जे पाण्डे
नेपालगञ्ज, फागुन ३ । सीमा क्षेत्रमा चरेस र अफिम ओसारपसारमा पक्राउ पर्नेमध्ये महिलाको संख्या बढ्दो छ । विपन्न महिलालाई नेपाल(भारत दुवैतर्फका लागूऔषध कारोबारीले भरियाको रुपमा प्रयोग गर्न थालेपछि पक्राउ पर्नेको संख्या बढेको प्रहरीको अनुसन्धानले देखाएको हो ।
प्रहरीका अनुसार छोराछोरी धरौटीमा राख्न लगाएर आमालाई लागूपदार्थ ढुवानीमा भरियाका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ । ‘भारतीय व्यापारीसँग मिलेर भरिया बनाए । छोराछोरीको पालनपोषण पनि गरिदिन्छौं भने,’ पक्राउ परेकी रोल्पाकी एक महिलाले भनिन्, ‘पठाउने मान्छे रोल्पाको हो ।’ भारतीय तस्करसँग मिलेका व्यापारीले आफूलाई चरेस र अफिम ओसारपसारको भरिया बनाउँदा छोराछोरीलाई अप्रत्यक्ष निगरानीमा राखेको उनले बताइन् । ‘जेलमा बस्दा पनि छोराछोरीलाई केही गर्ने हुन् कि भन्ने डरैडर भयो,’ उनले भनिन् । भरिया बन्न बाध्य भएका महिला सन्तानप्रतिको मायाले लागू...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २ । नेपालगञ्जको सुर्खेतरोड विस्तार गर्ने नाममा सडक विभागले आतंक मच्चाइरहेको भन्दै नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यसमितिले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
नगर सभापति प्रशान्त विष्ट नेतृत्वको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई भेटेर मन्त्रीपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा आइसकेको विषय विपरीत संरचना भत्काउनका लागि बहालमा बसेका संघसंस्था र बैंकहरुलाई पत्राचार गर्नु अवैधानिक भएको भन्दै तत्काल यो कार्य रोक्न माग गरेको छ ।
सडक विभागले गरिरहेको यस्तो कार्य भत्सर्नायोग्य भएको नेपालगञ्ज नगर कार्यसमितिको ठहर छ । सडक विस्तारका नाममा बर्षेनी जनतालाई आतंकित बनाउने र करोडौंका सम्पत्ति तोडफोड गर्ने कार्य गलत भएको उसको भनाई छ । सुर्खेतरोड विस्तार गर्ने क्रममा यसअघि नै मन्त्रीपरिषद् स्तरीय निर्णयबाट विल्ट अप एरिया (ब...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । छात्रालाई शिक्षामा टिकाइ राख्नका लागि डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका १२२ छात्राहरुलाई साईकल वितरण गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो ।
विक्रम सम्बत २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १२२ जना छात्रालाई साईकल वितरण गरिएको हो ।
शनिबार एक समारोहका विच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।
उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २५ । विभिन्न प्रकारका अवैध चोरी पैठारी र तस्करीका घट्नाहरु हुने गरेको बाँकेमा अवैध काठ कटान र काठ तस्करी पनि बढेको पाईएको छ । पछिल्लो समयमा आएर बाँके जिल्लाका धेरै सामुदायीक वनमा कतै सामुदायीक वनकै पदाधिकारी त कतै काठ तस्करहरुद्धारा अवैध वन फडानी र काठ कटान भैरहेको पाईएको छ ।
सोही क्रममा बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ ।
सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा तस्करी गर्ने उदेश्यले राखिएको उक्त काठ फेला पारेको थियो ।
प्रहरीले बरामद गरेको काठ हजरात सामुदायिक वनका पदाधिकारीलाई बुझाएको प्रहरीले जनाएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २५ । विभिन्न प्रकारका अवैध आयात र तस्करी हुँदै आएको नेपाल भारत नाकाबाट चाँदीका तयारी गहना पनि ठुलो परिमाणमा भारतबाट नेपालतर्फ तस्करी हुने गरेको खुलासा भएको छ । सशस्त्र प्रहरीले अवैध करिब ९ लाख रुपियाँको चाँदीका तयारी गहना बरामद गरेपछि सो खुलासा भएको हो । नेपालगञ्ज १६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ३२ इके८१९६ नम्बरको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम ढिक्का ४ पिस र २ किलो ५११ ग्राम बनेको गरगहना पाउजु, औंठी गरी जम्मा ८ किलो २९६ ग्राम चाँदीसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट मंगलवार बिहान ११ बजे सशस्त्र प्रहरी सहा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २४ । भन्सार राजस्व छलेर भारतबाट ल्याउने गरिएको अवैध सामानका विरुद्ध प्रहरीले सक्रियता बढाउँदै गएको छ । तर, सो संगसंगै तस्करहरुले पनि आफ्नो सक्रियता बढाएका छन् । प्रहरीले पछिल्लो समयमा आएर सोमवार नेपालगन्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको १ लाख ३३ हजारको अवैध सामान बरामद गरेको छ ।
भन्सार राजस्व छलेर ल्याईएको बच्चाको ज्याकेट, टिसर्ट, धोती, कूर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।
विष्टका अनुसार तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ ।
लागु औषधको ओसारपसार र कारोबार ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २४ । प्रहरीले भारतबाट ल्याउन प्रतिवन्ध लगाईएका ठुलो परिमाणमा कुखुरा र ओसारपसारमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नवाजी गाउँबाट ८ कुइन्टल अवैध तथा हानिकारक कुखुरा बरामद गरेको हो ।
गत केही समयदेखि नेपाली कुखुरा पालक किसान र कुखुरा उत्पादक व्यवसायीले प्रहरी प्रशासनमाथि भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव दिंदै आएका छन् । किसान र व्यवसायीको मागलाई ध्यानमा राखेर प्रहरीले पनि कडाई शुरु गरेको देखिएको छ । सोही क्रममा केही समययता आएर दैनिकजसो अवैध कुखुराहरु बरामद गर्ने कार्यले तिव्रता पाएको छ ।
सोही क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले जानकि गाउँपालीका वडा नं. २ नवाजी गाउँबाट तीनवटा मोटरसाइकलमा भित्र्याइएका ८ कुइन्टल अवैध कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २३ । बाँकेकै एक प्रतिष्ठित अस्पतालमा नर्सिङ्ग अध्ययन तथा नर्स बनाउँछु भन्दै तीन महिला ठगिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार दुई जना महिलासंग नर्सिङ्ग अध्ययन तथा नर्सको जागिर लगाउँछु भनेर ८ लाख रुपियाँ ठगि गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको छ । नर्सिङ्ग अध्ययनका लागि तीन लाख र जागिरका लागि पाँच लाख गरेर दुई जनाको ८ लाख ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ ।
नर्स बनाउँछु र जागिर लगाउँछु भनेर ठगिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएकोले प्रहरीले अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता, डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले ‘घटनाबारे अनुसन्धान अघि बढेको जनाउँदै तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताउनुभयो ।
आफुलाई नर्स बताउने दुई जनाले नर्सिङ्ग अध्ययनका लागि नाम निकालिदिने र जागिर लगाइदिने भन्दै...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २२ । कोहलपुर नगर पालिका कार्यालयको प्रांगणमा निर्माण भैरहेको अस्पताल भवन निर्माणको क्रममा गुणस्तरहीन निर्माण कार्य भैरहेको आरोप लागेको छ । कोहलपुर नगरपालिका कार्यालय भित्रै झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाई बिम निमाण गर्दा गुणस्तरहीन कार्य गरिएको गुनासो उठेको हो।
कुनैपनि भवनको बलियो निर्माणका लागि टाई बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर सो अस्पतालमा त्यसो नगरी हिलो माथि निर्माण भई रहेको जनाईएको छ । हिलो माथि निर्माण गर्दा कतिपय स्थानमा टाई बिम भत्की सकेको तथा लच्केको भए पनि हिलो माथि नै बिम राख्ने काम भने नरोकीएको स्थानीयले जनाएका छन् । टाई बिम अधिकांस स्थानमा भत्कीसकेको भएपनि त्यसलाई सुधार गर्ने भन्दा हिलो माथि नै बिम हाल्ने काम नरोकीएको स्थानीयको भनाई छ ।
कोहलपुर नगरपालिका कार्यालय भित्रै...
सिराज खान
नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ ।
नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताउनुभयो । जसकाकारण करिब २० करोड रुपियाँको क्षति भएको उहाँले बताउनुभयो ।
एउटै व्यवसायीले पकाउन राखिएका ५ लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको जनाउँदै अहिले इँटा पकाउने सिजन भएकाले भट्टामा बलेको आगो समेत निभिसकेकाले फेरि जलाउनु परेमा क्षति अझै बढेर जाने बताउनुभयो । व्यवसायीकाअनुसार खुला चौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश...