समाचारदाता
नेपालगञ्ज, मंसिर २९ । बाँके युनेस्को क्लबले बर्दियामा रोजगारदाता तथा कामदारहरुविच मर्यादित कार्यको लागि लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले संचालन गरेको पर्ल परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
रोजगारदाता तथा महिला र पुरुष कामदारवीच मर्यादित कार्य र लैगिंक समानताको साथै सुरक्षित वातावरण निर्माणका लागि सो सचेतिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले लैंगिक समानता नहुँदा विशेषगरि महिलालाई विभिन्न समस्या आउने गरेकोले त्यस्ता समस्या नआउन भन्ने उदेश्य सो कार्यक्रमको रहेको बताउनुभयो ।
बर्दिया जिल्लाका विभिन्न पालिकामा यस्ता सचेतिकरण कार्यक्रमहरु भैरहेको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
रोजगगारस्थलमा कार्यरत महिला पुरुष कामदारहरु बिच समान व्यवहार र सम...
समाचारदाता
नेपालगन्ज, मंसिर २२ । समाज कल्याण परिषद्को एक टोलीले बाँकेका विभिन्न स्थानमा कतार च्यारेटिको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेका कार्यक्रमहरुको स्थलगत अनुगमन गरेको छ ।
समाज कल्याण परिषदका वरिष्ठ अधिकारी धनपति खरेलको नेतृत्वमा रहेको खानेपानी तथा सरसफाई मन्त्रालयका डिलमान शाक्यसहितको सो टोलीले जिल्लाको नरैनापुर, नेपालगञ्ज र खजुरामा पुगेर विभिन्न कार्यक्रमको अनुगमन गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
कतार च्यारिटि नेपालका निर्देशक इरशाद अली शेख, कार्यक्रम संयोजक केफास महर्जन र पत्रकारहरु समेत संलग्न परिषदको सो अनुगमन टोलीले सबैभन्दा पहिले नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य सेवा (पीएचसी) मा पुगेर कतार च्यारिटीले त्यहाँ दिएको स्वास्थ्य उपकरणको प्रयोग र त्यसको परिणाम बारे छलफल गर्नुका साथै अस्पतालको अनुगमन गरेको थियो ।
सो अवसरमा नरैनापुरको स...
समाचारदाता
नेपालगञ्ज, मंसिर १७ गते । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन लागिएको हो ।
बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम प्रदान गरिने बताउनुभयो ।
महिलाहरुले सेक्युरिटीगार्ड, ड्राईभ...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, मंसिर ११ । पाँचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आइतवार उद्घाटन गरिएको छ ।
नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयको भवनमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले उद्घाटन गर्नु भएको थियोे । श्रम तथा रोजगार कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्राइभेट संस्थामा कामगर्ने श्रमिक र रोजगारदाता दुवैलाई फाईदा पुग्नेगरी लिएको योजना लाभदायक भएको भन्दै सहायक सिडियो शर्माले आफ्नो कार्यालयबाट यस कार्यालयलाई सफल बनाउन कुनै सहयोग आवश्यक भएमा सदैब तत्पर रहेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौंमा प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु हुने पुर्ण बहादुर नेपालीले सञ्चालन गरेको कार्यक्रमको सभापति श्रम तथा रोजगार कार्यालय नेपालगन्...
सिराज खान
नेपालगञ्ज, कात्तिक २३ गते । बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले अधिकांश उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिति सिर्जना भएको हुँदा व्याजदर घटाउन माग गर्दै कोहलपुरका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा आ–आफ्ना उद्योग व्यवसाय बन्द गरेर बुधबार कोहलपुरका सबै उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्थाको व्यवसायीप्रतिको व्यवहार र व्याजदरले उद्योग व्यवसाय धराशायी भएको जनाउँदै आन्दोलनको विकल्प नरहेकाले बाध्य भएर सडकमा आउनु परेको बताउनुभयो ।
संघको सो आन्दोलन र विरोध प्रदर्शनमा विभिन्न व्यवसायी संघसंस्थाले पन...
अन्य योजनाको पनि केही दिनमै काम शुरु हुने जानकारी
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २० । पछिल्लो पटक निकै कम समयका लागि मन्त्री बन्ने अवसर पाएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो ।
विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो ।
भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो ।
जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बज...
राष्टिय समाचार समिति
नेपालगञ्ज, असोज २६ । सात दिनसम्म निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ ।
अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा १ हजार ६ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए ।
त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डु...
सिराज खान
नेपालगञ्ज, असोज १३ । केही समय अघिसम्म दुई छाक टार्नका लागि अतिनै संघर्ष गरिरहेकी नेपालगञ्ज २ की लक्ष्मी थारु अहिले दैनिक पाँच सयदेखि सात सय रुपियाँसम्म आम्दानी गरिरहेकी छन् ।
जिविका गुजार्न समस्या भएपछि कयौं पटक आफन्तकोमा गएर गुहार गर्नु पर्ने अवस्थाबाट गुज्रिनुपरेको सम्झदैं उनि भन्छिन्– कति दुख पाईयो, कति भन्नै गाह्रो छ । तर अहिले त्यस्तो अवस्था छैन, अहिले त म बसीबसी मजाले दैनिक सातसयसम्म कमाउँछु ।
अहिले उनको मुहार उज्यालो छ । मुस्कुराउँदै उनले अहिले त खान लाउन दुबै पुगेको बताइन् । कतार च्यारिटिको सहयोगमा बाँके युनेस्को क्लबले किराना पसल खुलाईदिएपछि चौधरीको जिवनमा ठुलो परिवर्तन आएको हो ।
आयआर्जनका लागि व्यवसायीक विकास परियोजना अन्तर्गत पाएको किराना पसलमा अहिले उनी विहानदेखि बेलुकासम्म व्यस्त छिन् । दैनिक उपभोगका सामाग्री बेचेर सोही पसलबाट दैनिक पाँचसयदेखि सातसय रुपियाँसम्म आ...
समाचारदाता
नेपालगञ्ज, असोज ४ । नेपालगन्ज–२ घरवारीटोलस्थित मिरज सु मार्टका सन्चालक जेनिशा आचार्य (जैसी) ले ब्यापारको सिजन छोप्न ऋणधन गरेर पसलमा सामान हाल्नु भएको थियो ।
तर, दुर्भाग्य गत भदौ ३१ गते राती उनको पसलमा बिद्युत सर्ट भएर आगलागी भयो । आगलागीबाट दशैं, तिहारको सिजनमा बिक्रीका लागि राखिएका सबै सामान जलेर नष्ट भए ।
‘दशैं,तिहारको सिजनका लागि सामान राखेकी थिएन, आगलागीले सबै ध्वस्त बनायो ।’ आचार्यले दुःखेसो पोख्दै भन्नुभयो–‘ अब के गर्ने कसरी गर्ने, सबैथोक बर्बाद भयो ।’ आचार्यका अनुसार,आगलागीबाट ५५ लाख रुपियाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ ।
पसलमा रहेका जुत्ता चप्पल र पसल डेकोरेसनका सामाग्री कामै नलाग्ने अवस्थामा पुगेको छ । आचार्यले पाँच बर्षदेखि यहाँ व्यवसाया गर्दै आउनु भएको थियो । ऋण गरेर व्यवसाय गर्नु भएका उहाँलाई अहिले ऋण तिर्ने तनाव भएको छ ।
उहाँको चिन्ता छ –‘अब त्यो पैसा कसरी...
सिराज खान
नेपालगञ्ज, असोज ४ गते। बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रुपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मङ्गलबार बाँकेका नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गर्दा त्यस्तो पाइएको समितिले जनाएको छ।
समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको टोलीले नदी, खोला र क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो। टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा खोला, शक्तिमा क्रसर उद्योग, राप्ती सोनारी प्रोसेसिङ प्रा।लि। लगायतको स्थलगत अनुगमन गरेको छ। अनुगमन कार्य जारी रहको र साँझसम्म रहने जनाइएको छ।
अनुगमनका क्रममा अवैध उत्खननमा संलग्न रहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिनुभयो।
नियमित रूपमा अनुगमन नहुँदा जिल्लाका नदी तथा खोलामा अवैध उत्खनन् बढेको ...