख...
फोहोर व्यवस्थापनमा सचेतना बढाउन बी ग्रुपले विशेष अभियान सञ्चालन गर्दै

फोहोर व्यवस्थापनमा सचेतना बढाउन बी ग्रुपले विशेष अभियान सञ्चालन गर्दै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २६ । वातावरण लगायत विभिन्न क्षेत्रमा काम गर्दै बाँकेको अग्रणी गैर सरकारी संस्था भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) ले फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने उदेश्यले विशेष अभियान सञ्चालन गर्न लागेको छ । फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने तथा जनचासोको दायरालाई फराकिलो पार्ने उदेश्यका साथ ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान सञ्चालन गर्न लागिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो । अभियान बारे जानकारी गराउन विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक सुनारले फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने सरसफाईकर्मीहरुको व्यक्तिगत तथा सामुहिक क्षमता अभिबृद्धिका लागि सहजीकरण गरिरहेको बताउनुभयो । सो का लागि संस्थाले विश्वका चिकित्सकहरु नामक अन्तराष्टिय गैर सरकारी...
बाँकेमा फेरी कोरोना संक्रमित बढ्दै्, सचेत रहन आग्रह, सक्रिय संक्रमित पुगे ८३ जना

बाँकेमा फेरी कोरोना संक्रमित बढ्दै्, सचेत रहन आग्रह, सक्रिय संक्रमित पुगे ८३ जना

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, साउन २६ गते । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार केही समयअघि सक्रिय संक्रमित संख्या शुन्यमा झरेको थियो । बाँकेमा हाल ८३ जना सक्रिय संक्रमित पुगेको र उहाँहरु सबै होम आइसोलेसनमा रहेर उपचार गराइरहनुभएको जिल्ला कोभिड व्यवस् बाँकेका कोरोेना फोकल पर्सन तेज वलीले बताउनुभयो । हाल दैनिक २० जनाभन्दा बढी संक्रमित थपिनेक्रम रहेको जनाउँदै परीक्षण गराउनेमध्ये अधिकांशलाई संक्रमण पुष्टि हुनेगरेको उहाँले बताउनुभयो । सो क्रममा बिहीबार मात्र बाँकेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालमा परीक्षण गराएका २३ जनामध्ये १६ जनामा र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरम...
मोहर्रमको अवसरमा भेरी अस्पतालका विरामीलाई फलफुल तथा पौष्टिक सामाग्री वितरण

मोहर्रमको अवसरमा भेरी अस्पतालका विरामीलाई फलफुल तथा पौष्टिक सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २५ । हिजरी सम्बत १४४४ मोहर्रमको अवसरमा मुस्लिम समुदायका युवाहरुको तर्फबाट नेपालगञजस्थित भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ। भेरी अस्पतालको जनरल वार्ड, जेष्ठ नागरिक वार्ड, इमर्जेन्सी र गाईनो वार्ड गरि १५० जना भन्दा बढी बिरामीलाई फलफुल, पानी, ग्लुकोज ड्राई फ्रुट, फ्रुटी लगायतका सामाग्री वितरण गरिएको वितरण गर्ने समुहका युवा शाहिल अन्सारीले बताउनुभयो। सो बितरण कार्यक्रममा भेरी अस्पताल बिकास समितिका सद्स्य कृष्ण प्रसाद श्रेष्ठ, समाजसेवी हाजी मोहम्म्द आसिफ अन्सारी, अधिकारकर्मी रचना श्रेष्ठ, युवा नेता इरफान अलि अरसद, विद्यार्थी नेता मोहम्मद सोएब अन्सारी, ईमरान जसगढ, अभियन्ता ईबरार खान, युवा नेता मोहम्म्द साजिद खान, अभियन्ता मोहम्मद असरफ सिद्दिकी अन्ना, युवा अभियन्ता समिर अलि बेहना, साबान शाह, नईम अन्सारी लगायतको उपस्थिति रहेको पनि अन्सारीले ...