६ माघ २०८२, सोमबार

मुख्य समाचार

विकासको काममा प्रतिष्पर्धा गर्न मन्त्री राईद्धारा प्रतिष्पर्धीलाई चुनौती, गृहनगरमा भव्य स्वागत सम्मान

विकासको काममा प्रतिष्पर्धा गर्न मन्त्री राईद्धारा प्रतिष्पर्धीलाई चुनौती, गृहनगरमा भव्य स्वागत सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईलाई शनिवार नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बकराईद मनाउन पहिलो पटक गृहनगर नेपालगञ्ज पुग्नु भएका मन्त्री राईलाई जनता समाजवादी पार्टीका सयौं नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । नेता कार्यकर्तासहित नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद ईश्तियाक अहमद शाह, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, राष्टिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरीका डीएसपी, नेपालगञ्ज विमानस्थलका प्रमुख लगायतले पनि विमानस्थलमा मन्त्रीको स्वागत गर्नुभयो । केही भारतीय नेताहरु पनि स्वागतका लागि विमानस्थल पुग्नु भएको थ...
तेस्रो पटक मन्त्री बन्नुभएका राई आज गृहनगर आउँदै, भव्य स्वागत गरिने

तेस्रो पटक मन्त्री बन्नुभएका राई आज गृहनगर आउँदै, भव्य स्वागत गरिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राई शनिवार आफ्नो गृहनगर नेपालगञ्ज आउँदै हुनुहुन्छ । उहाँ बकराईद मनाउन तथा जिल्लाका नेता कार्यकर्ताहरुसंग भेटघाटका लागि नेपालगञ्ज आउने कार्यक्रम रहेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृहनगर आउन लाग्नु भएका मन्त्री राईको शनिवार अपरान्ह नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरिने तथा बृहत्त जुलुसका साथ उहाँलाई नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले मन्त्री राई सवार हुने विमान ३ बजेर ४० मिनेटमा विमानस्थलमा पुग्ने कार्यक्रम रहेकोले जिल्लाका नेता कार्यकर्ताहरु स्वागतका लागि विमानस्थलतर्फ जान २ बजे पार्टी कार्यालयमा भेला हुने कार्यक्रम रहेको बताउनुभ...
सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २४ । नेपालगञ्ज मेडिकल कलेज र सशस्त्र प्रहरी अस्पताल विच सहुलियतमा सशस्त्र प्रहरीको उपचार गर्ने सम्झौता शुक्रवार सम्पन्न भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो । सशस्त्र प्रहरी अस्पतालले रिफर गरेका बहालवाला सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनको परिवारको सदस्यको उपचार नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा सहुलियतमा गर्ने गरि सम्झौता भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । उहाँले सशस्त्र प्रहरी अस्पताल नौबस्ताबाट रिफर भएर आएका सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनका परिवारलाई उपचारमा सहुलियत दिने गरि दुबै संस्थाविच सम्झौता भएको बताउनुभयो । यो सम्झौताले यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको उपचारमा सहजता हुनुका साथै उनिहरुको आर्थिक अवस्था हे...
बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकता – नवनियुक्त मन्त्री राई

बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकता – नवनियुक्त मन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, असार २२ । तेस्रो पटक मन्त्रीमा नियुक्त हुनु भएका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ । बाँके क्षेत्र नम्बर २ का संघिय सांसद रहुन भएका राईले तेस्रो पटक मन्त्रीमा नियुक्त भएपछि नेपालगञ्जपाटीसंग संक्षिप्त कुरा गर्दै सम्पुर्ण देश र बाँके जिल्लाकै विकासलाई महत्व दिएर काम गर्ने जनाउँदै तर बाँके क्षेत्र नम्बर २ को विकास प्रमुख प्राथमिकतामा रहने बताउनुभयो । उहाँले आफु यस अघि दुई पटक मन्त्री रहँदा पनि बाँके क्षेत्र नम्बर २ को विकासलाई विशेष ध्यान दिएर सबैभन्दा बढी बजेट ल्याउन सफल भएको जनाउँदै यस पटक पनि सो कुरालाई निरन्तरता दिने प्रतिवद्धता दोहोरयाउनुभयो । यस पटक आफुले विकासका लागि निकै महत्व राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएको जनाउँदै उहाँले समय कम...
सशस्त्र प्रहरीको एक्सनबाट नाकाका तस्करहरुमा खैलाबैला, करिब तीन लाखको अवैध छुर्पी बरामद

सशस्त्र प्रहरीको एक्सनबाट नाकाका तस्करहरुमा खैलाबैला, करिब तीन लाखको अवैध छुर्पी बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २२ । नाकाबाट हुँदै आएको अवैध आयात निर्यात रोक्न क्रियाशिल सशस्त्र प्रहरीको सक्रियताले नाकामा तस्करी गर्दै आएका साना ठुला तस्करहरुमा खैलाबैला मच्चिएको छ । सशस्त्र प्रहरीले गरिरहेको दिनरातको गस्ती र कडा निगरानीका कारण तस्करहरुले मनपरी तरिकाले राजस्व छलेर यताको सामान उता र उताको सामान यता ल्याउन नपाएपछि उनिहरुमा खैलाबैला मच्चिएको बताईएको छ । भारतबाट लाखौं लाखको राजस्व छलेर अवैध रुपमा ल्याइने गरेको कपडा, मोटरसाइकल र गाडीका पार्टपुर्जा, कास्मेटिक सामान लगायतको अवैध आयात तस्करले चाहे जस्तो गरेर हुन नपाएपछि उनिहरु आत्तिएको पाईएको छ । नाकामा लामो समयदेखि सक्रिय रहेका तस्करहरुले अवैध आयात र निर्यात दुबै गर्ने कार्य दिनदिनै गरेपनि अधिकांश सामान सशस्त्र प्रहरीले पक्राउ गरेपछि उनिहरु चिन्तित बनेका छन् । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी...
बाँके क्षेत्र नम्बर २ का सांसद ईश्तियाक राई तेस्रो पटक मन्त्रीमा सिफारिस, आजै सपथ ग्रहण

बाँके क्षेत्र नम्बर २ का सांसद ईश्तियाक राई तेस्रो पटक मन्त्रीमा सिफारिस, आजै सपथ ग्रहण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, असार २० । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा विकासप्रेमी युवा नेता मोहम्मद ईश्तियाक राई एक पटक पुनः मन्त्रीका लागि सिफारिस हुनु भएको छ । जनता समाजवादी पार्टीले आफ्नो पार्टीका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर राई लगायत तीन जनालाई मन्त्रीका लागि सिफारिस गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरि मन्त्री हेरफेर गर्ने बारे छलफल गरेर फर्किए लगत्तै तीन जना मन्त्रीको नाम लिस्ट लिएर बाँकेका सांसद राईले नै प्रधानमन्त्रीलाई बुझाएर आउनु भएको थियो । यसअघि दुई पटक मन्त्री भैसक्नु भएका राईले श्रम तथा यातायात र सहरी विकास मन्त्रालय चलाई सक्नु भएको छ । यस पटक उहाँलाई अतिनै महत्वपुर्ण मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ । यसैगरि सांसदहरु प्रदिप यादव र मृगेन्द्रसिंह यादवलाई पनि मन्त्रीमा सिफरिस गरिएक...
नेपालगञ्ज मेडिकल कलेजमा प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

नेपालगञ्ज मेडिकल कलेजमा प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार १७ । अबदेखि नेपालगञ्ज मेडिकल कलेजका नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा प्रहरीले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज लर्डबुद्ध एजुकेशनल एकेडेमी बीच मध्यपश्चिम प्रहरी अस्पतालबाट रिफर भएर आएका प्रहरी, पुर्व प्रहरी र उनका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पतालहरुमा रिफर भएर आएका वहालवाला र पुर्व प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत छुट दिने सम्झौता पत्रमा शुक्रवार हस्ताक्षर भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । यस्तै अन्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता समेत भएको उहाँले बताउनुभयो । सोही प्रक...
बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार १५ । बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापनका लागि १५ लाख बराबरको उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले ती पालिकाहरुलाई पाँच पाँच लाख बराबरको उद्धार सामाग्री हस्तान्तरण गरेको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख कार्यकारी अधिकृत बम बहादुर केसी, बारबर्दिया नगरपालिकाका मेयर छविलाल चौधरी, उपमयेर रत्न कुमारी पाण्डे र प्रमुख कार्यकारी अधिकृत महेन्द्रजंग शाही र राजापुर...
भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, असार १४ । बाँके बर्दिया लगायत पश्चिम नेपालमका पर्यटकीय स्थलमा भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जका पर्यटन व्यवसायीहरु पुनः सक्रिय भएका छन् । कोरोनाका कारण ओरालो लागेको पर्यटन व्यवसायलाई फेरी रफ्तार दिन बाँकेका व्यवसायीहरु क्रियाशिल भएका हुन् । सो क्रममा यहाँस्थित पाँच तारे होटेल सोल्टी वेष्ट्रन प्रिमियमले नेपालगञ्जमा नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयर आयोजना गरेर भारतीय पर्यटक आकर्षित गर्ने अभियान शुरु गरेको छ । सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन आयोजना गरिएको नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयरमा भारतको उत्तर प्रदेशका शहरहरु लखनउ, कानपुर, बनारस, रायबरेली, गोरखपुर लगायत बिभिन्न शहरका १९ जना ठुला पर्यटन व्यावसायीहरु सहभागी भएको आयोजक होटेल सोल्टी वेष्ट्रन प्रिमियमले जनाएको छ । भारतीय पर्यटन व्यावसायीहरुलाई नेपालगञ्ज र नेपालगञ्ज हुँदै पुग्न सकिने बाँके ...
खजुरा ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, १८२ ले स्वास्थ्य जाँच गराए

खजुरा ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, १८२ ले स्वास्थ्य जाँच गराए

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार खजुरा, असार ११ । खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा प्रतीक घिमिरे, डा श्याम शाह, डा एम डी आजान, डा राजेश यादव, डा मेघा मण्डल, डा राजीव मण्डल, डा अर्चना देवकोटा, डा आशिष भट्टराई लगायतको टीमले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियोे । खजुरा गाउँपालिकाको उढरापुर स्वास्थ्य चौकीमा भएको स्वास्थ्य चेकजाँच शिविरमा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि क, उपाध्यक्ष मन्जु मल्ल, स्थानीय नेता शरद पोखरेल र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्रशासनिक तर्फबाट केपी घिमिरेको उपस्थिति रहेको थियो । उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, सर्जरी, डेण्टल सम्बन्धि समस्या रहेका बिराम...