२७ मंसिर २०८२, शुक्रबार

स्वस्थ्य

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो । मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै न...
बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्...
नरैनापुरको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

नरैनापुरको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नरैनापुर ९ भदौ । बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । बिहिबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो । समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासक...
बर्दियाका बाढीपिडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु

बर्दियाका बाढीपिडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो । बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नु...
बाँके कारागारका ३०७ कैदीबन्दीको आँखा परीक्षणसंगै निशुल्क औषधी वितरण

बाँके कारागारका ३०७ कैदीबन्दीको आँखा परीक्षणसंगै निशुल्क औषधी वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन ३० गते । बाँके कारगारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगन्ज उच्च बार एसोसियसनद्धारा कारगारमा सोमवार कैदीबन्दीका लागि निशुल्क आँखा शिविर सञ्चालन गरियो । फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमेर सादिकले कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निशुल्क औषधी वितरण गरिएको जनाउँदै अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताउनुभयो । उहाँले कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसंगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तिव्र गतिमा फैलिएको बताउनुभयो । जिल्ला अदालत बाँकेका न्यायधिश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधी हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गर...
चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जनकालागि संघर्ष समितिले १४ बुँदे ज्ञापनपत्र बुझायो

चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जनकालागि संघर्ष समितिले १४ बुँदे ज्ञापनपत्र बुझायो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, साउन २६ गते । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र पठाएको छ । संघर्ष समितिका केन्द्रीय सदस्य संजय सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन लगायतका १४ बुंदे मागसहितको ज्ञापनपत्र पठाईएको बताउनुभयो । संघर्ष समितिका केन्द्रीय सदस्य सिंह र चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जका संयोजक नन्दिता रिजालले सो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी आचार्यलाई बुझाउनुभयो । ज्ञापनपत्रमा ऐनले तोकेको दुई वर्षभित्र अस्पताल निर्माणको समयसिमा बढाएर पाँच वर्ष पुराउनु पर्ने, आयोग र सिटिईभिटिको कारण बन्द भएका कलेजमा तत्काल विद्यार्थी भर्नाको व्यवस्था मिलाउनु पर्नेलगायतका विभिन्न १४ बुँदे माग अघि सार्दै धर्ना, तथा प्रर्दशन समेतका क...
काज र करारका चिकित्सक तथा कर्मचारीले मात्र धानेको खजुरा क्यान्सर अस्पताल

काज र करारका चिकित्सक तथा कर्मचारीले मात्र धानेको खजुरा क्यान्सर अस्पताल

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सरकारसंग ४०० जना जनशक्ति माग गरेका छौं–अस्पताल प्रमुख सिराज खान नेपालगञ्ज, साउन २१ गते । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीहरुको उपचार गरिरहेको छ । यति धेरै क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र हुनुहुन्छ । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन । काज र करारामा रहनु भएका चिकित्सक र कर्मचारीहरु पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईले दैनिक २०० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताउनुभयो । उहाँले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफुले सं...
‘जोर्नी प्रत्यारोपण जस्तो जटिल शल्यक्रियालाई नेपालगञ्जमा सर्वसुलभ बनायौं’

‘जोर्नी प्रत्यारोपण जस्तो जटिल शल्यक्रियालाई नेपालगञ्जमा सर्वसुलभ बनायौं’

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
डा. तिर्थेन्द्र खड्का । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नेपालगन्ज, असार ३ । विभिन्न प्रकारका चोटपटक र सवारी दुर्घटनाले मानव शरीरमा हुने आघात ट्रमा नेपालमा हाडजोर्नी विधाको ठूलो समस्या हो । यस अन्तर्गत शरीरका विभिन्न हड्डीहरू भाँचिने अवस्था फ्याक्चर, दुर्बलता र अपाङ्गता पर्दछन् । बाथ तथा अन्य जोर्नीका दुखाइहरू, हड्डी खिइने रोग, सङ्क्रमण, हड्डीका अर्बुद रोग र बालबालिकाको शारीरिक विकासका क्रममा देखिने समस्या पनि नेपालमा प्रशस्तै भेटिन्छन् ।किशोर र युवाहरूमा बढेको खेलकुदजन्य कार्यहरू, नेपालमा अत्यधिक प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधन र विभिन्न दुर्घटनाका कारण मानव शरीरमा नयाँ खालका चोटहरू देखिन थालेका छन् । हड्डी नभाँचिने तर लिगामेन्ट, मेनिस्कस र क्याप्सुल जस्ता नरम तन्तुका चोटहरू चुनौतीका रूपमा देखा परेका छन् ।युवावस्थाका यी चोटहरूलाई उपचार गर्न अत्याधुनिक दूरबिन प्रविधिको खाँचो र लाम...
नेपालगञ्जलाई हरियो, सफा र स्वच्छ सहर बनाउने सरोकारवालाको प्रतिवद्धता

नेपालगञ्जलाई हरियो, सफा र स्वच्छ सहर बनाउने सरोकारवालाको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, असार १ । नेपालगञ्जलाई स्वच्छ, हरियो र सफा सहर बनाउनुपर्नेमा सबै सरोकारवाला एकमत देखिएका छन् । त्यसका लागि उनिहरुले आ आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठकमा सो प्रतिवद्धता जनाईएको हो । बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांश वातावरण संरक्षणमा सक्रिय अगुवा लगायत अन्य अधिकांश सरोकारवालाले नेपालगञ्जमा बढी भन्दा बढी बृक्षारोपणसंगै त्यसको संरक्षण र सरसफाईमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । बैठकमा बोल्दै नेपालगञ्ज उपमहानगर वातावरण महाशाखाका प्रमुख प्रकाश डिसीले नेपालगञ्जलाई हरियो र सफा...
बी ग्रुपद्धारा नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन तालिम सम्पन्न

बी ग्रुपद्धारा नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ ३१ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहरबाट हुने जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ । तालिममा नेपालगञ्जभित्र स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न २५ जना सरसफाईकर्मीको सहभागिता रहेको थियो । सरसफाईकर्मीलाई नेपालको स्वास्थ्यजन्य सरसफाई सम्बन्धि कानुन, नियम, सिद्धान्त, फोहरलाई स्रोतमै पृथकिकरणगर्ने प्रकृया र आवश्यकता, सुइ काट्ने तरिका, फोहरलाई सुरक्षित ढुवानी गर्ने प्रकृया, स्वास्थ्यजन्य फोहरलाई निर्मलिकरण गर्ने तरिका, निर्मलिकरण भए नभएको थाहा पाउने तरिका, फोहर व्यवस्थापन गर्दा सरसफाईकर्मीलाई हुन सक्ने जोखिम, जोखिम न्यूनिकरण गर्न आवश्यक कार्यहरु, जोखिमको मुल्याङ्कन बारेमा प्रदर्शन तथा छलफल गरिएको थियो । स्वास्थ्यजन्य फोहर विज्ञ गंगाबहादुर खत्री...