१० बैशाख २०८३, बिहीबार

अर्थ

नरैनापुरको ५१ करोड ६३ लाखको बजेट र निति तथा कार्यक्रम पारित

नरैनापुरको ५१ करोड ६३ लाखको बजेट र निति तथा कार्यक्रम पारित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ११ । बाँकेको नरैनापुर गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले १८ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२र ०८३ को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । कार्यक्रममा सभाका सदस्य एवं वडा नं ६ का वडा अध्यक्ष प्रेम मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो भने सभाले सर्वसम्मत रुपमा निति कार्यक्रम तथा बजेट पारित गरेको नरैनापुरका प्रेस बिज्ञ आलम खानले जानकारी दिनु भयो । नीति कार्यक्रममा कृषितर्फ ‘कृषि उपज बजारसम्म( मुनाफा किसानको खल्तिसम्म’ पुग्नेगरी मूर्त र वस्तुवादी कार्यक्रम बनाउने नीति गाउँपालिकाले ल्याएको छ । कृषि पकेट क्षेत्रको विकास र विस्तार गर्दै एक टोल एक उत्पादन कार्यक्रम तर्जुमा गर्ने, किसान सूचिकरण तथा परिचय पत्र वितरणको कामलाई यथाशिघ्र लागु गर्ने, कृषि सहकारीलाई आवद्...
बाँकेको डुडुवा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट, निति तथा कार्यक्रम पारित

बाँकेको डुडुवा गाउँपालिकाले ल्यायो ५६ करोडको बजेट, निति तथा कार्यक्रम पारित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार १० । बाँकेको डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट मंगलवार प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र ५६ करोड १६ लाख ८ हजार रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अध्यक्ष चौधरीले प्रस्तुत गर्नु भएको बेजटमा संघिय सशर्त अनुदान चालुतर्फ २४ करोड २५ लाख, संघिय समपुरक अनुदानतर्फ १ करोड, विशेष अनुदान (प्रदेश) तर्फ १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ ७५ लाख, प्रदेश ससर्त अनुदान १ करोड २० लाख र आन्तरिक आयतर्फ ५ करोड ८७ लाख रुपियाँ ...
कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत साे सहयोग बितरण गरिएको हाे । ३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका १६ जना युवतीहरूलाई उक्त सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बताउनुभयो । उहाँका अनुसार कुखुरा पालन व्यवसाय तालिममा सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता मार्फत २३ हजार ७३० रुपियाँ बराबरको सामग्री वितरण गरिएको थियो। स्थानीय जातका कुखुरा पालनका लागि युवतीहुरुलाई स्थानीय कुखुराको चल्ला, फिडर, ड्रिंङ्गकर, डिजिटल तौल मेसिन, एप्रोन, पँजा, दाना, ब्रुडर, कुखुरे जाली, जस्ता...
राजापुरमा विषादी रहित तरकारी खेती व्यवसायकालागि ११ युवतीलाई सहयोग वितरण

राजापुरमा विषादी रहित तरकारी खेती व्यवसायकालागि ११ युवतीलाई सहयोग वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज,, असार २। बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएको ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४, बर्दियामा विषादी रहित तरकारी खेती व्यवसायका लागि स्टार्ट-अप अनुदान वितरण गरिएको छ। ३९० घण्टे व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ११ जना युवतीहरूलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। साे कार्यक्रमको मुख्य उद्देश्य युवतीहरूलाई हरियाली व्यवसायमा स्थापित गराउँदै आत्मरोजगारी र आर्थिक स्वतन्त्रता हासिल गराउने तथा सामाजिक असमानता, हिंसा र बाल विवाह न्यूनीकरणमा योगदान पुर्‍याउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । साे सहयोग वितरण कार्यक्रम क्लबका अध्यक्ष तुलाधारको अध्यक्षतामा सम्पन्न भएकाे थियो । कार्यक्रमका प्रमुख अतिथि राजापुर...
राजापुरमा ‘बेतबाँस हस्तकला व्यवसाय’ का लागि १४ युवतीलाई स्टार्ट-अप सहयाेग वितरण

राजापुरमा ‘बेतबाँस हस्तकला व्यवसाय’ का लागि १४ युवतीलाई स्टार्ट-अप सहयाेग वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार २ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट-अप अनुदान वितरण गरिएको छ। ३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ती युवतीलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। बितरण कार्यक्रममा सहभागी युवतीहरूले आत्मनिर्भर बन्ने आत्मविश्वासका साथ ग्रीन व्यवसायमा संलग्न हुने उत्साह व्यक्त गरेका थिए। कार्यक्रमको उद्देश्य आर्थिक समानता, हिंसा र बाल विवाह न्यूनीकरण गर्दै युवतीहरूलाई आत्मनिर्भर र आर्थिक रूपले सक्षम बनाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उक्त वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष ...
नेपालगञ्जमा दक्ष जनशक्ति उत्पादन गर्न लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर खुल्यो

नेपालगञ्जमा दक्ष जनशक्ति उत्पादन गर्न लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर खुल्यो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, २८ जेठ । बाँकेको नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सो सेन्टरको शुभारम्भ गर्नु भयो  । कार्यक्रममा प्रमुख अतिथि मेयर यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको जिकिर गर्नु भयो । स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेकोले उक्त मागलाई पूर्ति गर्न ट्रेनिङ सेन्टरले भुमिका खेल्ने बताउदैं मेयर यादवले भन्नुभयो, नगरपालिकाले ट्रेनिङ सेन्टर संग समन्वय गरि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । वैदेशिक रोजगारीमा जान...
युवा महिलाको क्षमता विकासका लागि हरित फोटो र भिडियोग्राफी तालिम शुरु

युवा महिलाको क्षमता विकासका लागि हरित फोटो र भिडियोग्राफी तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, १ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो । शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताउनुभयो । उहाँका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो । यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर...
ठाकुरबाबा र राजापुरका ५० युवतिलाई ३९० घण्टाको सिप विकास तालिम प्रदान

ठाकुरबाबा र राजापुरका ५० युवतिलाई ३९० घण्टाको सिप विकास तालिम प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, बैशाख २३ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने तालिम र बिषादीरहित तरकारी खेती तालिम सम्पन्न भएको हो । दुबै पालिकामा ३९० घण्टासम्म सञ्चालन गरिएका ती चारवटै तालिममा ५० जना युवतिहरुको सहभागिता रहेको थियो । ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमको समापन गरियो । ठाकुरबाबामा आयोजना गरिएको तालिमको समापन समारोहमा ठ...
बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

बर्दियामा सञ्चालित विभिन्न परियोजनाको समिक्षा र योजनातर्जुमा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
परियोजनाको प्रभावकारिता, पारदर्शिता र दिगोपनमा ध्यान दिउँ–कोषाध्यक्ष फिर्दौस जहाँ समाचारदाता नेपालगन्ज, बैशाख १० । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित तीनवटा परियोजनाहरुको त्रैमासिक समिक्षा तथा योजना तर्जुमा बैठक गुलरियामा सम्पन्न भएको छ । बर्दियामा सञ्चालित शसक्त बालिका परियोजना, ग्रिन इकोनोमि परियोजना र सुरक्षा परियोजनाको तीन महिने समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । सो बैठकको समापन गर्दै बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिर्दौस जहाँले परियोजनाको योजना तर्जुमा गर्दा त्यसको प्रभावकारिता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले परियोजनाको सफलताका लागि गरेको कामको समिक्षा सबैभन्दा अहम भएको जनाउँदै सही समिक्षा भएमा आगामी दिनमा सुधार गर्न र झन राम्...
बर्दिया बढैयातालका माछापालक कृषक र दाना उत्पादक कम्पनीवीच छलफल र अन्तरक्रिया

बर्दिया बढैयातालका माछापालक कृषक र दाना उत्पादक कम्पनीवीच छलफल र अन्तरक्रिया

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता बढैयाताल, (बर्दिया) ६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा माछा पालक कृषक र दाना उत्पादक भारतीय कम्पनीवीच अन्तरक्रिया सम्पन्न भएको छ । बाँकेको कोहलपुर ९ हवलदारपुरमा रहेको अर्श सप्लायर्सको आयोजनामा आईबी ग्रुप अन्तगर्त फिश फिड एबिस एक्सपोर्टस ईन्डिया प्राईभेट लिमिटेड र बढैयातालका माछापालक कृषकहरु विच माछापालनलाई कसरी राम्रो र उत्कृष्ट बनाउने भन्ने बिषयमा अन्तरक्रिया गरिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ । सो अन्तरक्रियामा भारतका वरिष्ठ मत्स्य विशेषज्ञ सन्जय कुमार श्रीवास्तवले माछाको सर्बोत्तम विकास र उच्चतम लाभका लागि उनिहरुलाई दिने भोजननै अहम हुने जनाउँदै त्यसका लागि एबिस फिश फिड अत्यधिक लाभदायक रहेको बताउनुभयो । उहाँले उक्त फिश फिड लगाएत कम्पनीले भारतमा माछापालनका क्षेत्रमा गरिएका सफल र उत्कृष्ट प्रयासका वारेमा प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थिय...