समाचारदाता
नेपालगञ्ज, पुस १२ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले नेपालगञ्ज २० मनिकापुरका ५० जना कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको छ । यसअघि डुडुवाका ५२ जना किसानलाई पिपिई सेट वितरण गरेको सो संस्थाले मंगलवार नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० मा ५० जना किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको हो ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगञ्ज २० मा रहको साथी स्वावलम्बन बहुउदेश्यीय कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो ।
वडा नम्बर २० का वडा सदस्य चन्द्र बहादुर बुढाले कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गर्दै यसले किसानको पेशागत तथा वातावरण...
समाचारदाता
नेपालगञ्ज, पुस ९ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले बाँकेको डुडुवा गाउँपालिकाको ५२ कृषक समहुहरुलाई व्यक्तिगत सुरक्षाका लागि पीपीई सेट वितरण गरेको छ ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत डुडुवा गाउँपालिकाको वडा नम्बर ६ हिरमिनियामा रहको जनएकता बहुउदेश्यीय सहकारी संस्थामा आवद्ध कृषक समुहहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले कृषकको सुरक्षालाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएकोले यसबाट राम्रो परिणाम आउने बताउनुभयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराज मिश्र र जनएकता बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रफिक खाँले किसानको व्यक्तिगत सुरक्षाका लागि वितरण गरिएको पीपीई सेटले सुरक्षामा महत्वपुर्ण भू...
समाचारदाता
नेपालगञ्ज, पुस ४ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारकालागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम शुरु गरिएको हो ।
बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि शुरु गरिएको कार्यक्रम अन्तर्गत १८ जना महिलालाई सेक्युरेटि गार्डको तालिम दिन शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले महिलाको रोजाई अनुसार तालिम दिने कार्य भैरहेको जनाउँदै यो कार्यक्रमले धेरै महिलालाई स्वरोजगार बनाउने बताउनुभयो ।
क्लबका अनुसार कम्प...
समाचारदाता
नेपालगञ्ज, मंसिर २९ । बाँके युनेस्को क्लबले बर्दियामा रोजगारदाता तथा कामदारहरुविच मर्यादित कार्यको लागि लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले संचालन गरेको पर्ल परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
रोजगारदाता तथा महिला र पुरुष कामदारवीच मर्यादित कार्य र लैगिंक समानताको साथै सुरक्षित वातावरण निर्माणका लागि सो सचेतिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले लैंगिक समानता नहुँदा विशेषगरि महिलालाई विभिन्न समस्या आउने गरेकोले त्यस्ता समस्या नआउन भन्ने उदेश्य सो कार्यक्रमको रहेको बताउनुभयो ।
बर्दिया जिल्लाका विभिन्न पालिकामा यस्ता सचेतिकरण कार्यक्रमहरु भैरहेको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
रोजगगारस्थलमा कार्यरत महिला पुरुष कामदारहरु बिच समान व्यवहार र सम...
समाचारदाता
नेपालगन्ज, मंसिर २२ । समाज कल्याण परिषद्को एक टोलीले बाँकेका विभिन्न स्थानमा कतार च्यारेटिको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेका कार्यक्रमहरुको स्थलगत अनुगमन गरेको छ ।
समाज कल्याण परिषदका वरिष्ठ अधिकारी धनपति खरेलको नेतृत्वमा रहेको खानेपानी तथा सरसफाई मन्त्रालयका डिलमान शाक्यसहितको सो टोलीले जिल्लाको नरैनापुर, नेपालगञ्ज र खजुरामा पुगेर विभिन्न कार्यक्रमको अनुगमन गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
कतार च्यारिटि नेपालका निर्देशक इरशाद अली शेख, कार्यक्रम संयोजक केफास महर्जन र पत्रकारहरु समेत संलग्न परिषदको सो अनुगमन टोलीले सबैभन्दा पहिले नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य सेवा (पीएचसी) मा पुगेर कतार च्यारिटीले त्यहाँ दिएको स्वास्थ्य उपकरणको प्रयोग र त्यसको परिणाम बारे छलफल गर्नुका साथै अस्पतालको अनुगमन गरेको थियो ।
सो अवसरमा नरैनापुरको स...
समाचारदाता
नेपालगञ्ज, मंसिर १७ गते । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन लागिएको हो ।
बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम प्रदान गरिने बताउनुभयो ।
महिलाहरुले सेक्युरिटीगार्ड, ड्राईभ...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, मंसिर ११ । पाँचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आइतवार उद्घाटन गरिएको छ ।
नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयको भवनमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले उद्घाटन गर्नु भएको थियोे । श्रम तथा रोजगार कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्राइभेट संस्थामा कामगर्ने श्रमिक र रोजगारदाता दुवैलाई फाईदा पुग्नेगरी लिएको योजना लाभदायक भएको भन्दै सहायक सिडियो शर्माले आफ्नो कार्यालयबाट यस कार्यालयलाई सफल बनाउन कुनै सहयोग आवश्यक भएमा सदैब तत्पर रहेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौंमा प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु हुने पुर्ण बहादुर नेपालीले सञ्चालन गरेको कार्यक्रमको सभापति श्रम तथा रोजगार कार्यालय नेपालगन्...
सिराज खान
नेपालगञ्ज, कात्तिक २३ गते । बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले अधिकांश उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिति सिर्जना भएको हुँदा व्याजदर घटाउन माग गर्दै कोहलपुरका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा आ–आफ्ना उद्योग व्यवसाय बन्द गरेर बुधबार कोहलपुरका सबै उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्थाको व्यवसायीप्रतिको व्यवहार र व्याजदरले उद्योग व्यवसाय धराशायी भएको जनाउँदै आन्दोलनको विकल्प नरहेकाले बाध्य भएर सडकमा आउनु परेको बताउनुभयो ।
संघको सो आन्दोलन र विरोध प्रदर्शनमा विभिन्न व्यवसायी संघसंस्थाले पन...
अन्य योजनाको पनि केही दिनमै काम शुरु हुने जानकारी
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २० । पछिल्लो पटक निकै कम समयका लागि मन्त्री बन्ने अवसर पाएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो ।
विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो ।
भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो ।
जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बज...
राष्टिय समाचार समिति
नेपालगञ्ज, असोज २६ । सात दिनसम्म निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ ।
अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा १ हजार ६ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए ।
त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डु...