नेपालगञ्जमा पहिलो न्युरो अस्पताल सञ्चालनमा आयो
सिराज खान
नेपालगञ्ज, माघ ३ गते । न्युरो सम्बन्धी समस्याका लागि पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा न्युरो अस्पताल सञ्चालनमा आएको छ । नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका न्युरो सर्जन डा जोशन न्यौपानेको नेतृत्वमा नेपालगञ्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरको नाममा सोमवारदेखि न्युरो अस्पताल सञ्चालनमा ल्याइएको हो ।
नेपालगञ्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरमा मस्तिष्क, नशा तथा मेरुदण्डका समस्या सम्बन्धी सबै उपचार शुरु गरिएकोे उक्त सेन्टरका प्रमुख डा। जोशन न्यौपानेले बताउनुभयो । उहाँले यसरी न्युरोसम्बन्धी उपचारलाई लक्षित गरेर विशेषज्ञ सेवा दिने असपताल पश्चिम नेपालमै पहिलो भएको बताउनुभयोे ।
सो सेन्टरमा न्युरो सम्बन्धी उपचारका साथै फिजिसियन सेवा, यौन तथा छाला रोग र हाड जोर्नी सम्बन्धी लगायतका अन्य उपचार समेत गरिने डा। न्यौपानेले बताउनुभयो । फिजिसियन सेवा अन्तर्गत छाती, मु...









