समाचारदाता
नेपालगञ्ज, जेठ ३० । स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठक नेपालगञ्जमा विभिन्न विषयमा छलफल गरेर मंगलवार सम्पन्न भएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को आयोजनामा सो बैठक सम्पन्न गरिएको हो ।
बि ग्रुपका उपाध्यक्ष मिरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि विभिन्न सरोकारवालाविच विषादी नहालिएको तरकारी तथा अन्य कृषि उत्पादनमा जोड दिनुका साथै ती उत्पादनको बजारीकरण लगायतका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
बैठकमा सहभागि अधिकांश कृषिसंग सरोकार राख्नेहरुले परीक्षणको अभावमा अधिकांश नेपालगञ्जवासी विषादी भएको तरकारी खान बाध्य भएको ठहर गर्दै विषादी नभएका अर्गानिक तरकारी खेतीमा जोड दिंदै अर्गानिक तरकारीका लागि बजारको समस्या नहुने बताएका थिए ।
नार्कक...
सिराज खान
नेपालगञ्ज, जेठ २९ गते । बाँकेको खजुरा खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ दसविगाहाका चारजना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।
ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेले दिनु भएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोज तलाश गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।
उद्धार तथा खोजी कार्यका लागि बज्रदल गण राँझाबाट मेजरको नेतृत्वमा १० जनाको उद्धार टोली र शसस्त्र प्रहरीको जानकी गाउँपालिका बढैयामा रहेको बिओपीबाट उद्धार टोलीले घटनास्थलमा ...
सिराज खान
नेपालगञ्ज, जेठ २७ गते । तातो हावा लु चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले बजार आउने सर्वसाधारणको सहजताकालागि नेपालगञ्जका युवाले नगरका विभिन्न चोकमा खानेपानी वितरण गरेका छन् ।
अत्यधिक गर्मीको बेला काम विशेषले बजार आउनेहरु खानेपानीको खोजीमा भौतारिने गरेको देखेपछि उनिहरुको सहजताका लागि ‘हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ पानी वितरण गरिएको जनाईएको छ ।
नेपालगञ्जका युवा समाजसेवी तथा अगुवा अजिज मलिकले बाहिर निस्कने वित्तिकै घाँटी सुकाउने गर्मीको बेला बजार निस्केका सर्वसाधारण र रिक्सा तथा ठेला चलाउने मजदुरलाई लक्षित गरेर शनिवार दुई चोकमा खानेपानी वितरण गरिएको बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोक र विपि चोकमा खानेपानी वितरण कार्य दिनभरि चल्ने जनाउँदै यसबाट प्रभावित भएर अन्य दिनमा अरुले पनि सोही कार्य गर्ने आशा लिएको बताउनुभयो ।
समाजसेवी मलिकले यस्ता प्रचण्...
समाचारदाता
नेपालगञ्ज, जेठ २६ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले रेडक्रस बाँकेसंग समन्वय गरेर यस क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मी र तातो हावा लु कारण जनजीवन कष्टकर बन्दै गएको ठहर गरि सो बाट जोगिनका लागि अपनाउनुपर्ने उपाय र सचेतना बारे सरसफाइकर्मी र कृषकलाई अभिमुखिकरण गरेर जानकारी गराएको छ ।
बी ग्रुपले एमडीएम फ्रान्सको साझेदारीमा बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सो अभिमुखिकरणको आयोजना गरेको हो ।
केहीदिनयता अत्यधिक बढेको तापक्रम र तातो हावा लु ले गर्दा सर्वसाधारण बिरामी पर्न थालेपछि संस्थाले नेपालगञज उपमहानगरका ३६ जना सरसफाई सुपरभाइजर र डुडुवा, खजुरा तथा नेपालगञ्जका गरेर १५ जना कृषक सुपरभाइजरलाई गर्मी र तातो हावाबाट जोगिनका लागि अभिमुखिकरण दिईएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्द...
समाचारदाता
नरैनापुर १२ जेठ । बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ ।
नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।
पालिकाको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद ...
-डा मो ऐनुद्दीन बागबान
विश्वभरी हरेक वर्ष मई २४ तारिखको दिन विश्व स्किजोफ्रेनिया दिवस मनाइने गरिन्छ। जसको शुरुवात सन् १९८६ देखि भएको थियो। यसको मुख्य उद्देश्य विश्वमा स्किजोफ्रेनियाबारे जनचेतना एवंजागरुकता फैलाउने तथा यससम्बन्धि समाजमा विद्यमान गलत धारणाहरुलाई निर्मूल पार्नेहो। विश्व स्वास्थ्य संगठन अनुसार, झण्डै १ प्रतिशत जनसंख्या स्किजोफ्रेनियाबाट पीडित रहेको पाइन्छ । एउटा अध्ययन अनुसार, यसरोगबाट ग्रसित व्यक्तिहरुले उचित औषधि उपचार नपाएर करीब २५ देखि ३० प्रतिशत बिरामीहरु गंभीर अवस्थामा पुगी आत्महत्यागर्ने गरेको पाइएकोछ। सिजोफ्रेनिया एउटा दीर्घकालीन कडा मानसिक स्वास्थ्य समस्या हो। जसलाई निम्न लक्षणहरुबाट पहिचान गरिन्छ।
स्किजोफ्रेनियाका लक्षणहरु
बिना आधार कुनै गलत बिश्वासमा अडिग रहने
नभएको आवाज सुन्ने र नभएको कुरा देख्ने
लक्ष्यहीन तथा अव्यवस्थित क्रियाकलापहरू
अर्थहीन बोलिचालि, आफैं ब...
समाचारदाता
नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ ।
‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो ।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्...
समाचारदाता
नेपालगञ्ज, जेठ १ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले कोहलपुर चौराहामा सार्वजनिक शौचालयको आवश्यकता लामो समयदेखि खड्किएकोमा क्लबले निर्माण गरेकोमा क्लब र कतार च्यारिटीप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले कोहलपुर नगरपालिकाभित्र रहेका सबै सार्वजनिक शौचालयलाई जनताका लागि निशुल्क प्रयोग गर्न पाउने गरि सञ्चालन गर्ने निर्णय गरिएको जनाउँदै यस क्षेत्रकै केन्द्रविन्दु रहेको यो नगरमा शौचालयको अभाव हुन नदिने प्रतिवद्...
सिराज खान
नेपालगञ्ज, बैशाख ३१ । पश्चिम नेपालकै तीन वटा प्रदेशको सबैभन्दा बढी सेवा र सुविधासम्पन्न सहरका रुपमा परिचित नेपालगञ्जमै कुनैपनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ केही समय अघि शुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनैपनि खोप नलगाएका बालबालिका भेटिएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा १७७ जना कुनै खोप नलगाएका बालबालिका भेटिएका छन् भने ६९२ जना बालबालिकाले विचैमा खोप लगाउन छोडेर खोपहरुको मात्रा पुरा नगरेको पाईएको छ ।
उहाँले हरेक दृष्टिकोणले सबै सेवा सुविधा लगायत शिक्षित समुदायको बसोबास रहेको सहरमा समेत यति धेरै बालबालिकाले कुनै पनि खोप नलगाउनु र करिब ७०० जनाले विचमै खोप लगाउन छोड्नु निकै चिन्ताजनक विषय भएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगर स्वास्...
सिराज खान
नेपालगञ्ज, बैशाख १ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक वरिष्ठ सर्जन डा रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट शुक्रवार विभूषित हुनु भएको छ। गत संविधान दिवसको अवसरमा सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।
शुक्रवार शितल निवास राष्टपति कार्यालयमा आयोजित एक भव्य कार्यक्रमका विच राष्टपति रामचन्द्र पौडेलले डा किदवाईलाई उक्त पदकबाट विभूषित गर्नु भएको छ ।
समाजमा अतिनै लोकप्रिय, सबैका मनप्रिय र सधैं समाजसेवा गर्न रुचाउने डा.किदवाईले पदक प्राप्त गर्नु भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै यस्ता सम्मान र पदकले समाजसेवा र जनसेवा गर्ने थप उत्साह र हौसला प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा लगायत अन्य समाजसेवामार्फत बाँके बर्दिया लगायत विभिन्न जिल्लाका जनताको निरन्तर सेवा गदेृ आउनु भएको छ ।...