नेपालगञ्जपाटी समाचार
नरैनापुर, बाँके, असार ११ । बाँके नरैनापुर गाउँपालिका क्षेत्रबाट राप्तीसोनारी लैजाँदै गरेको ३३ बोरा युरिया मल ईलाका प्रहरी कार्यालय नरैनापुरले बरामद गरेको छ ।
गएराति १०ः३० बजेको समयमा नरैनापुर गाउँपालिका वडा नं ४ बाट भे १ त ६६८७ को ट्याक्टरबाट राप्तीसोनारी गाउँपालिका वडा नं ४ तिर लैजाँदै गरेको अवस्थामा प्रहरीले मल बरामद गरेको जनाएको छ । नरैनापुर भारतीय सिमाना संग जोडिएकोले त्यस क्षेत्रबाट मल तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ३३ बोरा मल बरामद भएको हो ।
मल तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ठूलो परिमाणमा मल बरामद भएको हो ।
बरामद भएको मल र ट्याक्टर आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
सिराज खान
बहराईच (भारत), ९ असार । नेपाल भारतको खुला सीमानाका कारण मानव वेचविखन बढ्दै गएको ठहर गरेर आपसी समन्वयमा सो रोक्न दुबै देशका सम्बद्ध निकायहरु सहमत भएका छन् ।
मानव वेचविखन नियन्त्रणका लागि छलफल गरेर निष्कर्ष निकाल्न भारतको बहराईचमा बिहिबार आयोजना गरिएको बैठकमा दुवै देशका सम्बद्ध निकायहरु बिच सो सहमति बनेको हो ।
प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा भारतको देहात संस्थाको समन्वयमा आयोजित सो बैठकमा सहभागी दुबै देशका सुरक्षा अधिकारी, मानव वेचविखन विरुद्ध कार्यरत संघ संस्था र पत्रकारले मानव वेचविखन नियन्त्रणका लागि संयुक्त कार्यक्रम बनाएर एकताबद्ध भै काम गर्नु पर्नेमा विशेष जोड दिएका छन् ।
सो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागि हुनुभएका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले मानव वेचविखन नियन्त्रणका लागि दुबै देशका उच्च सुरक्षा अधिकारी बिच...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार ७ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक तथा पुर्व सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई लगायतले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने बाँके जिल्ला लगायतका १०४ जना हजयात्रीलाई मंगलवार विहान त्रिभुवन विमानस्थलमा बिदाइ गर्नु भएको छ । सो अवसरमा नेपाली काँग्रेसका युवा नेता गगन थापा र हज समितिका केन्द्रिय अध्यक्ष शमसेर मियाँ लगायत मुस्लिम अगुवाहरुको सहभागिता रहेको काठमाण्डौबाट हज समितिका पुर्व सदस्य तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जनाउनु भएको छ ।
मन्त्री अथक र पुर्वमन्त्रीले राईले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर शुभकामना प्रदान गर्दै हज सफलताको कामना गरेर बिदाइ गर्नुभयो । मंगलवार विहान मक्का मदिनाका लागि जोनहरुमा बा...
संघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र पदास्थापना सम्पन्न
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार ४ । होटल व्यवसायी संघ बाँकेका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका रंग बहादुर खड्कालाई एक औपचारिक कार्यक्रममा निर्वाचन अधिकृत बसन्त गौतमले सपथ ग्रहण गराउनु भयो भने अध्यक्ष खड्काले वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीसहित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो ।
यसअघि कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो भने विशिष्ठ अतिथिहरु बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, होटल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, निवर्तमान अध्यक्ष भिम कँडेल, पर्यटन प्रवर्धन मन्चका अध्यक्ष कृ...
लमही राजपुरका किसानलाई एकदिने तालिम प्रदान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ असार । कपास खेतीको विस्तारका लागि कपास विकास विकास समितिका नवनियुक्त अध्यक्ष हेमन्तराज काफ्ले अहिले आफै सक्रिय भएर किसानका खेतसम्म पुग्न थाल्नु भएको छ । कपास खेतीलाई पुरानै अवस्थामा पुरयाएर किसानलाई सम्पन्न बनाउने एक मात्र लक्ष्य र उदेश्यका साथ अध्यक्ष काफ्ले अहिले किसानका खेतसम्म पुगेर वास्तविक अवस्था बुझ्ने कार्यमा सक्रिय हुनुहुन्छ ।
सोही क्रममा दांगको लमही क्षेत्रमा समितिका प्राविधिकसहित पुगेर अध्यक्ष काफ्लेको टोलीले सो क्षेत्रका किसानका लागि एक दिने प्रविधि सम्बन्धि तालिमको पनि आयोजना गरेर किसानलाई तालिम प्रदान गरिएको छ ।
कपास बिकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा सम्पन्न भएको प्रविधि सम्बन्धि तालिम कार्यक्रम स्था...
सिराज खान
नेपालगञ्ज, असार १ । अत्याधिक गर्मी र लु त्यसमाथि अनियमित विद्युत । केही दिन यता बाँकेवासीको जिवन अतिनै कष्टकर छ । जिल्लाका अधिकांश वासिन्दाले विद्युत समस्या समाधान गर्न सम्बन्धित निकायमा हारगुहार गरिरहेका छन् ।
तर, उनिहरुको हारगुहार कसैले सुनेको देखिएको छैन । स्थानीय कर्मचारीलाई गुनासो गरेर थाकेपछि सर्वसाधारणले कुलमान घिसिंग समेतलाई गुहारेका छन् । घिसिंगले पनि आश्वासन बाहेक अहिलेसम्म यहाँका लागि केही गरेको देखिएको छैन ।
यसैविच सो समस्या समाधान नभएपछि राजनितिक दलहरु जनताको पक्षमा सक्रिय हुन थालेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस बाँके सो का लागि अगाडी आएको छ ।
प्रचण्ड गर्मी र लु का विच विगत केही समयदेखी चर्किंदै गएको बिद्युत आपुर्तिको समस्या तत्काल समाधान गराउन माग गर्दै नेपाली काँग्रेस बाँकेले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेसका केन्द्...
नेपालगञ्ज, असार १ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिफ्टा सिंचाई आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समसम्म परियोजनाले गति लिन नसकेको पाइएको छ । आर्थिक वर्ष २०६०।६१ बाट सुरु भएको उक्त आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको आयोजना निर्देशक डा सन्तोष कैनी बताउनुहुन्छ ।
लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित सिफ्टा सिंचाइ आयोजना अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलब्ध गराउन यो आयोजनाको निर्माण गरिएको हो । यस आयोजनाको पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ ह...
नेपालगञ्जपाटी डेस्क
नेपालगञ्ज, ३१ जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुग्नुभएको छ । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीनुभएका मन्त्री अथक दुबई हुँदै मंगलवार बिहान रुसको राजधानी मस्को पुग्नुभएको हो ।
मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एन.आर.एन. का प्रतिनिधिले स्वागत गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा रुस पुग्नुभएका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो ।
पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन ग...
सिराज खान
नेपालगञ्ज, जेठ ३० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन आगामी मंसिरको पहिलो सातामा हुने बताउनु भएको छ ।
बर्दियाको बारबर्दिया ११ बेलभारमा सोमबार प्रेस सेन्टर नेपाल बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचन मंसिरमै हुने करिब करिब निश्चित भैसकेको जनाउँदै त्यसमा कुनै पनि आशंका नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले यसअघि पनि निर्वाचन हुँदैन भन्ने हो हल्ला स्मरण गर्नुहुँदै स्थानीय तहको निर्वाचन समयमै सफलतापूर्वक सम्पन्न भएकाले त्यस्तो हल्ला गर्नेहरु ठेगान लागेको बताउनुभयो ।
निर्वाचनलाई एक चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्ने विषयमा छलफल चलिरहे पनि आफूहरुले एकै चरणमा गर्ने कुरामा जोड दिएको उहाँको भनाइ छ । तर, सुरक्षाका कारणले दुई चरणमा गर्ने कुरालाई पनि आफूहरुले ध्यान दिने उहाँले बताउनुभयो ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ २७ । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।
पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो ।
होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो ।
यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, जी नेपाल टीभिका प्रबन्ध निर्देशक आषिस गुप्ता र महिला पत्रकार ...