समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर र मधुवन नगरपालिकाका शिक्षकहरुका लागि आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा कार्यान्वयन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत शिक्षकहरुका लागि सो पाँच दिने प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको हो ।
बिशेषगरि विद्यालयका शिक्षकहरूलाई आत्मसुरक्षा प्याकेजमा पाँच दिने प्रशिक्षक तालिम दिनका लागि आयोजना गरिएको सो प्रशिक्षणमा बेचबिखन सम्बन्धी विषयहरू समावेश गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले तालिमको मुख्य उदेश्य र लक्ष्य शिक्षकहरूको क्षमता, ज्ञान र सीपमा अभिवृद्धि गर्नु रहेको जनाउँदै तालिम लिएर प्रशिक्षक बनेका शिक्षकहरुले विद्यालयका विद्यार्थीहरूलाई आत्मसुरक्षा सम्बन्धि प्याकेज सहज रुपमा दिन सक्ने बताउनुभयो ।
बर्दियाक...
समाचारदाता
नेपालगन्ज, चैत ४ । बाँकेका चर्चित युवा समाजसेवी राजा खान नेपालगन्जले मानव मात्रको सेवा र कल्याणका लागि गठन गरेको राजा खान बिईंग ह्यूमन समुहले जिल्लाको डुडुवा गाउँपालिकामा रहेको एक मदरसामा शौचालय निर्माण शुरु गर्नुका साथै त्यहाँ अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ छोटी हलबलडोलीमा रहेको मदरसा शहादतुल उलुममा शौचालय नहुँदा त्यहाँ अध्ययन गर्न आउने बालबालिका र सो मदरसाका शिक्षक तथा धर्मगुरुहरुलाई समस्या परिरहेको थाहा पाएर आफुले आफ्नो समुहको तर्फबाट शौचालय निर्माण कार्यको शुरुवात गरेको समाजसेवी राजा खानले बताउनुभयो ।
उहाँले सो मदरसामा शौचालय निर्माणको शिलान्यास गर्नुका साथै निर्माणमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने जनाउँदै त्यहाँ अध्यनरत विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको बताउनुभयो ।
...
समाचारदाता
नेपालगन्ज, चैत १ । बर्दिया जिल्लाको दुई वटा पालिकाका स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ ।
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नं. १ को पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं. ५ को पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको हो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पालिकाहरुलाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाल...
समाचारदाता
नेपालगन्ज, फागुन २६ । नेपालगन्जका चर्चित युवा समाजसेवी राजा खानले बाँके कारागारमा कैदी बन्दी जीवन बिताइरहेका मुस्लिम कैदी बन्दीहरुका लागि रमजानको रोजा इफ्तारीका लागि विभिन्न खाद्य सामाग्रीसहित फलफूल सहयोग प्रदान गर्नु भएको छ ।
अहिले मुस्लिम समुदायको सबैभन्दा पवित्र महिना रमजान पर्व चलिरहेकोले कारागारमा रहेका कैदी बन्दीहरुलाई रोजा इफ्तार गर्न सहयोग पुगोस भनेर आफुले थोडै भएपनि इफ्तारका लागि खाद्यान्नसहित फलफूल सहयोग प्रदान गरेको समाजसेवी खानले बताउनुभयो ।
उहाँले रमजानको बेला धनि, गरिब र मध्यम सबै बर्गले राम्रोसंग रोजा खोल्न पाउन भन्ने उदेश्यका साथ आफुले सहयोग गर्दै आएको जनाउँदै कैदी बन्दीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
सोमवार दिउँसो समाजसेवी खानसहितको युवाहरुको एक टोलीले नेपालगन्ज कारागारमा पुगेर सो खाद्य सामाग्री कारागार प्रशासनमार्फत कैदीहरुलाई प्रदान गर...
समाचारदाता
नेपालगन्ज, फागुन २५ । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधकिारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सो वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले बालविवाह र महिला हिंसा रोक्नका लागि महिलाहरु आफै सक्रिय भएर अगाडी आउनुपर्ने बताउनुभयो ।
उहाँले सानै उमेरमा बालबालिकाको बिवाह गर्दा बालबालिकालाई पर्ने सामाजिक र मानसिक असरले उनीहरूको विकास हुन नसक्ने र स्वास्थ्यमा प्र...
समाचारदाता
नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका स्वास्थ्य शाखासंगको संयुक्त आयोजनामा मधुवन नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र अपाङ्गता मैत्री स्वास्थ्य सेवा सम्बन्धी स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम प्रदान गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको सशक्त बालिका परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरेको हो । सो तालिममा मधुवनका स्वास्थ्य इकाइ, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका गरी जम्मा १९ जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए ।
अपाङ्गता, किशोरीमैत्री सेवा, बालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचका साथै सेवा लिन आएका बिरामीले सुरक्षित, भयरहित वातावरणमा बालस्वास्थ्य सेवा लिन पाउने बारेमा जानकारी गराउने उदेश्यले सो तालिम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका ...
समाचारदाता
नेपालगन्ज, फागुन १४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा किशोरीहरुकालागि मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले किशोरीहरूलाई व्यक्तिगत, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरू सामना गर्न आवश्यक सीप, ज्ञान र भावनात्मक सहनशीलता प्रदान गर्दै उनीहरूमा आत्म–विश्वास र आत्म–सम्मान निर्माण गर्ने उदेश्यले सो तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा किशोरीहरुको आत्म–मूल्यलाई प्रोत्साहन दिने, सचेत निर्णय लिन सशक्त बनाउने, सामना गर्ने रणनीतिहरू, सञ्चार र अन्तरव्यक्तिगत सीपहरू विकास गर्ने, मानसिक स्वास्थ्यको चेतना फैलाउने, समस्या समाधान र निर्णय लिने क्षमता विकास गर्ने गरि ...
समाचारदाता
नेपालगन्ज, फागुन ९ । बर्दियाको बढैयाताल गाउँपालिका अन्तर्गत नौ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, प्रतिनीधी तथा स्वास्थ्य सेवा प्रदायककालागि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउनकालागी प्लान इन्टरनेसनल नेपाल र बाँके यूनेस्को क्लबको साझेदारीमा शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण सञ्चालन गरिएको हो ।
स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्गमैत्री, किशोरकिशोरी मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका साथै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुच, नीती निर्देशिका बारे जानकारी गराउने उद्देश्यले संचालित सो तालिममा स्वास्थ्य शाखा, स्वास्थ्य चौकि तथा आधारभूत स्वास्थ केन्द्रका २० जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस, सेवा लिन आएका विरामीहरुले सुरक्षीत र भयरहीत बाता...
पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न
समाचारदाता
नेपालगन्ज, फागुन ८ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो गोष्ठि विहिवार सम्पन्न भएको हो ।
डुडुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो गोष्ठिमा गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा प्रस्तुत गनुृका साथै उनिहरुको व्यवस्थापनको बारेमा बिस्तृत छलफल भएको थियो ।
कार्यक्रममा बालबालिकाको पोषण लेखाजोखा प्रस्तुत गर्दै गाउँपालिकामा कडा सिघ्र कुपोषण भएका ३२ जना बालबालिका भेटिएको र २१४ जना मध्यम सिघ्र कुपोषण भएका बालालिका भेटिएको जानकारी गराईएको थियो ।
कडा सि...
समाचारदाता
नेपालगन्ज, फागुन ६ । पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन राम्रोसंग हुन नसक्दा नगरको सरसफाई र स्वच्छतामा कमी कमजोरी देखिएकोले फोहोर व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्नेमा एक कार्यक्रममा बिशेष जोड दिईएको छ ।
एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा मंगलवार यहाँ आयोजना गरिएको सार्वजनिक निजि साझेदारी मञ्चको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांशले पछिल्लो समयमा आएर नेपालगन्जको सरसफाई खस्किंदै गएकोले सो बारेमा सम्बन्धित निकायले तत्काल ध्यान दिनु पर्ने बताएका थिए ।
पेशागत स्वास्थ्य सुुरक्षा निर्देशिका का...