बाँकेमा फेरी कोरोना संक्रमित बढ्दै्, सचेत रहन आग्रह, सक्रिय संक्रमित पुगे ८३ जना
सिराज खान
नेपालगञ्ज, साउन २६ गते । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार केही समयअघि सक्रिय संक्रमित संख्या शुन्यमा झरेको थियो । बाँकेमा हाल ८३ जना सक्रिय संक्रमित पुगेको र उहाँहरु सबै होम आइसोलेसनमा रहेर उपचार गराइरहनुभएको जिल्ला कोभिड व्यवस् बाँकेका कोरोेना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
हाल दैनिक २० जनाभन्दा बढी संक्रमित थपिनेक्रम रहेको जनाउँदै परीक्षण गराउनेमध्ये अधिकांशलाई संक्रमण पुष्टि हुनेगरेको उहाँले बताउनुभयो । सो क्रममा बिहीबार मात्र बाँकेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालमा परीक्षण गराएका २३ जनामध्ये १६ जनामा र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरम...









