१० बैशाख २०८३, बिहीबार

अर्थ

पूर्वमन्त्री राईलाई कुखुरा तस्करीसंग जोडिनु नियोजित षडयन्त्र भएको जनता समाजवादी पार्टीको ठहर

पूर्वमन्त्री राईलाई कुखुरा तस्करीसंग जोडिनु नियोजित षडयन्त्र भएको जनता समाजवादी पार्टीको ठहर

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, बैशाख ५ । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईलाई ‘कुखुरा तस्करी’ को आरोप लगाउँदै सामाजिक संजालमा ‘शेयर’ भएका समाचारप्रती जनता समाजवादी पार्टीले कडा शब्दमा खण्डन गरेको छ । राईको सचिवालयको तर्फबाट नेता राजेन्द्र बिश्वकर्माले सार्वजनिक गर्नुभएको बिज्ञप्तिमा राईको मान, प्रतिष्ठामाथि आँच पुर्याउने कुत्सित मनसायले कथित समाचारका नाममा डिजिटल प्लेटफर्महरू मार्फत भ्रम छर्ने गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘एक वर्षअघि एउटा अनलाइन मिडियाले आफै कपोलकल्पित ढंगले रचेर सम्प्रेषण गरेको मनगढन्ते सामग्रीलाई अहिले केही मिडियाले सनसनीपूर्ण रूपमा साभार गर्नु र विरोधि तत्वहरुले सामाजिक सञ्जाल मार्फत मनगढन्ते सामग्रीलाई व्यापक बनाउन उद्धत देखिनुलाई सामान्य ठहरÞ्याउन सकिदैन । यस्तो दुष्प्रचार हुनुमा नियोजित षडयन्त्र रहेको प्रष्ट बुझिन्छ ...
पूर्वमन्त्री नमुना केसीसहितको बाँके युनेस्कोको टोलीद्धारा बाँस हस्तकला तालिमको अनुगमन

पूर्वमन्त्री नमुना केसीसहितको बाँके युनेस्कोको टोलीद्धारा बाँस हस्तकला तालिमको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत १३ । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बताउनुभयो । अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको...
युवा समाजसेवी राजा खानद्धारा कारागारका कैदीबन्दीलाई रोजा इफ्तार सामाग्री सहयोग

युवा समाजसेवी राजा खानद्धारा कारागारका कैदीबन्दीलाई रोजा इफ्तार सामाग्री सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन २६ । नेपालगन्जका चर्चित युवा समाजसेवी राजा खानले बाँके कारागारमा कैदी बन्दी जीवन बिताइरहेका मुस्लिम कैदी बन्दीहरुका लागि रमजानको रोजा इफ्तारीका लागि विभिन्न खाद्य सामाग्रीसहित फलफूल सहयोग प्रदान गर्नु भएको छ । अहिले मुस्लिम समुदायको सबैभन्दा पवित्र महिना रमजान पर्व चलिरहेकोले कारागारमा रहेका कैदी बन्दीहरुलाई रोजा इफ्तार गर्न सहयोग पुगोस भनेर आफुले थोडै भएपनि इफ्तारका लागि खाद्यान्नसहित फलफूल सहयोग प्रदान गरेको समाजसेवी खानले बताउनुभयो । उहाँले रमजानको बेला धनि, गरिब र मध्यम सबै बर्गले राम्रोसंग रोजा खोल्न पाउन भन्ने उदेश्यका साथ आफुले सहयोग गर्दै आएको जनाउँदै कैदी बन्दीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सोमवार दिउँसो समाजसेवी खानसहितको युवाहरुको एक टोलीले नेपालगन्ज कारागारमा पुगेर सो खाद्य सामाग्री कारागार प्रशासनमार्फत कैदीहरुलाई प्रदान गर...
बर्दियाको ठाकुरबाबा र राजापुरमा ३९० घण्टाको सीप विकास तालिम शुरु

बर्दियाको ठाकुरबाबा र राजापुरमा ३९० घण्टाको सीप विकास तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, फागुन १२ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा बाँके युनेस्को क्लबले सीप विकास तालिम सञ्चालन गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत दुबै नगरपालिकामा एकै पटक सीप विकास तालिम शुरु गरिएको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । ठाकुरबाबा नगरपालिकामा तालिमको उदघाटन ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर बिना कुमारी भट्टराईले गर्नुभयो । तालिमको शुभारम्भ गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर लम्साल र उपमेयर भट्टराइले तरकारी र अन्य उत्पादनमा अत्याधिक रासायनिक विषादीको प्रयोगले हुने हानिकारक असरलाई ध्यानमा दिएर विषादीरहित उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँहरुले हरित व्यापार प्रवद्र्धनका लागि स्थानीय सरकारबाट हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गर्नुभयो...
बालिका सशक्तिकरणका लागि ६ बुँदे संकल्प गर्दै दुईदिने बालिका सम्मेलन सम्पन्न

बालिका सशक्तिकरणका लागि ६ बुँदे संकल्प गर्दै दुईदिने बालिका सम्मेलन सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ४ । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुलाई सहभागि गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको थियो । सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको बताउनुभ...
बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस १६ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनलसंगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरिरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो । सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा आत्म–जागरूकता, प्रभावकारी संचार कौशल, अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा निर्णय क्षमता बढाउनुका साथै समस्या समाधान र नेतृत्व विकासमा केन्द्रित ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्व सहित आत्मरक्षा एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी ज्ञानहर...
खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनकालागि सचेतना कार्यक्रम सम्पन्न

खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनकालागि सचेतना कार्यक्रम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १० । भेरी वातावरणिय विशिष्टता समूह बी–ग्रुप र खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुका लागि प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धन गर्न सचेतना कार्यक्रम आयोजना गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो । उहाँले सो कार्यक्रममा किसानले उत्पादन गरेको तरकारीको परीक्षण गर्दा विषादी नभएको अर्गानिक तरकारी रहेको रिपोर्ट आएको पनि बताउनुभयो । कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले एकीकृत शत्रुजीव ब्यवस्थापन प्रविधिबाट उत्पादन गरिएको अर्गानिक तरकारी समेत राखिएको ‘पेशागत तथा वातावरणीय ...
बर्दियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

बर्दियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ८ गते । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । तालिमको उदेश्य परियोजनाका साझेदार संस्थाहरूका पदाधिकारी र कर्मचारीहरू तथा पालिकाका विपद फोकल पर्सनहरुलाई जलवायु संकट, विपद् जोखिम व्यवस्थापन र विपद् न्यूनीकरणकालागि मानवीय सहायता कार्यक्रम एवं विपद् जोखिममा परेकाहरूको उद्धार र राहत सहयोगको सन्दर्भमा आपतकालीन अवस्थामा मानवीय सहायता प्रदान गर्न क्षमता अभिवृद्धि गर्नु रहेको प्लान नेपालले जनाएको छ । सो तालिममा बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बी ग्रुपका पदाधिकारी, कर्मचारीसंगै गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल ग...
नेपालगन्जका दुई पानी उद्योगी विरुद्ध मुद्दा दायर

नेपालगन्जका दुई पानी उद्योगी विरुद्ध मुद्दा दायर

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगंज, पुस ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले यस आर्थिक वर्षमा ३ वटा मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गरेको अभियोग ती मुद्दा जिल्ला प्रशासन कार्यालयमा दायर भएका हुन । कार्यालयका अनुसार नेपालगंज १५ स्थित डिउ ड्रप ड्रिङ्किङ वाटर उद्योगले पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बिपरित मापदण्ड नपुर्याइ उद्योग संचालन गरेको, नियमित पानीको परिक्षण नगरेको, उद्योगको परिसर फोहोर राखेको तथा खाद्य निरिक्षण अधिकारीले निरिक्षणको क्रममा दिएको निर्देशन पालना नगरेको अभियोगमा विरुद्ध यो मुद्दा दायर भएको कार्यालय प्रमुख प्रशान्त पोखरेले जनाउनु भयो । चार लाख ५० हजार मागदावी राखिएको छ। अर्को मुद्दा वाई के ड्रिङ्किङ बाटर उद्योग विरुद्ध अघिल्लो महिना दायर भएको थियो । त्यस्तै गत कार्तिक २५ मा नेपालगंज १८ स्थित क्वालिटि चाउमिन उ...
पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न

पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, कात्तिक २६ । बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न भएको छ । बर्दिया, भुरीगाउँमा सफलतापूर्वक सम्पन्न भएको सो तालिममा २५ जना १८ देखि २४ वर्ष उमेर समूहका युवतीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य युवतीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तन जस्ता नकारात्मक प्रभावहरूको बारेमा ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षकहरूले समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू बारे र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्वका बारेमा बिस्तृत रुपमा जानकारी ...