४ माघ २०८२, शनिबार

मुख्य समाचार

कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

कर्मचारी संक्रमित हुँदा जिल्ला प्रशासन अनिश्चितकालका लागि बन्द

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १० । जिल्ला प्रशासन कार्यालय बाँकेका केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको र अधिकांशमा कोभिडका लक्षण देखिएकोले सो कार्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सोमवार अपरान्ह एक सुचना जारी गरेर जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण पुष्टि भएको र धेरैलाई लक्षण देखिएकोले अर्को सुचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको जनाउनु भएको छ । सुचनामा शान्ति सुरक्षा र अतिआवश्यक मुद्दाका काम जारी रहने जनाउँदै ती कामका लागि आउनेहरुले खोप लगाएको कार्ड लिएर आउन तथा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नु पर्ने पनि उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा अत्याधिक भिडभाड हुने गरेकोमा कार्यालयलाई जारी राखेमा यसै कार्यालयबाट सर्वसाधारणमा संक्रमण फैलिने सम्भावना रहेकोले कार्या...
बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १० । बाँके प्रहरीलाई सोमवार फेरी एउटा ठुलो सफलता प्राप्त भएको छ । लागु औषध नियन्त्रणमा विशेष रुपमा सक्रिय रहेको प्रहरीले सोमवार ठुलो परिमाणमा नेपालगञ्जबाट ३० ग्राम ब्राउनसुगरसहित करिब २ लाख रुपियाँ बरामद गर्दै तीन जना तस्करलाई पनि पक्राउ गर्न समेत सफल भएको छ । पक्राउ परेकाहरु लागु औषको कारोबारमा लामो समयदेखि संलग्न रहेको र उनिहरुले सीमापारीबाट लागु औषध ब्राउन सुगर भित्रयाएर बाँके लगायत अन्य जिल्लामा समेत पठाउने गरेको बुझिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार सोमवार दिउँसो साढे १ बजे सिमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा रहेको लागू औषध व्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको टोलीले नेपालगञ्ज १७ स्थित चौलिका चोकदेखि पश्चिमतर्फबाट ३...
दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला

दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
एएफपी नेपालगन्ज, माघ १० । कहिले काँही निकै आश्चार्यजनक समाचार सुन्न र देख्न पाइन्छ । सोही प्रकारको एक समाचार नेदरल्याण्डबाट आएको छ । प्राप्त समाचार अनुसार दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन् । ११ घण्टाको हवाई यात्रा त्यो पनि विमानको बाहिरी भाग अघिल्लो पाङ्ग्रामा लुकेर बसेका व्यक्ति जिवितै भेटिनु एक आश्चार्य नै हो । आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन् । विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई आश्चर्यजनक मानिएको छ । डच प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार एजेन्सी एएफपीसँग भनेकी छन्, ‘विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका ...
प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी इन्स्पेक्टर सुरज खत्री रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, माघ १० । ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीमा कार्यरत प्रहरी इन्स्पेक्टर सुरज खत्री पुस महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । उहाँ केही समय अगाडी जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत कार्यरत रहनु भएको थियो । बाँकेमा रहँदा समेत उहाँले उत्कृष्ट कार्य गर्नु भएको थियो । सुचना प्रवाहसंगै जनसम्पर्क र अपराध अनुसन्धान र नियनत्रणमा उहाँले बाँकेका उत्कृष्ट कार्य गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर खत्रीसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उहाँहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो । इन्स्पेक्टर खत्रीसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी क...
रुपैडिया—कोहलपुर रेल लिकको निर्माण प्रक्रिया अलपत्र, भारतले सर्वे प्रतिवेदन बुझाएन

रुपैडिया—कोहलपुर रेल लिकको निर्माण प्रक्रिया अलपत्र, भारतले सर्वे प्रतिवेदन बुझाएन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
ठाकुरसिंह थारु नेपालगन्ज, माघ १० । भारतीय पक्षले नेपालगन्जको सीमासंग जोडिएको रुपैडिया बजारस्थित नेपालगन्ज रोड हुँदै कोहलपुरसम्म रेल सन्चालनका लागि गरेको सर्बे प्रतिबेदन नेपाल सरकारलाई नबुझँदा निमार्णको काम रोकिएको छ । रेल सन्चालन सर्बेको काम भारतीय नार्थ स्टेट रेलवे विभागले तीन वर्षअघि गरेको थियो । उसले नेपालगन्ज रोडदेखि कोहलपुरसम्मरेल सन्चालनका लागि लिकको रेखांकन समेत गरिसकेको छ । तर प्रतिबेदन भने नेपाल सरकारलाई बुझाइएको छैन । नेपाल रेल विभागका प्रवक्ता अमन चित्रकारले नेपाल—भारत सरकारको सहमतिमा नेपालगन्ज—कोहलपुर रेल सन्चालनका लागि सन २०१७ मा सर्बे गरिएको बताए । ‘रेलको लिकको सर्बेका लागि भारतीय पक्ष, हामी र जिल्ला प्रशासन कार्यालय बाँके, मालपोत, नापी, वनका अधिकारीहरुसंग छलफल गरेका थियौँ । रेलको लिक रेखाकंन गरिएको सुनिएको छ,’ उनले भने,‘तर सर्बेको प्रतिबेदन नेपाल सरकारलाई बुझाइएको छैन । जसक...
जन्मदै मलद्धार नभएका बालकको शल्यक्रियाका लागि आर्थिक समस्या, सहयोगको आग्रह

जन्मदै मलद्धार नभएका बालकको शल्यक्रियाका लागि आर्थिक समस्या, सहयोगको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, माघ ९ । जन्मदै मलद्वार नभएको बर्दिया मधुवन नगरपालिका वार्ड नं ४ ढोढरी गाउँका २६ महिने प्रिन्स थारुको उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अभावकै कारण परिवारले उनको उपचार गराउन सकेका छैनन । बालकका बुबा श्रीराम चौधरीका अनुसार छोराको उपचारमा हालसम्म ६ लाख खर्च भैसकेको जनाए । उनका अनुसार साना किसान सहकारी संस्थाबाट ४ लाख बिस्वासिलो सहकारी संस्थाबाट २ लाख ऋण लिएर नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराइएको छ । चिकित्सकहरुले आधुनिक सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाव दिएका छन् । तर आर्थिक अभावका कारण उपचार सम्भव भएको छैन । बालकको अस्थायी मलद्वारको रुपमा पेटमा प्वाल पारेर मलद्वार बाहिर निकालिएको छ । अस्थायी प्वालमा संक्रमण भए भबिस्य खतरामा पर्ने भन्दै सहयोगका लागि अपिल गरिएको छ । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अर्जुन सुवेदीले बालकको तस्बिर पोष्ट गर्दै मेजर ...
जमुनाहा नाकाबाट भित्रिनेहरुका कारण नेपालगञ्ज संक्रमणको उच्च जोखिममा

जमुनाहा नाकाबाट भित्रिनेहरुका कारण नेपालगञ्ज संक्रमणको उच्च जोखिममा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ९ । भारतका विभिन्न ठुलो सहरबाट फर्किनेहरुमा कोरोना संक्रमण धेरै देखिन थालेको छ । जसका कारण नेपालगञ्ज लगायत ती मानिसहरु फर्किएर जाने ठाउँहरु कोरोनाको उच्च जोखिममा परेका छन् । भारतबाट आउने सबैको कोरोना परीक्षण नभएपनि भएकाहरुमा धेरै जना संक्रमित देखिनुले संक्रमित भएर आउनेहरुबाट कोरोना फैलिने सबैभन्दा ठुलो खतरा उत्पन्न भएको छ । संक्रमित भएर आएका तर परीक्षण विनै नेपालमा छिरेकाहरु नेपालगञ्ज आएर विभिन्न होटलमा बस्ने, बजारमा सामान खरिद गर्ने र सार्वजनिक यातायातमा चढ्ने भएकोले उनिहरुकै कारण नेपालगञ्ज पनि उच्च जोखिममा परेको छ । यसैविच नेपालगञ्जको जमुनाहा नाकामा आइतवार भारतबाट आएका ३६१ जनाको कोरोना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धेरै मानिस अझैपनि विना परीक्षण नै आउ जाउ गरिरहेकोले संक्रमणको खतरा झनै धेरै छ । भारतबाट आएका थप ३६१ जनाको आइतवा...
बाँके प्रहरी प्रमुख एसपी अधिकारी आफै मास्क वितरणमा सक्रिय

बाँके प्रहरी प्रमुख एसपी अधिकारी आफै मास्क वितरणमा सक्रिय

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ९ । बाँके जिल्लामा पछिल्लो केही समययता आएर कोरोना संक्रमण बृद्धि हुन थालेपछि सो निण्न्त्रणका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । सो क्रममा सबैभन्दा बढी ध्यान यहाँस्थित नेपाल भारत नाका जमुनाहामा दिनु पर्ने देखिएको छ । सोही कारणले बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी आफै पटक पटक नाकामा पुगेर नाकाको आउ जाउ व्यवस्थापनको अनुगमन गरिरहनु भएको छ । आइतवार त एसपी अधिकारीले आफै त्यहाँ उभिएर मास्क नलगाएर आवागमन गर्नेलाई मास्क वितरण गुर्नभयो । सो अवसरमा उहाँले आवागमन गर्ने दुबै देशका नागरिकलाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह समेत गर्नुभयो । तिव्र गतिमा बढ्दै गएको संक्रमणलाई रोक्नका लागि स्वास्थ्य सचेतना सबैभन्दा ठुलो हतियार भएको जनाउँदै उहाँले मास्क र भौतिक दुरीमा सबैले ध्यान दिने हो भने कोरोनालाई फैलिनबाट रोक्न सकिने बताउनुभयो । नाकामा पुग...
नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

नेपालगञ्ज ३ का निर्वाचित वडा सदस्य अन्सारीको अकस्मात निधन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ८ । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का निर्वाचित वडा सदस्य जाफर अन्सारीको शनिवार एक्कासी अकस्मात निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सदस्य एवम् नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ३ का वडा सद्स्य अन्सारीको निधन हृदयघातका कारण भएको पारिवारिक श्रोततले जनाएको छ । अन्सारीलाई एक्कासी समस्या भएपछि नेपालगन्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उहााको निधन भएको वडा नम्बर ३ का अर्का वडा सदस्य नफीस अन्सारीले बताउनुभयो । उहाँले अन्सारीको शनिबार साँझ ४ बजेर ५० मिनेटमा ४८ बर्षको उमेरमा निधन भएको बताउनुभयो । नेपालगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष अय्युब सिद्दिकीले जाफर अन्सारीको दुखद निधन भएको प्रति आफु लगायत सम्पुर्ण वडाका वासिन्दा स्तब्ध भएको जनाउँदै श्रद्धान्जली व्यक्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रल...
प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ८ । कालो कोठी फैलिएर टाउको भरि कोठीले भरिएर अत्याधिक समस्यामा परेकी बाँकेकी एक युवतीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा फेरी सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ प्लाष्टिक सर्जन डा. विनोद कर्णले डुडुवा गाउँपालिका ५ शिवराजपुरकी एक १७ वर्षिया युवतीको आधा टाउको भरि फैलिएको कोठीहरुको कालो जालोको फेरी सफल शल्यक्रिया गर्नु भएको छ । यसअघि पनि उहाँले मंसिर महिनाको अन्तिम तिर नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्ककी १४ वर्षीय बालिकाको पनि सोही प्रकारको सफल शल्यक्रिया गर्नु भएको थियो । डुडुवाकी युवतीको शल्यक्रिया गर्ने सो टोलीमा नेपालगञ्ज मेडिकल कलेजका डा. कपिल पोखरेल, डा. नविन रेग्मी, असिस्टेन्ट चउतराम थारु, स्टाफ नर्स अम्बिका अधिकारी र एक जना इन्टर्नको पनि सहभागिता रहेको थियो । टाउकोको आधा भन्दा बढी भागमा कोठ...