नेतृत्व विकास र स्थानीय तहमा सहभागिताका लागि ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु
समाचारदाता
नेपालगन्ज, जेठ २ । प्लान इन्टरनेशनल नेपालको साझेदारी र बाँके युनेस्को क्लब लगायतका विभिन्न गैर सरकारी संघसंस्थाको आयोजनामा बर्दियाको ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु भएको छ ।
बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, बिग्रुप र स्थानीय पालिकाहरुको समन्वयमा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चल्ने सो भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्यबाट ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेको बाँके युनेस्को क्लव, सशक्त बालिका परयोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
उहाँले युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सहयोगमा स्था...









