सिराज खान
नेपालगञ्ज, चैत २८ गते । नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो ।
तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ ।
अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकम...
समाचारदाता
नेपालगञ्ज, चैत २७ । बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।
क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् ।
हस्तान्तरण कार्यक्रमको आयोजना गरेर पार्क परिसरमा निर्माण गरिएका पुरुषका लागि २, महिलाका लागि १ र अपाङ्गता भएका व्यक्तिका लागि १ गरि चारवटा शौचालय बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र उपाध्यक्ष पञ्चम गुरुंगले संयुक्त रुपमा पार्कका अध्यक्ष युवराज शाह, वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्ल र गाभर होम...
समाचारदाता
नेपालगञ्ज, चैत १८ । शाररिक रुफल अशक्त भै घरबाट विद्यालय जान नसक्ने भएकी बर्दिया गुलरियाकी अपाङ्गता भएकी एक किशोरीलाई बाँके युनेस्को क्लबले ट्राइसाइकल बितरण गरेको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह, चाडै विवाह र जबर्जस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल प्रदान गरियो ।
गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले चौधरीलाई संयुक्त रुपमा ट्राईसाइकल हस्तान्तरण गर्नुभयो ।
शाररीक अपाङ्गताको कारण सरस्वतीलाई विद्यालय जान असहज भएको जानकारी प्राप्त भए लगत्तै बाँके युनेस्को क्लवको पहलमा प्लान इन्टरनेशनल नेपालले सो ट्राईसाईकल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक ...
समाचारदाता
नेपालगन्ज, चैत १६ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधवार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा केपी घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्य पदहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बिक, जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ ।
हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमको अध्यक...
गम्भीर विरामीले उपचारका लागि अब काठमाण्डौ र भारत जानु नपर्ने
सिराज खान
नेपालगञ्ज, फागुन २१ । देशको संघीय राजधानी काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधासहितको लेभल ३ आइसीयू सेवा सुरु गरिएको छ ।
सो सेवा काठमाण्डौका पनि तीन वटा मात्र निजि अस्पतालमा रहेको जनाउँदै काठमाण्डौ बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याईएको वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै उहाँले सिकिस्त बिरामीको उपचार सेवालाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसीयू सेवा सुरु गरिएको बताउनुभयो । ‘अबदेखि कुनै पनि अतिगम्भीर विरामीले उपचारका लागि काठमाण्डौ वा भारतको लखनउ जानु पर्नेछैन । ती ठाउँमा पाईने उपचार सेवा हामीले नेपालगञ्जमै दिंदैछौं’–डा. थापाले भन्नुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा थापाका अनुसार य...
समाचारदाता
नेपालगञ्ज, फागुन ११ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा जी.आई.जेड नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य संसथाहरुकालागि स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ ।
सो अभिमुखिकरण कार्यक्रम उपमहानगरपालिकाका निजि अस्पताल, क्लिनिक, प्रयोगशाला, औषधी पसलहरुकालागि फागुन १० गतेदेखि १२ गतेसम्म यहाँ सञ्चालन भैरहेको छ । उक्त तालिममा फोहोरको वर्गिकरण, उपचार तथा विसर्जन बारे प्रशिक्षण दिइंदैछ ।
सो अभिमुखिकरण तथा तालिमले उपमहानगरपालिकाद्धारा सञ्चालन भैरहेको स्वास्थ्यजन्य फोहोरमैला एकिकृत व्यवस्थापन केन्द्रको सञ्चालन र व्यवस्थापनमा पनि सहजता हुने आशा गरिएको छ । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन आफ्नो प्राथमिकता रहेको र यस कार्यमा जी.आई.जेड नेपालले गरेको सहकार्य प्रशन्सनिय रह...
सिराज खान
नेपालगञ्ज, फागुन ११ गते । बाँकेमा १३ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु गरिएको छ । १२ पटक अभियान सञ्चालन गर्दा पनि धेरैले औषधी सेवन नगरेपछि विहिबारबाट १३ औं पटक सो अभियान शुरु गरिएको हो ।
नेपालगञ्ज वडा नम्बर ३ को कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा विहिबार सो अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा बाँके क्षेत्र नम्बर २ ख का प्रदेश सांसद आदेश कुमार अग्रवालले हात्तीपाइले विरुद्धको ओषधी सेवन गरेर अभियानको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोर लगायत स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले समेत औषधी सेवन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस...
समाचारदाता
नेपालगञ्ज, फागुन १० । नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
बाँकेमा धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिएपनि नेपालगञ्जकै मुस्लिम र मधेशी समुदायले हात्तीपाइलेको औषधी खान नमान्दा सो अभियान असफल हुँदै आएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयद्धारा हात्तीपाइले रोगको अवस्था र औषधीको महत्व बारे गराईएको जानकारी पश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागि मौलाना, हाफिज र कारी लगायतका धर्मगुरुहरुले औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।
...
सिराज खान
नेपालगञ्ज, फागुन ४ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले लघु उद्यमी महिलाहरुका लागि बाँकेको कोहलपुरमा दुई दिने बृहत्त निशुल्क स्वास्थ्य परीक्षण कार्यक्र सञ्चालन गरेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्थामा आवद्ध लघु उद्यमी महिलाहरुका लागि निर्धन उत्थान सन्जिविनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य परीक्षणमा पाठेघरसम्बन्धि समस्या लगायत अन्य विभिन्न समस्या भएका महिला उद्यमीहरुले स्वास्थ्य परीक्षण गराउनुभएको छ ।
सो स्वास्थ्य परीक्षण कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा ईन्द्रजित घोष, डा. राम विष्ट र फिजिसियनहरु डा. श्याम विक तथा डा. देवेन्द्र आचार्यलगायतले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभयो ।
सो शिविरमा कोहलपुर क्षेत्रका संस्थामा आवद्ध ३०० बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरिने तथा औषधी समेत वितरण गरिने निर्धन उत्थान लघुवित्त वित्तिय स...
समाचारदाता
नेपालगञ्ज, माघ १६ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले विषादी घटाउने बैकल्पिक मोडलहरुको पहिचान गर्न बजार सर्वेक्षण गराएको छ । सो सर्वेक्षण बारे सम्बन्धितलाई जानकारी दिन र सुझाव सल्लाह लिने उदेश्यले नेपालगञ्जमा सोमवार एक कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रम जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा वि ग्रुपद्धारा सञ्चालन गरिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको हो । सो सर्वेक्षण नेपालगञ्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकामा गरिएको थियो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बजार सर्वेक्षणका टीम लिडर शैलेन्द्र कुमार श्रेष्ठले सर्वेक्षण प्रतिवेदन विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । सो प्रतिवेदनमा विषादीको प्रयोग, त्यसको अवस्था, एकिकृत किट व्यवस्थापन र विषादी घटाउन अपाइने बैकल्पिक मोडलहरुका बारेमा ...