१९ जेष्ठ २०८३, मंगलवार

मुख्य समाचार

दुर्घटना रोक्न चिल्लो सडकमा माटो छर्किंदै ट्राफिक प्रहरी

दुर्घटना रोक्न चिल्लो सडकमा माटो छर्किंदै ट्राफिक प्रहरी

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सक्रिय रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जको पुष्पलाल चोक नजिक सडकमा दुर्घटनाको जोखिम बढेपछि मंगलवार माटो छर्केर दुर्घटनाको जोखिम टार्ने कार्य गरेको छ । यात्रु वाहक सवारी साधन ठुलो संख्यामा आवागमन गर्ने र रोक्ने मुख्य ठाउँ बनेको पुष्पलाल चोक नजिकको सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी दुर्घटना हुने संभावना भएका कारण सो सडकमा माटो हालेर दुर्घटना हुनबाट जोगाउने कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो । उहाँले नेपालगंज उप–महानगरपालिका वडा नं.१८ स्थित सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी साधन चिप्लिने र दुर्घटना हुने संभावना देखेर ट्रयाक्टरमा माटो बोकेर ल्याइ छर्किएको बताउनुुभयो । पछिल्लो स...
ईलाका प्रशासन कार्यालय पुनस्थापना गर्न माग गर्दै नरैनापुर एमालेद्धारा ज्ञापन बुझाइयो

ईलाका प्रशासन कार्यालय पुनस्थापना गर्न माग गर्दै नरैनापुर एमालेद्धारा ज्ञापन बुझाइयो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । नेकपा एमाले नरैनापुर बाँकेले ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुर्नस्थापना गर्ने लगायत ३ बुँदे माँग सहित प्रमुख जिल्ला अधिकारीलाई मंगलवार ज्ञापन पत्र बुझाउँदै तत्काल माँग पुरा नभए आन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ । इलाका प्रशासन कार्यालय नरैनापुरलाई तत्काल नरैनापुरमा पुर्नस्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुबिधाहरु सरल, सुलभ तरिकाले उपलब्ध गराउन ब्यवस्था मिलाउने, नेपाली किसानहरुले भारतबाट रासायनिक मल खाद बिउ बिजन र बाली नालीमा प्रयोग गर्ने औषधी लगायतको कृषि सामग्रीहरु ल्याउंदा सिमानामा रहेका सुरक्षाकर्मीले अवरोध श्रृजना नगर्ने, सम्मान जनक ब्यवहार गर्ने तथा मल खादका साथै सवारी साधनहरु जफत नगर्ने गरी तत्काल ब्यवस्थापन गर्नुपर्ने र भारतीय नम्बर प्लेटका सवारी साधनहरु सहित नरैनापुर वासीहरुलाई नेपाली नागरिकता प्रमाण पत्रको आ...
ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, फागुन १० । सीमाना पारी रुपैडियाबाट हुँदै आएको लागु पदार्थ ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म फैलिएको खुलासा भएको छ । काठमाण्डौ लैजान लागेको ४ लाख रुपियाँको ब्राउनसुगरसहित बर्दियाका एक युवकलाई मंगलवार प्रहरीले पक्राउ गर्न सफल भएपछि सो जालो को खुलासा भएको हो । यसअघि पनि प्रहरीले बाँके, सुर्खेत र दांग लैजान भनि भित्र्याईएको ब्राउनसुगरलाई जमुनाहा नाका र नेपालगञ्ज तथा कोहलपुरबाट पटक पटक नियन्त्रणमा लिंदै आएको थियो, तर मंगलवार काठमाण्डौ लैजान ल्याईएको ब्राउनसुगर बरामद गरिएपछि ठुलो नेटवर्कले लागु औषध तस्करी गरिरहेको आशंका उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले लागु औषधको ओसारपसार र तस्करी नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले काठमाण्डौं लैजाने भन्दै रुपैडियाबाट ४ लाखमा खरिद गरिएको ब्राउन सुगरसहित नेपालगञ...
छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
.नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । बाँकेमा शिक्षकद्वारा एक छात्रामाथि बलात्कार प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवालले १५ वर्षीया छात्रामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार बलात्कार प्रयास गर्ने शिक्षकलाई पक्राउ गरि हिरासतमा राखिएको छ । शिक्षक जयसवालद्वारा आफूमाथि बलात्कार प्रयास भएको भनि ती छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि यस्तो घटना बाहिर आएको हो । डिएसपी न्यौपानेका अनुसार, शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाएको उहाँले बताउनुभयो । एन्जल्स हाई स्कुलका शिक्षक जयसवालले नेपालगन्ज सुर्खेतरोड स्थित सीएससी...
नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

नेपाली काँग्रेसको गौडेल समुहद्धारा जिल्ला सदस्य उम्मेदवारहरुको नाम घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि नारायणप्रसाद गौडेल नेतृत्वको प्यानलले आफ्ना सदस्य पदका उम्मेदवारहरुको नाम घोषणा गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा सोमबार एक कार्यक्रमका बीच उम्मेदवारहरु घोषणा गरिएको हो । गौडेल प्यानलका सचिवालय संयोजक तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषालले उम्मेदवारको नाम घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिका खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट रहेको बताउनुभयो । यस्तै कोहलपुर नगरपालिकाबाट खुलामा ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल, खजुराबाट खुला सदस्यमा पारसनाथ योगी, राप्तीसोनारी गाउँपालिकाबाट खुला सदस्यमा टिकाराम बस्नेत र महिला सदस्यमा तिला कार्की रहेको उहाँले घोषणा गर्नुभयो । सोही प्रकारले नरैनापुर गाउँपालिकाबाट खुला सदस्यमा महबुब अलि शेष र महिला सदस्य...
राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । राप्रपा नेपालको केन्द्रिय समितिमा बाँकेका ७ जना नेताहरु मनोनित हुनुभएको छ । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पार्टी परित्याग गरेका थिए । राप्रपा नेपाललाई पुर्नगठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिनेक्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्र बहादुर शाहि, श्रीधर सुवेदी, मो खालिद ईराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रिय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावश...
भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त हुनु भएका विमल चन्द र उषा गौतमले पदभार ग्रहण गर्नुभएको छ । सरकारको स्वास्थ्य मन्त्रालयले चन्द र गौतमलाई केही दिनअघि अस्पताल विकास समितिको सदस्यमा नियुक्त गरेको थियो । यसअघिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई असक्षम र असफल ठहर गर्दै मन्त्रालयले उक्त पदबाट निलम्बन गरी हटाएसँगै चन्द र गौतमलाई नियुक्त गरेको हो । सरकराले यसरी नियुक्त गरेका दुबे जनालाई सोमबार अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु विरेन्द्रबहादुर चन्दले सपथ खुवाई कामको जिम्मेवारी प्रदान गर्नुभयो । उक्त सपथ कार्यक्रममा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो । सबैको सहयोग र सदभाववाट भेरी अस्पताललाई सस्तो सुलभ र गुणस्तरीय उपचार...
डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ फागुन । डुडुवा गाउँपालिका अन्र्तगत संचालित बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डुडुवा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वटै वडा अन्र्तगत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । डुडुवा–२ स्थित लाली गुरास प्रारम्भिक बाल विकास केन्द्रमा आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताउनुभयो । उहाँले गाउँपालिकाले साना नानी बाबुहरुको शिक्षातर्फ पढने बानी विकासका लागि बालविकास केन्द्रको पढाइ प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको संचालन नियमित र प्रभावकारी बनाइएको बताउनुभयो । अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनु...
नेपालगञ्जमा लुटेराहरु सक्रिय, विहानै विद्यार्थिको मोबाइल लुटियो

नेपालगञ्जमा लुटेराहरु सक्रिय, विहानै विद्यार्थिको मोबाइल लुटियो

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ८ । नेपालगञ्जमा आइतवार विहान एक विद्यार्थिको मोबाइल लुटिएको छ । बाँके प्रहरी तस्कर विरुद्ध सक्रिय रहेको मौका छोपेर लुटपाट गर्नेहरु पनि सक्रिय भएको सो घट्नाले पुष्टि गरेको छ । नेपालगञ्जको आदर्श सेकेन्डेरी स्कुल कक्षा ११ मा अध्ययनरत एक विद्यार्थी बिद्यालय जाने क्रममा आइतबार बिहानै सडकमै लुटिएका हुन । मोटरसाइकलमा आएका दुईजना लुटेराले उनको मोबाइल लुटेर लगेका हुन । उक्त स्कुलमा पढ्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर बस्ने १७ बर्षिय प्रशान्त थापाको ‘रियल मि सी ३’ मोबाइल लुटिएको हो । भे ४ प ५४५८ नम्बरको कालो रंगको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजना लुटेराले आइतबार बिहान ६ बजेको समयमा न्यूरोडको भानुभक्त चोक नजिकबाट आफुलाई रोकेर हातपात गरी मोबाइल लुटेर भागेको विद्यार्थी थापाले बताउनुभयो । लुटेराहरुसङ्ग आफ्नो मोबाइल खोस्ने क्रममा थापा घाइते भ...
राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ८ गते । बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन । स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताउनुभयो । उहाँका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उहाँलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उहाँ बेहोस हुनुभयो । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताउनुभयो । बाघले उहाँको घाटीको अगाडी र पछाडी दुब...