२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

कतार च्यारिटीद्धारा बाँके युनेस्कोमार्फत विपन्न परिवारलाई मौरीपालनमा सहयोग

कतार च्यारिटीद्धारा बाँके युनेस्कोमार्फत विपन्न परिवारलाई मौरीपालनमा सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन २७ । बाँकेका विपन्न, जोखिममा परेका तथा सीमान्तकृत परिवारलाई मौरी पालनका लागि कतार च्यारिटीले बाँके युनेस्को क्लबमार्फत सहयोग गरेको छ । क्लबले जिविकोपार्जनका लागि मौरी पालन परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र खजुरा तथा डुडुवा गाउँपालिकाका ६ विपन्न परिवारलाई मौरी पालनका लागि विभिन्न सहयोग गरेको हो । हरेक परिवारलाई मौरी भरिएका ८–८ वटा घार र अन्य विभिन्न उपकरण प्रदान गरिएको थियो । एक अनौपचारिक समारोहका विच कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक ईरशाख शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले मौरी भरिएका घार र अन्य उपकरण वितरण गर्नुभयो । सो अवसरमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले कतार च्यारिटीले विपन्नहरुका लागि थुप्रै प...
बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा, केन्द्र र प्रदेश सरकारसंग राहात प्याकेज माग

बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा, केन्द्र र प्रदेश सरकारसंग राहात प्याकेज माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, साउन २७ गते । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाई लगायत पानीको अभावमा अन्य खेतीबारी समेत हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ । पानीको अभावमा खडेरी परेको ठहर गर्दै गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको हो । सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले यस पटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाई नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको बताउनुभयो । उहाँले केही किसानले बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको हुँदा किसान अतिनै समस्यामा परेको बताउनुभयो । चर्को गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको अभाव हँुदा सो पालिकालाई सुख...
फोहोर व्यवस्थापनमा सचेतना बढाउन बी ग्रुपले विशेष अभियान सञ्चालन गर्दै

फोहोर व्यवस्थापनमा सचेतना बढाउन बी ग्रुपले विशेष अभियान सञ्चालन गर्दै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २६ । वातावरण लगायत विभिन्न क्षेत्रमा काम गर्दै बाँकेको अग्रणी गैर सरकारी संस्था भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) ले फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने उदेश्यले विशेष अभियान सञ्चालन गर्न लागेको छ । फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने तथा जनचासोको दायरालाई फराकिलो पार्ने उदेश्यका साथ ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान सञ्चालन गर्न लागिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो । अभियान बारे जानकारी गराउन विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक सुनारले फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने सरसफाईकर्मीहरुको व्यक्तिगत तथा सामुहिक क्षमता अभिबृद्धिका लागि सहजीकरण गरिरहेको बताउनुभयो । सो का लागि संस्थाले विश्वका चिकित्सकहरु नामक अन्तराष्टिय गैर सरकारी...
बाँकेमा फेरी कोरोना संक्रमित बढ्दै्, सचेत रहन आग्रह, सक्रिय संक्रमित पुगे ८३ जना

बाँकेमा फेरी कोरोना संक्रमित बढ्दै्, सचेत रहन आग्रह, सक्रिय संक्रमित पुगे ८३ जना

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, साउन २६ गते । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार केही समयअघि सक्रिय संक्रमित संख्या शुन्यमा झरेको थियो । बाँकेमा हाल ८३ जना सक्रिय संक्रमित पुगेको र उहाँहरु सबै होम आइसोलेसनमा रहेर उपचार गराइरहनुभएको जिल्ला कोभिड व्यवस् बाँकेका कोरोेना फोकल पर्सन तेज वलीले बताउनुभयो । हाल दैनिक २० जनाभन्दा बढी संक्रमित थपिनेक्रम रहेको जनाउँदै परीक्षण गराउनेमध्ये अधिकांशलाई संक्रमण पुष्टि हुनेगरेको उहाँले बताउनुभयो । सो क्रममा बिहीबार मात्र बाँकेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालमा परीक्षण गराएका २३ जनामध्ये १६ जनामा र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरम...
मोहर्रमको अवसरमा भेरी अस्पतालका विरामीलाई फलफुल तथा पौष्टिक सामाग्री वितरण

मोहर्रमको अवसरमा भेरी अस्पतालका विरामीलाई फलफुल तथा पौष्टिक सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २५ । हिजरी सम्बत १४४४ मोहर्रमको अवसरमा मुस्लिम समुदायका युवाहरुको तर्फबाट नेपालगञजस्थित भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ। भेरी अस्पतालको जनरल वार्ड, जेष्ठ नागरिक वार्ड, इमर्जेन्सी र गाईनो वार्ड गरि १५० जना भन्दा बढी बिरामीलाई फलफुल, पानी, ग्लुकोज ड्राई फ्रुट, फ्रुटी लगायतका सामाग्री वितरण गरिएको वितरण गर्ने समुहका युवा शाहिल अन्सारीले बताउनुभयो। सो बितरण कार्यक्रममा भेरी अस्पताल बिकास समितिका सद्स्य कृष्ण प्रसाद श्रेष्ठ, समाजसेवी हाजी मोहम्म्द आसिफ अन्सारी, अधिकारकर्मी रचना श्रेष्ठ, युवा नेता इरफान अलि अरसद, विद्यार्थी नेता मोहम्मद सोएब अन्सारी, ईमरान जसगढ, अभियन्ता ईबरार खान, युवा नेता मोहम्म्द साजिद खान, अभियन्ता मोहम्मद असरफ सिद्दिकी अन्ना, युवा अभियन्ता समिर अलि बेहना, साबान शाह, नईम अन्सारी लगायतको उपस्थिति रहेको पनि अन्सारीले ...
तस्करी विरुद्ध सशस्त्र प्रहरीको कडा अभियान, ६० लाखको अवैध सामान नियन्त्रणमा

तस्करी विरुद्ध सशस्त्र प्रहरीको कडा अभियान, ६० लाखको अवैध सामान नियन्त्रणमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, साउन २५ । सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न कडा रुपमा प्रस्तुत भैरहेको सशस्त्र प्र्रहरीले एकै पटकमा ६० लाख रुपियाँको अवैध सामान बरामद गर्न सफल भएको छ । गत केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको थियो । सोही अभियान अन्तर्गत सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको नेतृत्वमा खटिएको ७ जनाको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामान बरामद गरेको हो । भे १ ख ३५८८ नम्बर को ट्रकलाई शंका लागेर जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरीका एसपी जनक बस्नेतले बताउनुभयो । सीमापारी भारतबाट ल्याएर भन्सार राजस्व छलेर सुर्खेत लैजाँदै गरेको अवस्थाम...
मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २५ गते । ईस्लामिक नयाँ वर्ष हिजरी सम्वतको शुरुवातसंगै १० दिनसम्म मनाइने मोहर्रम बाँकेमा शान्तिपुर्ण रुपमा धामिर्क सदभाव र सामाजिक एकताका साथ सम्पन्न भएको छ । १० दिनसम्म बाँकेको नेपालगञ्ज लगायत विभिन्न ठाउँमा भव्य रुपमा दैनिक विभिन्न कार्यक्रम, जुलुस र सभा गरेर मोहर्रम सम्पन्न गरिएको हो । अन्तिम दिन दस तारिखमा भव्य जुलुससहित स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरिएको थियो । मोहर्रमलाई शान्तिपुर्ण, धामिर्क सदभाव, सामाजिक एकता र भाइचारका साथ सम्पन्न गर्न दस दिनसम्म अहोरात्र खटिने तथा सहयोग गर्ने विभिन्न धर्म समुदायका अगुवा, प्रहरी प्रशासनका प्रमुख, धार्मिक सदभाव समितिका पदाधिकारी, पत्रकारहरु र अन्य सामाजिक व्यक्तित्वलाई नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जले सम्मान गरेको छ । नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जका अध्यक्ष मेराज अहमद हिमालयका अनुसार ...
नरैनापुरको विकास र समृद्धिकालागि मिलेर काम गर्ने अध्यक्ष शाह र मन्त्री अथकको प्रतिवद्धता

नरैनापुरको विकास र समृद्धिकालागि मिलेर काम गर्ने अध्यक्ष शाह र मन्त्री अथकको प्रतिवद्धता

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, साउन २५ । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ लाई भेटेर गाउँपालिकाको विकास निर्माण बारे छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको दुबै नेताको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडकसंग जोडनका लागि बजेट व्यवस्था गरिदिन माग गर्नुभयो । समृद्धिका लागि सडक अपरिहार्य भएको जनाउँदै उहाँले नरैनापुरका अधिकांश ग्रामिण र दुर्गम क्षेत्र अझै पनि सडकविहिन रहेको अध्यक्ष शाहले गुनासो गर्नुभयो । अध्यक्ष शाहको कुरा सुनेर मन्त्री अथकले गाउँपालिकाको सडक मात्र नभएर स्वास्थ्यका लागि खेलकुदको लागि समेत बजेट व्यवस्था गर्न लागेको आश्वासन दिनुभयो । नरैनापुर जस्तो बिकट ठाउँका लागि आफुले सक्ने सहयोग गर्ने मन्त्री अथकले सो अवसरमा बताउनुभयो । बाँकेका प्रमु...
बाँकेका चार पालिकाका अति विपन्न परिवारलाई आयआर्जनकालागि चल्ला वितरण

बाँकेका चार पालिकाका अति विपन्न परिवारलाई आयआर्जनकालागि चल्ला वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, साउन २४ गते । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकाका अति विपन्न र समस्यामा परेका परिवारलाई कुखुरा पालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरेको छ । क्लबले उनिहरुको जीवनस्तर उकासेर आर्थिक रुपमा सक्षम बनाउन कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको जिविकापार्जनका लागि कुखुरा पालन परियोजना अन्तर्गत ती चल्ला र अन्य सामाग्री वितरण गरिएको हो । सो परियोजना अन्तर्गत बाँकेका खजुरा र राप्तीसोनारी गाउँपालिका तथा कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका १५ जना अति विपन्न परिवारको छनोट गरेर उनिहरुलाई सो सहयोग गरिएको हो । कुखुरापालनबाट आयआर्जन गरेर आफ्नो परिवारको पेट पाल्नुका साथै छोरा छोरीलाई शिक्षा लगायत पोषिलो खाने कुराको समेत व्यवस्था गराउने उदेश्यले यो परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बत...
नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, साउन २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिनुभएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक गर्ने बताउनुभयो । मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्ता...