५ माघ २०८२, आईतवार

मुख्य समाचार

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर सवारी चालक परिक्षा दिने योगी पक्राउ

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर सवारी चालक परिक्षा दिने योगी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, बैशाख ७ । यातायात व्यवस्था कार्यालय बाँकेबाट लिईएको मोटरसाईकलको प्रयोगात्मक परिक्षामा सहभागि एकजना परिक्षार्थिले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर परिक्षा दिई पास गरेको पाईएकोले ती व्यक्तिलाई पक्राउ गरेर कारवाही अगाडी बढाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहका अनुसार मोटरसाईकलको चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षामा जिल्ला जुम्ला तिला गाउँ पालिका ४ बस्ने गोरेनाथ योगोको छोरा बर्ष १९ को कमलनाथ योगीले हुम्ला गाउँ पालिका वडा नं २ बस्ने देबमणी जैसीको छोरा बर्ष २२ को पुन्न लाल जैसीको नेपाली नागरीकताको प्रमाण पत्रमा आफ्नो फोटा टाँस गरी परिक्षामा सहभागी हन आएको हुदा निजलाई पक्राउ गरिएको बताउनुभयो । योगीलाई पक्राउ गरेर थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको पनि...
माओवादीद्धारा कोहलपुरमा एक्लै चुनाव लड्ने निर्णय, बाँकेमा गठबन्धनको संभावना समाप्त

माओवादीद्धारा कोहलपुरमा एक्लै चुनाव लड्ने निर्णय, बाँकेमा गठबन्धनको संभावना समाप्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ७ । नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुर कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुविच गठबन्धनको संभावना करिब करिब समाप्त भएको छ । नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने निश्चित जस्तै देखिएको छ । काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्ज लगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचार प्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ । सत्ता साझेदार दलविच केन्द्रमा गठबन्धको कुरा चलि रहदा कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए । जसका लागी माओवादी केन्द्र...
पुर्वमन्त्री राईद्धारा धम्बोझी उच्च माविमा चार कोठे भवनको शिलन्यास

पुर्वमन्त्री राईद्धारा धम्बोझी उच्च माविमा चार कोठे भवनको शिलन्यास

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले धम्बोझी उच्च माविलाई जिल्लाकै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले गर्न चाहेमा सरकारी विद्यालयले पनि निजि भन्दा राम्रो नतिजा दिनसक्छ भन्ने कुरा यो विद्यालयले प्रमाणित गरिदिएको बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा निर्माण गर्न लागिएको चार कोठे भवनको आइतवार शिलन्यास गर्दै पुर्वमन्त्री राईले सो बताउनुभएको हो । उहाँले नेपालगञ्जकै सबैभन्दा उत्कृष्ट सरकारी विद्यालयको रुपमा रहेको यो विद्यालयमा कक्षा कोठा निर्माण र शिक्षक दरबन्दी बढाउन तीनवटै तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विगतमा आफ्नो संसदीय कोषबाट यस विद्यालयलाई ५० लाख रुपियाँ प्रदान गरेको जनाउँदै भविष्यमा पनि सहयोग गरिराख्ने बताउनुभयो । सो अवसरमा विद्यालयको अव...
माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरको तेस्रो विस्तारित बैठक सम्पन्न

माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरको तेस्रो विस्तारित बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ३ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको तेस्रो बिस्तारीक बैठक सम्पन्न गरेको छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै भएको उक्त बैठकमा विभिन्न एजेन्डा माथि छलफल भएको नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभएको छ। बिशेष गरि बैशाख ३० गते हुने स्थानीय चुनाव लक्षित पाटीका उम्मेदवार छनौट, आर्थिक व्यवस्थापन र बिशेष गरि सत्ता साझेदारी दल संग चुनावी गढबन्धनका बिषयमा छलफल भएको थियो । कार्यक्रम ३ वटा कमान्ड इन्चार्जहरुले आफ्नो कमान्डको रिपोर्टिङ गर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाअध्यक्ष रतन बहादुर शाहीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश कमिटी सह सचिव एवम युवा ...
नेपाल परिवार दलद्धारा विरेन्द्रनगरमा एक्लै चुनाब लडेने निर्णय

नेपाल परिवार दलद्धारा विरेन्द्रनगरमा एक्लै चुनाब लडेने निर्णय

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ३ । नेपाल परिवार दलले सुर्खेतको बिरेन्नद्र्नगरमा एमालेसंग सहमति गरेर तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि विवाद भएकोले बिरेन्द्रनगर नगरपालिकामा एक्लै चुनाब लड्ने निर्णय गरेको छ । नेकपा एमाले र नेपाल परिवार दल बिच स्थानिय तहको निर्बाचनमा तालमेल गरेर जाने सहमति भएसगेै सुर्खेतको बिरेन्नदरनगरमा एमालेले विवाद गरेर परिवार दलको माग नमान्दा बिरेन्द्रनगर नगर पालिकामा एक्लै निर्वाचन लड्ने निर्णयमा पुगेको नेपाल परिवार दलका जिल्ला सचिव दिनेश काफ्लेले बताउनुभयो । उहाँले वडा न ९ बाट नेपाल परिवार दलले एमालेसंगको गठबन्धन तोड्दै एक्ला एक्लै आफ्नो चुनाव चिन्ह लिइ लड्ने निर्णय भएको बताउनुभयो । जिल्ला कमिटिका सह सचिव दिनेस काफ्लेका अनुसार सो छेत्रमा नेपाल परिवार दलका झन्डै ३०० संगठित सदस्य रहेका छन् ।...
पुर्वमन्त्री ईश्तियाक राईद्धारा अक्रामक प्रचार रणनिति तयार

पुर्वमन्त्री ईश्तियाक राईद्धारा अक्रामक प्रचार रणनिति तयार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जमा एकैदिन चार वडा प्रचार कार्यालयको उदघाटन नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उपमहानगरसहित बाँकेका चारवटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको जनता समाजवादी पार्टीले प्र्रचार प्रसारलाई तिव्र पारेको छ । नेपाली काँग्रेस, माओवादी र एमाले लगायतका दलहरु उम्मेदवार छनोटमै व्यस्त रहेको बेला जसपाले वडा वडामा गएर भेला मार्फत प्रचार प्रसार कार्यालयहरु खोलेर जनसम्पर्कलाई तिव्र पारिसकेको छ । जसपाका केन्द्रिय नेता बाँके क्षेत्र नम्बर २ का संघीय सांसद र पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले तयार पार्नु भएको अक्रामक निर्वाचन रणनितिलाई सिंगो जिल्ला पार्टीले आत्मसात गरेर टोलटोलमा छिर्न थालेका छन् । पुर्वमन्त्री राईले तयार पार्नुभएको अक्रामक प्रचार रणनिति अनुसारनै जिल्लामा जसपाले प्रचार अभियानलाई अगाडी बढाएको छ । अन्य दलहरु उम्मेदवार कसलाई बनाउने भन्ने कसरतमा व्यस्त रहेको, न...
कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ एकको मृत्यु

कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ एकको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख ३ । बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाईते भएका छन् । कोहलपुर– २ सालको बुँटामा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ओभरटेक गर्ने क्रममा ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले बताउनुभयो ।...
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई रिक्सा चालकहरुलाई एक महिने प्रशिक्षण दिंदै

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई रिक्सा चालकहरुलाई एक महिने प्रशिक्षण दिंदै

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २ । बाँके जिल्लामा संचालनमा रहेका ई रिक्सा चालकहरुका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपाल ई रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण कार्यक्रम नेपालगंज उप महानगर पालिका वडा नं १० स्थित ई रिक्सा व्यबस्थापन प्रालिको हलमा संचालन भैरहेको छ । सो प्रशिक्षण कार्यक्रममा ई रिक्सा चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारणहरु, लेन अनुसाशन, ई रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जनाउनु भयो । प्रशिक्षणबाट चालकहरुले ट्राफिक नियम...
पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, बैशाख १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले अहिले शुरु भएको यो नयाँ वर्षमा देश र जिल्लाले विकासमा फड्को मारोस, सामाजिक र धार्मिक सदभाव कायम रहोस, सबैले रोजगारी र काम पाउन भन्दै त्यसका लागि सबै युवाले सचेत भएर लाग्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । जेसीआई नेपालगञ्ज लगायतका संघसंस्थाले विहिबार नेपालगञ्जको हडियाबाबाको प्रांगणमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री राईले अहिलेका कलिला युवा भोलीका कर्णधार भएको बताउँदै उहाँहरुनै भोली देश हाक्ने महत्वपुर्ण ठाउँहरुमा पुग्नु पर्ने शुभकामना पनि दिनुभयो । उहाँले मानवीय जिवनका लागि अतिनै महत्वपुर्ण मानिएको बृक्षारोपणमा प्रमुख अतिथि बनाएकोमा आभार प्रकट गर्दै नेपालगञ्जका हरित अभियानकर्ता हेमन्तराज काफ्लेको अभि...
दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख १ गते । गत आइतवार राती सडकको छेउमा हिडिरहेका तीन जना पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारवाही र क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले यहाँ आन्दोलन शुरु गरेका छन् । सो घट्नामा मारिएका दुई नाबालकसहित तीन जनाका आफन्तले विहिबार साढे १० बजेदेखि नेपालगञ्जको विपी चोकमा टायर बालेर नाराबाजी गर्दै चक्काजाम गरेका छन् । सुनसान सडकको छेउमा हिडिरहेकालाई पछाडीबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लगाउँदै कार चालकलाई कडा भन्दा कडा सजाय र क्षतिपुर्तिको माग गरेर विरोध प्रदर्शन गरिएको मृतकका आफन्त राजा ईद्रिसीले बताउनुभयो । उहाँले कार चालकलाई हदैसम्मको सजाय र क्षतिपुर्तिको ग्यारेन्टी नभएसम्म विरोध प्रदर्शन र चक्काजाम जारी रहने बताउनुभयो । गत आइतवार राती ११ः३८ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको धम्बोझीतर्फबाट अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सडकको छेउ...