२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

फोहोरमैला व्यवस्थापन र कबाड व्यवसायमा संलग्न कर्मचारीलाई टीडी खोप लगाउन शुरु

फोहोरमैला व्यवस्थापन र कबाड व्यवसायमा संलग्न कर्मचारीलाई टीडी खोप लगाउन शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ २८ । नेपालगञ्ज उपमहानगर भित्र फोहोर मैला संकलन तथा विसर्जन कार्यमा कार्यरत कर्मचारी तथा कबाड व्यवसायमा संलग्न कर्मचारीहरुलाई टी डी खोप लगाउन शुरु गरिएको छ । भेरी वातावरणीय विशिष्टता समुह बी ग्रुपद्धारा जीआइजेड नेपाल र एमडीएम फ्रान्सको सहकार्यमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उपमहानगरपालिकाको समन्वयमा मंगलवारबाट सो खोप लगाउन शुरु गरिएको हो । उक्त खोप लगाउने कार्य नेपालगञ्ज वडा नम्बर २ स्थित शहरी स्वास्थ्य केन्द्र, र वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, पासाङ्गलामु रोडमा शुरु गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो । उहाँका अनुसार भदौ २८ देखि ३० गतेसम्म तीन दिन लगातार दुबै स्थानमा सो खोप फोहोर मैला संकलन तथा विसर्जन कार्यमा कार्यरत कर्मचारी तथा कबाड व्यवसायमा संलग्न कर्मचारीहरुलाई लगाइने छ ।...
मणिराम खरालले सम्हाले नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

मणिराम खरालले सम्हाले नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, भदौ २८ । मणिराम खरालले नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रमुख प्रशासकिय अधिकृत खरालले मंगलबारदेखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्नु भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको थियो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको भूमिका निर्वाह गर्दै आउनु भएका भरत बस्नेत सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । पदवहाली भएसँगै खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनुभयो । कोरोनाको पहिलो चरणमा नरैनापुर गाँउपालिकामा ७ महिना प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निर्वाह गर्नु भएका खरालले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै अहिले सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा दोस्रो पटक आएको भन्दै गाँउपालिक...
बालअधिकार समिति र मानव बेचबिखनविरुद्ध समितिका पदाधिकारीलाई नीतिगत तालीम

बालअधिकार समिति र मानव बेचबिखनविरुद्ध समितिका पदाधिकारीलाई नीतिगत तालीम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो । सो तालीममा नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बाल अधिकार समिति र मानव बेचबिखनविरुद्ध समन्वय समितिका गरी १४ जना सहभागीहरुको सहभागिता रहेको थियो । तालीमको सहजीकरण आशीष वर्माले गर्नुभएको थियो । बेचबिखनको बढदो क्रमलाई मद्देनजर गरी युनेस्को क्लबले सन २०१९ देखि प्लान नेपालको साझेदारीमा उक्त परियोजना संचालन गर्दै आएको क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताउनु भयो । तालीममा मानव बेचबिखनको हालको अवस्था र यस संग सम्बन्धित निति नियमको बारेम...
मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २५ । सहरीकरणसंगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकोले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद ईश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँचवटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ । शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चौक, पुष्पलाल चौक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ । ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । जमुनाहादेखि कोहलपुरसम्मको रत्न ...
दसै नजिकिएसंगै नेपाली उपभोक्ता खरिदारीका लागि सीमापारी जाने क्रम बढ्दै

दसै नजिकिएसंगै नेपाली उपभोक्ता खरिदारीका लागि सीमापारी जाने क्रम बढ्दै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ २५ गते । हरेक वर्षझैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगन्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, सीमापारि रूपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो लाग्न थालिसकेको छ । दसैँ र तिहार नजिकिएसँगै गत केही दिन यता सीमापारि गएर किनमेल गर्नेहरू बढेको पाइएको छ । रुपैडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् । जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ । सधैँ जसो नेपाली उपभोक्ताले भरिने रुपैडिहामा चाडपर्व आउने भन्दा केही समयअघिबाट त थामिनसक्नु भिड हुने गरेको सीमापारिका व्यवसायीहरूले बत्ताउँछन् । अहिले दैनिक सयौँको सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आउने गरेको रुपैडिहाका व्यवसायी ओमकार वैश्य बताउनुभयो । उहाँले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाँउ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ताहरू आइर...
बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, भदौ २४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएसंगै निर्वाचनको माहोल देशभरि तातिंदै गएको छ । विशेषगरि भिआईपी सिटहरुमा निर्वाचनको चर्चा परिचर्चा चुलिएसंगै सर्वसाधारणले पनि आ आफ्नो तरिकाले हारजितको आंकडा लगाउने काम शुरु गरेका छन् । चियापसलदेखि लिएर विभिन्न सभा समारोहमा समेत चुनावी चर्चा भैरहेका छन् । वर्तमान सरकारमा अहिले बाँके जिल्लाबाट दुई जना प्रभावशाली नेताहरु मन्त्री छन् । दुबैजनाले राम्रो र महत्वपुर्ण मन्त्रालय पाएकाले उनिहरुले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ र २ अहिले सर्वाधिक चर्चामा छ । बाँके १ का संघीय सांसद, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा जनयुद्धका कमाण्डर महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ भने बाँके २ का संघीय सांसद, मधेश आन्दोलनका पश्चिम कमाण्डर तथा जनता समाजवादी पार्टीका ...
बच्चा चोर्ने समुह सक्रिय रहेको भन्ने हल्ला अफवाह मात्रै हो–बाँके प्रहरी प्रमुख अधिकारी

बच्चा चोर्ने समुह सक्रिय रहेको भन्ने हल्ला अफवाह मात्रै हो–बाँके प्रहरी प्रमुख अधिकारी

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २४ । केही दिनयता दिनहुँ बाँकेमा बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला चारैतिर फैलिएपछि बाँके प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला फैलिएपछि बाँकेबासीमा डरत्रास बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले अहिलेसम्म बाँकेमा त्यस्तो कुनै घटना नभएको र कुनै पनि बच्चा नहराएको बताउनुभयो । उहाँले सो सम्बन्धि सबै हल्लाहरु निराधार भएको र कसैले डर त्रास उत्पन्न गर्न फैलाएको बताउनुभयो । समाजमा डर त्रास उत्पन्न हुने कुनै पनि भिडियो र फा्ेटो सामाजिक सञ्जालमा नराख्न तथा कसैलाई नपठाउन आग्रह गर्दै उहाँले नमानेमा प्रहरीले कारवाही गर्ने बताउनुभयो । सो प्रकारको हल्लालाई बाँके प्रहरीले अत्यन्त गम्भीरता पूर्बक लिएको जनाउँदै सो बारेमा निकै सचेत समेत रहेको उहाँले बताउनुभयो । नगरमा ...
मदुवाघाट पुलमुनि कुनै अवैध उत्खनन् गरिएको छैन–निर्माण कम्पनी

मदुवाघाट पुलमुनि कुनै अवैध उत्खनन् गरिएको छैन–निर्माण कम्पनी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २४ । राप्तीसोनारी वडा न. ५ र २ को सिमानामा बग्ने राप्ती नदीको मदुवाघाटमा निर्माण पुरा हुन अन्तिम चरणमा रहेको पक्की पुल मुनि कुनै पनि अवैध उत्खनन् नगरिएको निर्माण कम्पनीले जनाएको छ । निर्धारित समय अवधी मैै ५५० मिटर लामो सो पक्की पुल निर्माण गरेको तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीले पुलमुनि कुनै पनि अवैध उत्खनन् नगरिएको प्रष्ट पार्दै खोला मिलाइएको र खोला मिलाउँदा निस्किएको नदीजन्य सामाग्री पुल किनारको दुबैतिरको भागमा प्रयोग गरिएको जनाएको छ । तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीका निर्देशक सुजित कुमार श्रेष्ठले पुलमुनि नदीको भागमा पानी सहज रुपमा बग्न दिन नदी च्यानालाइजेशन गरिएको र सो गर्दा त्यहाँबाट निस्किएको मेटेरियल सोही पुलको अप स्ट्रीम ५ सय मिटर र डाउन स्ट्रीम ५ सय मिटरमा प्रयोग गरिएको बताउनुभयो । उहाँले सो बारेमा पुल सेक्टर दांग लमहीस्थित कार्यालयले राप...
सय दिनको कार्यप्रगति विवरण प्रस्तुत गर्ने नेपालगञ्जको पहिलो वडा बन्यो वडा नम्बर चार

सय दिनको कार्यप्रगति विवरण प्रस्तुत गर्ने नेपालगञ्जको पहिलो वडा बन्यो वडा नम्बर चार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २२ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले जनताप्रति जवाफदेही भएको जनाउँदै आफु निर्वाचित भएको एक सय दिनको कार्य प्रगति विवरण सार्बजनिक गर्नु भएको छ। यसरी सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने बाँके जिल्लामानै उहाँ पहिलो जनप्रतिनिधी पनि बन्नु भएको छ । आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उहाँले आफु निर्वाचित भएर काम गर्न शुरु गरेको सय दिन पुरा भएको अवसरमा आफ्नो नेतृत्वमा गरिएको रचनात्मक कामलाई १६ बुँदामा लिपिबद्ध गरेर बुँदागत रुपमा सार्वजनिक गर्नुभयो । अध्यक्ष पुनद्धारा सार्वजनिक गरिएको उक्त कार्यविवरणमा विशेष गरेर शिक्षा, स्वास्थ्य, वृक्षारोपण, सरसफाई र विविध रहेका छन् । वडाअध्यक्ष पुनले आफ्नो नेतृत्वमा नेपालगन्ज ४ मा रहेको दुई वटा सामुदायिक बिद्यालय नेपालगन्ज कन्या मावि र अनाथालय गौसिया माध्यामिक बिद्यालयमा पाँच दिने बिद्या...
सुख्खाग्रस्त घोषित नरैनापुरलाई संकटग्रस्त घोषणा गरेर राहात दिन संघीय र प्रदेश सरकारसंग माग

सुख्खाग्रस्त घोषित नरैनापुरलाई संकटग्रस्त घोषणा गरेर राहात दिन संघीय र प्रदेश सरकारसंग माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २२ । स्थानीय सरकारद्धारा सुख्खा क्षेत्र घोषित नरैनापुर गाउँपालिकालाई जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ । १५ प्रतिशत मात्रै रोपाइँ भएको र त्यसमध्येपनि अधिकांश सुखेर नष्ट भैसकेको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो । समितिले प्रयाप्त सिचाँइ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोसे बालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाउँपालिकाले ...