अत्याधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजिवन अस्तव्यस्त
नेपालगञ्ज र खजुरामा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय
सिराज खान
नेपालगञ्ज, जेठ २६ गते । बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
अत्याधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कनेको सङ्ख्यामा कमी आएको छ । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् ।
अत्याधिक गर्मी र तातो हावा ‘लु’का कारण घरबाट बाहिर निस्कने वित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् ।
असाह्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालयहरु समेत प्रभावित भएका छन् । गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्र...









