२७ मंसिर २०८२, शुक्रबार

स्वस्थ्य

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
.नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १० । बाँकेमा शिक्षकद्वारा एक छात्रामाथि बलात्कार प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवालले १५ वर्षीया छात्रामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार बलात्कार प्रयास गर्ने शिक्षकलाई पक्राउ गरि हिरासतमा राखिएको छ । शिक्षक जयसवालद्वारा आफूमाथि बलात्कार प्रयास भएको भनि ती छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि यस्तो घटना बाहिर आएको हो । डिएसपी न्यौपानेका अनुसार, शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाएको उहाँले बताउनुभयो । एन्जल्स हाई स्कुलका शिक्षक जयसवालले नेपालगन्ज सुर्खेतरोड स्थित सीएससी...
भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

भेरी अस्पताल विकास समितिका सदस्य चन्द र गौतमद्धारा पदभार ग्रहण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ९ । भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त हुनु भएका विमल चन्द र उषा गौतमले पदभार ग्रहण गर्नुभएको छ । सरकारको स्वास्थ्य मन्त्रालयले चन्द र गौतमलाई केही दिनअघि अस्पताल विकास समितिको सदस्यमा नियुक्त गरेको थियो । यसअघिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्ललाई असक्षम र असफल ठहर गर्दै मन्त्रालयले उक्त पदबाट निलम्बन गरी हटाएसँगै चन्द र गौतमलाई नियुक्त गरेको हो । सरकराले यसरी नियुक्त गरेका दुबे जनालाई सोमबार अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेसु विरेन्द्रबहादुर चन्दले सपथ खुवाई कामको जिम्मेवारी प्रदान गर्नुभयो । उक्त सपथ कार्यक्रममा भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो । सबैको सहयोग र सदभाववाट भेरी अस्पताललाई सस्तो सुलभ र गुणस्तरीय उपचार...
भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । भारतबाट पशुपंक्षीको अवैध आयातले वर्ड फ्लु लगायतको रोगको जोखिम बढेकोले सो अवैध आयात तत्काल रोक्न बाँकेका सरोकारवालाले माग गरेका छन् । अबैधरुपमा भारतबाट आयात गरिएका पशुपंक्षीमा वर्ड फ्लु लगायतका प्राणघातक रोग पनि आयात हुने भन्दै यसलाई नरोके अवस्था भयावह हुने चेतावनी समेत उनिहरुले दिएकाछन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासँगको अन्तक्रियामा सो माग गर्दै चेतावनी समेत दिईएको हो । जिल्लाका सुरक्षाकर्मी, नेपालगञ्ज भन्सार कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवालाहरु सहभागी रहेको सो कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा विनय कुमार कर्ण र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा भक्त निउरेले सीमाक्षेत्रबाट पशुपंक्षि आय...
लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
जे पाण्डे नेपालगञ्ज, फागुन ३ । सीमा क्षेत्रमा चरेस र अफिम ओसारपसारमा पक्राउ पर्नेमध्ये महिलाको संख्या बढ्दो छ । विपन्न महिलालाई नेपाल(भारत दुवैतर्फका लागूऔषध कारोबारीले भरियाको रुपमा प्रयोग गर्न थालेपछि पक्राउ पर्नेको संख्या बढेको प्रहरीको अनुसन्धानले देखाएको हो । प्रहरीका अनुसार छोराछोरी धरौटीमा राख्न लगाएर आमालाई लागूपदार्थ ढुवानीमा भरियाका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ । ‘भारतीय व्यापारीसँग मिलेर भरिया बनाए । छोराछोरीको पालनपोषण पनि गरिदिन्छौं भने,’ पक्राउ परेकी रोल्पाकी एक महिलाले भनिन्, ‘पठाउने मान्छे रोल्पाको हो ।’ भारतीय तस्करसँग मिलेका व्यापारीले आफूलाई चरेस र अफिम ओसारपसारको भरिया बनाउँदा छोराछोरीलाई अप्रत्यक्ष निगरानीमा राखेको उनले बताइन् । ‘जेलमा बस्दा पनि छोराछोरीलाई केही गर्ने हुन् कि भन्ने डरैडर भयो,’ उनले भनिन् । भरिया बन्न बाध्य भएका महिला सन्तानप्रतिको मायाले लागू...
समयमै छारे रोगको उपचार गराउन वरिष्ठ न्युरो सर्जन डा.न्यौपानेको आग्रह

समयमै छारे रोगको उपचार गराउन वरिष्ठ न्युरो सर्जन डा.न्यौपानेको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २ । अन्तर्राष्ट्रिय छारे रोग दिवसका अवसरमा सोमवार नेपालगञ्जमा छारे रोग सम्बन्धि साक्षात्कार कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा बोल्दै नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेसियालिटी सेन्टरका प्रमुख वरिष्ठ न्युरो सर्जन डा.जोशन न्यौपानेले समयमै उपचार गरे सबै छारे रोगहरु नियन्त्रण गर्न सकिने हुँदा सो तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले २ देखि ३ बर्षसम्म औषधि सेवन गरेपछि सो रोग नियन्त्रण हुने र त्यसपछि विस्तारै औषधिको मात्रा घटाएर निको पार्न सकिने हुँदा रोग लुकाएर नबस्न सबैलाई आग्रह गर्नुभयो । ५०औं पटकको जाँचमा पनि रोग नदेखिने जोखिम समेत हुने बताउँदै डा. न्यौपानेले सामान्य टोलाउनेदेखि बेहोस हुने अवस्थालाई छारे रोगको रुपमा बुझ्नुपर्ने जनाउनुभयो । टोलाउने, हात काँप्ने, बेहोस हुने सबै छारे रोगका प्रकारहरु हुन् । छारे रोग लागेपछि मानिस २ देख...
नेपालगञ्जमा सुपर पोलिक्लिनिक सञ्चालनमा, १५ दिन निशुल्क विरामी जाँच्ने

नेपालगञ्जमा सुपर पोलिक्लिनिक सञ्चालनमा, १५ दिन निशुल्क विरामी जाँच्ने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, फागुन १ । केही समययता एकपछि अर्को गरेर विभिन्न विशेषज्ञ क्लिनिक र अस्पतालहरु थपिंदै गएको नेपालगञ्जमा आइतवारबाट थप एक अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा आएको छ । नेपालगञ्जको सुर्खेतरोडस्थित गुरुद्धारासंगै जोडिएको भवनमा आइतवारबाट एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले विभिन्न विशेषज्ञ सेवाहरु दिने जनाईएको छ । सो पोलिक्लिनिकको एक समाराहेकाविच वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झाँ र वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एण्ड एण्डोक्राइनोलोजिस्ट डा. अल्तवान राहीले संयुक्त रुपमा उदघाटन गर्नुभयो । सो अवसरमा सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिका सञ्चालक समेत रहनुभएका डा. राहीले विरामीलाई सहजरुपमा विभिन्न प्रकारका उपचार सेवा दिनका लागि यो पोलिक्लिनिक सञ्चालनमा ल्याईएको बताउनुभयो । उहाँले फागुन १५ गते...
५५ ग्राम ब्राउनसुगरसहित तीनजना प्रहरी हिरासतमा

५५ ग्राम ब्राउनसुगरसहित तीनजना प्रहरी हिरासतमा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २७ । लागु औषधको कारोबार र ओसारपसारलाई पुर्ण रुपमा नियन्त्रण गर्न कस्सिएको बाँके प्रहरीले थप सफलता प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणको लागूऔषधसहित दुई जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ भने जमुनाह प्रहरी कार्यालयले पनि ब्राउनसुगरसहित एकजनालाई नाकाबाट पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगरको बिक्री वितरण हुदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट गएको टोलीले बुधबार राती नेपालगन्ज वडा नम्बर ४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित अछाम तुर्माखाद गाउँपालिका ७ घर भई हाल नेपालगन्ज बसपार्क बस्दै आएका १८ बर्षीय प्रेम चलाउने र अछामकै पञ्चदेवल बिनायक नगरपालिका ४ घर भई हाल सोही स्थानमा बस्दै आएका १८ बर्षीय गौरव विष्टलाई पक्राउ गरेको जनाईएको छ । पक्राउ परेका दुबै जनासँग लागू औषध कसुरमा थप आबश्यक अनुसन्धान भइरहेको जिल्...
बाँके बर्दियामा बाघ गणनाका लागि राखिएका २३ क्यामेरा चोरी र तोडफोड

बाँके बर्दियामा बाघ गणनाका लागि राखिएका २३ क्यामेरा चोरी र तोडफोड

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, स्वस्थ्य
रासस राँझा, बाँके, माघ २६ । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य रु ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो । न...
नर्स बनाईदिन्छु भन्दै तीन महिलाबाट ८ लाख बढी ठगीयो

नर्स बनाईदिन्छु भन्दै तीन महिलाबाट ८ लाख बढी ठगीयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २३ । बाँकेकै एक प्रतिष्ठित अस्पतालमा नर्सिङ्ग अध्ययन तथा नर्स बनाउँछु भन्दै तीन महिला ठगिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार दुई जना महिलासंग नर्सिङ्ग अध्ययन तथा नर्सको जागिर लगाउँछु भनेर ८ लाख रुपियाँ ठगि गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको छ । नर्सिङ्ग अध्ययनका लागि तीन लाख र जागिरका लागि पाँच लाख गरेर दुई जनाको ८ लाख ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ । नर्स बनाउँछु र जागिर लगाउँछु भनेर ठगिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएकोले प्रहरीले अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता, डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले ‘घटनाबारे अनुसन्धान अघि बढेको जनाउँदै तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताउनुभयो । आफुलाई नर्स बताउने दुई जनाले नर्सिङ्ग अध्ययनका लागि नाम निकालिदिने र जागिर लगाइदिने भन्दै...
राप्रपाका पुराना नेता मोहनसिंह केसीको निधन

राप्रपाका पुराना नेता मोहनसिंह केसीको निधन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २०। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मोहनसिंह केसीको विहिबार निधन भएको छ । नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखी मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो । तर, केही दिन पहिले मात्र उहाँका छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि पुत्र शोकका कारण उहाँको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । सोही कारणले उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् । स्वर्गिय नेता केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गर्नु भएको थियो । उहाँको पार्थिव शरिरमा राप्रपा महामन्त...