७ चैत्र २०८२, शनिबार

मुख्य समाचार

सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, माघ १९ । तस्करी र अवैध आयात नियन्त्रणका लागि सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ माछालाई क्वारेन्टाइन कार्यालय बुझाई नस्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले बताउनुभयो । सोही प्रकारले सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जनाउनु भए...
नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १८ । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएको सवारी साधन र ठेलागाडालाई ब्यबस्थित गर्न शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबि पार्किङ गर्ने प्रचलननै कायम भैसकेकोले सो मा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले पार्किंगलाई व्यवस्थित गर्न थालेको ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार सो क्रममा नेपालगञ्जको त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभावि पार्किंग गरेर राखेका मोटरसाईकल, ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले मंगलवार ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल, स्कुटी, अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी क...
भारतबाट कुखुराको अवैध आयात नरोकिंदा नेपाली किसान र व्यवसायी ठुलो समस्यामा

भारतबाट कुखुराको अवैध आयात नरोकिंदा नेपाली किसान र व्यवसायी ठुलो समस्यामा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १८ । सरकारले आयातमा प्रतिवन्ध लगाएपनि धेरै लामो समयदेखि भारतबाट कुखुराको अवैध आयात भैरहेकोले नेपाली किसान र व्यवसायी अत्याधिक मारमा परेका छन् । उनिहरुले भारतबाट ल्याईएको गुणस्तरहीन कुखुरासंग मुल्यमा प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै धरापमा परेको गुनासो गरेका छन् । भारतबाट अवैध रुपमा भित्रिने केुखरालाई रोक्न नसकेकोले धेरै किसान र व्यवसायीले व्यवसायनै छोडेर बसेको व्यवसायीले जनाएका छन् । तर, उनिहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेर समस्यामा परेको पनि बताएका छन् । ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा तस्करी भैरहेकोले आफुहरु झनै मर्कामा परेको उनिहरुको ठुलो गुनासो छ । प्रहरीले पक्राउ नगर्दा किसान र व्यवसायी सो आयात रोक्न आफै मैदानमा कस्सिएको पनि उनिहरुले बताएका छन् । प्रहरीले पक्राउ नगरेपछि आफुहरुले गएर प्रहरी बोलाई नरैनापुरबाट १२ क्विन्टल अवैध कुखुरा पक्राउ...
बाँके ट्राफिक प्रहरीद्धारा कोरोना विरुद्धको सचेतना अभियान निरन्तर जारी

बाँके ट्राफिक प्रहरीद्धारा कोरोना विरुद्धको सचेतना अभियान निरन्तर जारी

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । बाँकेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पालनासंगै कोभिड विरुद्धको सचेतना अभियानलाई पनि निरन्तर जारी राखेको छ । कोरोना संक्रमण बढ्दै गएपछि गत केही समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा सवारी साधनको चेकजाँचसंगै आवागमन गर्ने नागरिकलाई मास्क लगाउन आग्रह गर्दै ठुलो संख्यामा मास्क वितरण गरेको छ । सो कार्यालयका विभिन्न प्रहरीले विभिन्न स्थानमा मास्क वितरण, मास्क चेकजाँच लगायतको अभियानमा तिव्रता दिएका छन् । कामको शिलसिलामा खटिंदा कोरोना संक्रमित हुनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह निको भएर फेरी काममा खटिएलगत्तै कोरोना विरुद्धको सचेतना फैलाउन फेरी सक्रिय भएर लाग्नु भएको छ । प्रमुख शाहको नेतृत्वमा ट्राफिक प्रहरीले सोमवार नेपालगंज बजार क्षेत्र, रत्न राजमार्ग र नेपाल...
कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

कसैले ध्यान नदिंदा दुर्गन्धित बनेको बसपार्कको प्रहरीद्धारा सरसफाई शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । सरसफाईमा सम्बन्धित निकायले ध्यान नदिंदा दुर्गन्धित बन्दै गएको नेपालगन्ज बसपार्कमा सोमबारदेखि अस्थायी प्रहरी पोष्ट बसपार्कको नेतृत्वमा सरसफाई अभियान शुरु गरिएको छ । कसैले ध्यान नदिंदा बसपार्क दुर्गन्धित र फोहर बन्दै जान थालेपछि सरसफाई अभियान सुरु गरिएको अस्थायी प्रहरी पोष्टका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालले जानकारी दिनु भएको छ । गत सातामात्रै इन्चार्जको जिम्मेवारीसहित अस्थायी प्रहरी पोष्ट बसपार्क आउनु भएका प्रहरी सहायक निरिक्षक हमालका अनुसार बसपार्कमा यातायात व्यवसायी, होटल तथा अन्य किराना व्यवसायीका साथै यात्रुहरुले समेत सरसफाइमा ध्यान ध्यान नदिएकाले दुर्गन्ध बढेपछि सरसफाइ अभियान थालिएको हो । ‘हामीले बसपार्कलाई सुन्दर र स्वच्छ बनाउनुपर्छ भनेर पहिलो चरणमा सरसफाइ अभियान सुरु गरेका छौं,’ प्रहरी सहायक निरिक्षक हमालले भन्नुभयो, ‘...
बाँके प्रहरीले फेरी दुई जना लागु औषध कारोबारी पक्राउ गर्यो

बाँके प्रहरीले फेरी दुई जना लागु औषध कारोबारी पक्राउ गर्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १७ । लागु औषध नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले ठुलो परिमाणको लागूऔषध ब्राउन सुगर सहित २ जना कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागूऔषध नियन्त्रण व्युरोको संयुक्त टोलीले सोमवार दिउँसो सवा एक बजे नेपालगन्ज १० गणेशमान चोक नजिकबाट २ जनालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जिल्ला प्रहरी बाँकेका अनुसार जानकी गाउँपालिका २ का २८ बर्षीय पारसमणि बर्मा र सोही स्थानकै २६ बर्षीय ओमप्रकाश बर्मालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट २० ग्राम ब्राउनसुगर बरामद गरिएकोले उनिहरु कारोबारी रहेको अनुमान प्रहरीले लगाएको छ । पक्राउ परेका दुबै जनासँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । केही समययता बाँकेमा प्रहरीले आफ्नो सक्...
खजुराका सुन व्यवसायीलाई बन्धक बनाएर लुटपाट गरियो

खजुराका सुन व्यवसायीलाई बन्धक बनाएर लुटपाट गरियो

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, माघ १७ । खजुरा गाउँपालिका वडा नम्बर ४ डी गाउँका हरिबहादुर सुनार र उनका परिवारलाई बन्धक बनाएर डकैटी भएको छ । उनी सुन व्यवसायी हुन । हातहतियारसहित पुगेको डाँका समूहले सोमबार बिहान ढेड बजे घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो । पीडित सुनारका अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात खुट्टा बाँधेर कन्चतमा पेस्तोल ताकेका थिए । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए । त्यसलगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे, उनले भने, दराज, पलंगको बक्स, फुटाएर ३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ६० हजार लुटपाट गरेर बाहिरबाट ढोका लगाएर भागे । बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्...
बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ १६ । गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्यामा आइतवार कमीआएको छ । आइतवार जमुनाहा नाकामा पनि सङ्क्रमितको सङ्ख्या घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार शनिवारसम्म भेरी अस्पताल, मेडिकल कलेज र निजी ल्याबमा गरेर दैनिक १२५ जनाको हाराहारीमा सङ्क्रमित थपिने गरेका थिए। जमुनाहा नाकामा पनि करिब ४० जना संक्रमित भेटिने गरेको थियो । तर, आइतवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जना मात्र सङ्क्रमित भेटिएको र जमुनाहा नाकामा १९ जना मात्र सङ्क्रमित भेटिएको फोकल पर्सन ओलीले बताउनुभयो । स्वास्थ्य मापदण्डको पालनामा जोड दिइएको र खोप लगाउने अभियानलाई तिव्र गतिमा अगाडि बढाइएकाले...
नेपाली सेनाको निरीक्षण विभागको टोलीद्धारा होल्डिंग सेन्टरको निरीक्षण

नेपाली सेनाको निरीक्षण विभागको टोलीद्धारा होल्डिंग सेन्टरको निरीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १६ । नेपाली सेनाको निरीक्षणाधिकृत विभागका निरिक्षण अधिकृत उपरथि निरन्जन कुमार श्रेष्ठसहितको निरिक्षण भ्रमण टोलीले नेपालगञ्जमा निर्माणाधिन होल्डिंग सेन्टरको स्थलगत निरिक्षण गरेको छ । नेपाली सेनाका उपरथि श्रेष्ठसहितको भ्रमण टोलीले कोरोना संक्रमितहरुलाई राख्नका लागि निर्माण भैरहेको एक हजार बेड क्षमताको नेपालगञ्ज १४ भवनियापुरमा निर्माणाधिन होल्डिंग सेन्टरको निरिक्षण गरेर सो को निर्मााणका बारेमा आइतवार जानकारी लिनुभयो । उहाँले होल्डिंग सेन्टरको निर्माणलाई छिटो पुरा गरेर आवश्यक परेको छ भने सञ्चालनमा ल्याउन समेत आग्रह गनुैभयो । त्यसका साथै उहाँले स्थानीय प्रतिनिधि, विभिन्न संघसंस्था, सम्बन्धित निर्माण निर्माण कम्पनी, नेपाली सेना तथा अन्य सुरक्षा निकायसंग आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडी बढ्न पनि सुझाव दिनुभयो । होल्डिंग सेन्टरसम्मको सडक निर्माण र मर्मत ...
हुस्सु र कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थल बन्द, सबै उडान रद्द

हुस्सु र कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थल बन्द, सबै उडान रद्द

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, माघ १६ गते । बाक्लो हुस्सु र कुहिरोका कारण बिहानैदेखि मौसम विग्रीएकोले आइतवार अहिलेसम्म नेपालगञ्ज विमानस्थलका सबै उडान रद्द गरिएको छ । यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लामा हुने र संघीय राजधानी काठमाडौं तथा पोखराका लागि हुने सबै उडान रद्द गरिएका हुन् । उडान रद्द हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलमै रोकिएका छन् । नागरिक उड्डयन कार्यालय नेपालगञ्जकाअनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको जनाएको छ । दिउँसो १ बजेसम्म यहाँबाट कुनैपनि हवाई उडान नभएको सो कार्यालयले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ । शनिवार रातीबाटै मौसममा आएको खराबीका कारण हुस्सु र कुहिरो अत्याधिक बढेपछि उज्यालो निकै कम रहेकाले नेपालगञ्जबाट आइतवार हुने सबै उडान दिउँसो दुई बजेसम्मका ला...