३ माघ २०८२, शुक्रबार

मुख्य समाचार

बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । बाँकेमा अझैपनि एक लाख ४२ हजार मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । सरकारले हरेक नागरिकलाई खोप लगाउने लक्ष्यका साथ तिव्र गतिमा खोप लगाउने अभियान जारी राखेपनि पश्चिम नेपालकै सबैभन्दा सुगम र विकसित मानिएको बाँकेमा अझै धेरै ठुलो जनासम्म कोरोनाको खोप पुग्न सकेको छैन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जना रहेकोमा ती मध्ये एक लाख ४१ हजार छ सय ७४ जना मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुबै मात्रा पूरा गरेको जनाउँदै एक मात्रा पुरा गर्नेहरु दुई लाख ६४ हजार चार सय ९१ रहेको छ । जिल्लामा दुबै मात्रा पुरा गर्ने ४८ प्रतिशत रहेका छन् भने एक मात्र मात्रा लगाउने ६५ प्रतिशत रहेका छन् । खोपको पहुँच भन्दा बाहिर रहेका ठुलो संख्...
अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न माग

अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न माग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ५ पुस । अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न गैर सरकारी महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य धर्म रोकायले नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । उहाँले आफ्नो फेसबुकमार्फत सरकार अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीको अवस्था तुरुन्त सार्वजनिक गर भन्ने कुरा लेखेर यस विषयमा सवैको ध्यानाकर्षण होस भनेर पोष्ट गर्नु भएको छ । हालैमात्र राजधानीमा भउको गैसस महासंघको केन्द्रिय महाधिवेसनमा केन्द्रिय सदस्यमा विजयी हुनु भएका बाँके कोहलपुर निवासी रोकायले अहिलेको २१ औं शताब्दीमा पनि अन्तराजातयि विवाह गरेकै निहुमा कसैलाई बेपत्ता पार्ने काम गरिन्छ भने हामी कहाँ र कुन अवस्थामा छौं भन्ने कुरा प्रष्ट भएको पनि बताउनु भएको छ ।...
नेकपा एकिकृत समाजवादी बाँकेमा कार्यविभाजन

नेकपा एकिकृत समाजवादी बाँकेमा कार्यविभाजन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ५ पुस । नेकपा एकीकृत समाजवादी बाँकेको सोमबार भएको पूर्ण बैठकले कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले पार्टी नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । बैठकले १ सय १२ सदस्यीय पार्टी सचिवालय निर्माण गरेको छ । त्यस्तै, भुगोलमा भगवति अधिकारीलाई क्षेत्र नं. १, क्षेत्र नं. २ मा सम्सुद्दिन सिद्दिकी, क्षेत्र नं. ३ मा भद्रप्रसाद देवकोटा र प्रदेश क्षेत्र नं. १ क मा राज बहादुर बुढा, ख मा कुश्माखर बस्याल, क्षेत्र नं. २ क मा भुवन गौतम, ख मा करिश्मा योगी, क्षेत्र नं. ३ क मा विष्णुकान्त आचार्य, ख मा ऋषि पोखरेललाई जिम्मेवारी दिइएको छ । पालिकास्तरीय इन्चार्जको जिम्मेवारी कोहलपुरमा मञ्जु कोइराला, राप्तीसोनारीमा दशरथ ओली, नरैनापुरमा पेशकार सिंह, नेपालगन्जमा विनोद मैनाली, डुडुवामा कप्तान पाठक, बैजनाथमा टंकर नाथ य...
संयुक्त विद्यार्थी संगठनद्धारा यातायात कार्यालयमा धर्ना र विरोध प्रदर्शन

संयुक्त विद्यार्थी संगठनद्धारा यातायात कार्यालयमा धर्ना र विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । संयुक्त विद्यार्थी संगठनले सोमवार नेपालगञ्जको यातायात व्यवस्था कार्यालयमा विद्यार्थिहरुको माग पुरा गराउन धर्ना दिएर विरोध प्रदर्शन गरेको छ । यातायात कार्यालय नेपालगञ्जबाट प्रदान गरिने सेवा सुविधामा सुधारको माग सहित विद्यार्थिलाई यातायातमा ४५ प्रतिशत छुटको व्यवस्था गर्न माग गर्दै नेपालगञ्ज यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्नाको आयोजना गरिएको हो । यातायात ब्यबसायीले विद्यार्थीलाई ४५ प्रतिशत छुट, जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई ५० प्रतिशत छुटका साथै यातायात ब्यबस्था कार्यालयवाट प्रदान गरिने सेवा सुविधा हुनुपर्ने माग राख्दै सो विरोध प्रदर्शन तथा धर्ना आयोजना गरिएको थियो । सार्वजनिक यातायातका साधनमा नेपाल सरकारले विद्यार्थीलाई सहुलियत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई छुट दिने ब्यबस्था गरेको भएपनि बाँकेका यातायात ब्...
एमसीसी विरुद्ध नेपालगञ्जमा राप्रपाको विरोध प्रदर्शन

एमसीसी विरुद्ध नेपालगञ्जमा राप्रपाको विरोध प्रदर्शन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । बाँकेको नेपालगञ्जमा एमसिसि विरुद्ध राप्रपाले विरोध र्‍याली निकालेको छ । एमसीसी विरुद्ध सघर्ष समिति निर्माण गरी एमसीसी विरुद्ध विभिन्न नाराबाजी गर्दै र्याली निकालिएको थियो । सो विरोध र्‍यालीमा नेपाली जनतालाई धोका हो, एमसीसी चाहिँदैन, देश बेच्न पाइदैन भन्दै ठुलो स्वरमा नारबाजीहरु गरिएका थिए । एमसिसि नेपालमा कुनै पनि हातलमा नल्याउनका लागि नेपालगञ्ज देखि देशभरी ने एमसीसीका संघर्षका कार्यक्रमहरु राप्रापाले गरिरहेको छ भने नेपालगञ्जबाट राप्रपाका सचिव रवि वर्माको नेतृत्वमा संघर्ष समिति निर्माण गरी आन्दोलन तथा संघर्षका कार्यक्रम शुरु गरिएका छन् । विरोधसभामा बोल्दै किशोर लामा, रबि संकर बर्मा, हाम्रो नेपाल हामि नेपालीका केन्द्रिय महा सचिव भिम बहादुर शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका अध्यक्ष हुकुम केसिले कुनै पनि हालतमा एमसीसी लागु गर्न नदिइन...
बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । चिसोले विपन्न र गरिब असहाय बृद्धबृद्धा समस्यामा परेपछि उनिहरुलाई लक्षित गरेर नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठान र कसौधन वैश्य समाजको संयुक्त आयोजनामा स्थानीय बागेश्वरी मन्दिर परिसर र सो वरिपरि मागेर गुजारा गर्दै आएका विपन्न बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यका अनुसार आइतवारदेखि एक्कासी अत्याधिक चिसो बढेपछि बागेश्वरी मन्दिर वरिपरि मागेर जिविका चलाउने बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको बताउनुभयो । बागेश्वरी मन्दिर परिसरमा रहेका अति विपन्न बृद्धबृद्धालाई प्रतिष्ठानका अध्यक्ष वैश्य, वरिष्ठ पत्रकार अक्षरी पोखरेल लगायतले कम्बल तथा शिरक वितरण गर्नुभयो । चिसो क्रमश...
ठाकुरबाबा नगरपालिकामा आफ्नै वडा कार्यालय निर्माण गर्ने पहिलो वडा बन्यो वडा नम्बर चार

ठाकुरबाबा नगरपालिकामा आफ्नै वडा कार्यालय निर्माण गर्ने पहिलो वडा बन्यो वडा नम्बर चार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । स्थानिय तहमा जनप्रतिनिधि आएपछि स्थानिय निकायमा रहेका वडाहरुको विकास निर्माण कार्यले गति लिएको स्थानियहरुले बताएका छन् । ठाकुरबाबा नगरपालिका वडा नं ४ बर्दियाका स्थानिय जनताले स्थानिय तहमा जनप्रतिनिधि आएपछि गाउँ टोलमा धेरै सुधार आएको बताउँछन् । वडामा भएको विकासले स्थानियवासीमा खुसी छाएको स्थानिय टेक बहादुर साउदले बताउनुभयो । वडामा जनप्रतिनिधि आएपछि वडामा झिलिमिली भएको जनाउँदै उहाँले सोचे र चाहे अनुसारको काम पनि समयमै हुने गरेको बताउनुभयो । पहिले सानो सानो कामको लागि पनि सदरमुकाम धाउनुपर्ने हुन्थ्यो अहिले आफ्नै वडामा सुविधा उपलब्ध भएकोले समयको समेत बचत भएको अर्का स्थानिय पदम जैसीले बताउनुभयो । ठाकुरबाबा नगरपालिका वडा नं ४ बर्दियाका वडा अध्यक्ष शेर बहादुर चौधरी नगरकै पहिलो वडा कार्यालय निर्माण गर्न सफल हुनुभएको छ । करिब ५५ लाखको लागतमा वडा नं ४ को वड...
वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । खुला सीमानाको फाइदा उठाउँदै सीमापारीबाट लागु औषधको ओसार पसार गर्नेहरु विरुद्ध बाँके प्रहरीले निगरानी बढाउनुका साथै निरन्तर कडाई जारी राखेको छ । प्रहरी निगरानीमा तिव्रता दिईएकै कारण समय समयमा जमुनाह प्रहरी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध नियन्त्रण ब्युरोको सहकार्यमा ब्राउन सुगर बरामद गर्दै आएको छ । सीमा पारी रुपैडिहामा खुला रुपमा विक्रि भैरहेको लागु औषधलाई बाँके जिल्लामा मात्र नभई पहाडी जिल्लाहरुमा समेत पठाउन थालिएपछि प्रहरीले निगरानी बढाएर कडाई शुरु गरेको हो । सोही क्रममा पछिल्लो समयमा आइतवार वडा प्रहरी कार्यालय नेपालगञजको टोलीले नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्काका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोक स्...
मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस ४ गते । आइतवार विहानैदेखि यहाँ चलेको शितलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेको छ । कुहिरो र हुस्सुले भिजीविलिटी निकै कम भएका कारण आइतवार विहानबाट दिउँसोसम्म नेपालगञ्जबाट कुनै पनि हवाई उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुभाष झाँका अनुसार मौसमका कारण विमानस्थल नखुल्दा विहान पहाडी जिल्लाहरुमा हुने सबै उडान रद्द गरिएका छन् भने संघीय राजधानीका लागि हुने उडानहरु प्नि रद्द भएका छन् । दिउँसोपछि मौसममा सुधार हुने अपेक्षा गरिएकोले मौसममा सुधार भयो भने मात्रै हवाई उडानहरु सुचार गरिने प्रमुख झाँले बताउनुभयो । नेपालगञ्जबाट विहान हुल्म्लाको सिमिकोट, मुगुको रारा, डोल्पा र जुम्लामा हवाई उडान हुने गरेका छन् भने राजधानी काठमाण्डौ र पोखराका लागि विहान, दिउँसो र बेलुका समेत...
भारतमा सम्मानित युनेस्कोकर्मीलाई बर्दियामा पनि सम्मान

भारतमा सम्मानित युनेस्कोकर्मीलाई बर्दियामा पनि सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, पुस ४ । समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत भारतमा सम्मानित हुनुभएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई बर्दियाको राजापुरमा स्वागत र सम्मान गरिएको छ । बर्दिया राजापुरमा रहेको मानपुर टपरा युनेस्को क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरेर भारतको दिल्लीमा भारतीय दलित साहित्य अकादमीले सम्मान गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीको स्वागत र सम्मान गरेको छ । कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट गत साता मात्रै भारतमा सम्मानित गरिएको थियो । मानपुर टपरा युनेस्को क्लबका अध्यक्ष भिमसेन चौधरीको अध्यक्षतामा सम्पन्न भएको स्वागत र सम्मान कार्यक्रममा सम्मानित दुबैजनालाई अबिर, माला र खादा ओढाएर सम्मा...