नेपालगञ्ज्पाटी समाचार
काठमाण्डौ, भदौ २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नु भएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नु भएको हो।
प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय मंगलबार बेलुका ५ः३० बजे ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुगेका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।
मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु खेलाउन सुरु गरीएको छ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच भएको थियो । उद्घा...
सिराज खान
नेपालगञ्ज, भदौ २० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको विकास निर्माण कार्यलाई तिव्र पार्नुभएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको दुई महिना नपुग्दै उहाँले बाँके जिल्लामा विकासका थुप्रै योजनाहरु ल्याउन सफल हुनुभएको छ ।
जमुनाहा राँझा सडक अस्फाल्ट निर्माणसंगै, रत्नराजमार्गको चार स्थानमा आकाशे पुल निर्माण, राप्ती नदीमा नयाँ पुल र कम्दी चोकको डुडुवा नदीमा पक्की पुल निर्माणको योजना शुरु हुने प्रक्रियामा रहेको छ ।
यी सबै योजना प्रक्रियामा रहेकै बेला सोमवार एकै दिन मन्त्री राईले बाँकेको डुडुवामा चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ ।
मन्त्री राईले सोमवार बाँकेको डुडुवा गाउँपालिकाका विभिन्न वडामा भएर बग्ने डुडुवा खोलामा ४ वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो ।
उहाँले डुडुवा १ टेपरीस्थित डुडुवा न...
समाचारदाता
नेपालगञ्ज, भदौ १९ । भेरी अस्पतालको प्रांगणमा रहेको ब्लड बैंकको भवन जिर्ण भएको र कोठा अभावले साघुरो भएकोले नयाँ तीन तले भवन निर्माणका लागि भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईले तीन करोड बजेट उपलब्ध गराउनु भएको छ ।
मन्त्री राईले सो कुराको जानकारी रेडक्रसको ६० औं स्थापना दिवसको अवसर पारेर ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा आइतवार गराउनुभयो ।
उहाँले पश्चिम नेपालका २४ जिल्लाका गम्भीर अवस्थाका बिरामीलाई रगत उपलध् गराउँदै आएको एक मात्र संस्था रक्तसञ्चार केन्द्रको भवनका लागि रेडक्रसका पदाधिकारीहरुले गरेको आग्रह अनुसार मन्त्रालयले सो रकम उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।
भेरी अस्पतालका अत्याधुनिक भवन निर्माण भैसकेकोले अब ब्लड बैंकको पनि नयाँ भवन बन्नुपर्छ भन्ने माग जायज रहेको जनाउँदै उहाँले ५ लाख रुपियाँ डीपीआरका लागि र २ करोड ९५ लाख रुपियाँ भवन निर्माणका लागि प्रदान...
समाचारदाता
नेपालगञ्ज, भदौ १९ । भेरी अस्पतालमा उपचार गराउन आएका विपन्न र गरिब बिरामीका आफन्तलाई रगतका लागि अबदेखि पैसा खर्च गर्नु नपर्ने भएको छ ।
चिकित्सकले रगत माग गरेको बेला उनिहरुले रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत पाउने भएका छन् ।
पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आइतबारदेखि निशुल्क रगत वितरण शुरु गरिएको छ ।
यसअघि रगत आवश्यक परेको बेला सट्टा रगतका साथै शुल्क लिएर मात्र रगत दिने गरिएको थियो ।
प्रदेश सरकारको निति अनुसार रेडक्रसको ६० औं स्थापना दिवस पारेर आइतवारदेखि निशुल्क रगत वितरण शुरु गरिएको रेडक्रस सोसाईटी बाँकेले जनाएको छ ।
भेरी अस्पतालको प्रांगणमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको भवनमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बारबर्दिया १ बर्दियाका कालि...
समाचारदाता
नरैनापुर, बाँके, भदौ १७ । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर शुक्रवार त्यहाँ पुग्नु भएको छ । उहाँले सो क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग विस्तृत रुपमा जानकारी लिनुभएको छ । अनुगमनको क्रममा मन्त्री प्रभाकरले गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अनुगमन गर्नुभयो । प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको छ ।
स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकाँश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो । सो समस्याका बारेमा मन्त्री परिषदको बैठकमा जानकारी गराउनुका साथै प्रधानमन्त्रीस...
समाचारदाता
नेपालगञ्ज, भदौ १७ गते । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित हुनु भएको थियो ।
यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट राम कुमार यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षित र बलरामयादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ । यसैगरी प्रदेश सभा १ क बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा १ ख बाट लालबहादुर शाह, जग बहादुर ओलीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभा २ क बाट भण्डारी लाल यादव र सर्वण यादव, प्रदेश सभा २ ख बाट दुर्गेश गुप्ता, राजन रानामगर, माजिद अलि शेख, र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर...
सिराज खान
नेपालगञ्ज, भदौ १७ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पुर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
उहाँले सोही अभियान अन्तर्गत अहिले एक पालिका एक खेल पुर्वाधार कार्यक्रम अन्तर्गत खेल पुर्वाधारको निर्माणलाई तिव्र पारिएको बताउनुभयो ।
बाँकेको राप्तीसोनारी ६ स्थित जनसिद्धेश्वर बहुमुखि पब्लिक क्याम्पसको दुई तले पक्की भवनको उदघाटन गर्दै मन्त्री अथकले खेल पुर्वाधार र सामाग्रीको अभावमा खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको र राम्ररी अभ्याससंगै प्रतियोगिता पनि नहुन सकेकोले पुर्वाधार निर्माणलाई विशेष ध्यान दिईएको बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा पहिलो पटक वर्तमान सरकारले अन्तराष्टिय पदक विजेता खेलाडीलाई एक करोडसम्म नगद पुरस्कार दिने व्यवस्था गरेको जनाउँदै सो निर्णयबाट खोलाडीमा एक प्रकारको नयाँ जोश र उत्साह थपिएको बताउनुभय...
समाचारदाता
नेपालगञ्ज, भदौ १६ । सुख्खाग्रस्त घोषित बाँकेको नरैनापुर गाँउपालिकाले डिप बोरिङ्ग र राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नोपल सरकारलाई ज्ञापन बुझाएको छ । नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभाका सांसद कृष्णा केसी नमुनाको विशेष उपस्थितिमा सो ज्ञापन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई विहिबार बुझाउनुभयो ।
सो ज्ञापनमा गतवर्षको बेमौशमी वर्षातका कारण भित्र्याउने अवस्थाको धानबालीको ठूलो नोक्सानी बेहोर्नु परेका नरैनापुरका किसानले लामो समयको खडेरीको कारण धान समेत रोप्न नपाएको अवस्थामा पालिकाको सबै वडाका किसानलाई सिचाईको सुविधा हुने गरी डिप बोरिङ्ग जडान गर्न र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
नरैनापुरमा खडेरीका कारण धान रोप्न साथै बर्षातमा लगाईने खेती समेत लगाउन नपाएको अवस्थामा आगामि दिनमा किसानले सुख्खा र खडेरी व्यहोर्न नपर्ने ग...
सिराज खान
नेपालगञ्ज, भदौ १६ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विहिबार बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा उहाँकै पहलमा निर्माण गरिएका तीन वटा विद्यालय भवनको उदघाटन गर्नु भएको छ ।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहनु भएका मन्त्री अथकले विहिबार विहान राप्तीसोनारी ६ कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा निर्माण गरिएको दुई कोठे पक्की भवनको उदघाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै २३ भन्दा बढी विद्यालयमा ९० भन्दा बढी पक्की कोठाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले क्षेत्र नम्बर १ का सबै विद्यालयलाई टीनको छानामुक्त बनाउने अभियानमा आफु लागेको बताउनुभयो ।
संघीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सो विद्यालय भवनको निर्माणपछि विद्यार्थिलाई पठन पाठन सहज हुने उक्त विद्यालयका प्रधानाध्यापक शेर बहादुर ...
समाचारदाता
नेपालगन्ज, भदौ १६ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहनु भएको थियो ।
कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई ...