२ माघ २०८२, बिहीबार

अर्थ

नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, कात्तिक २२ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटनै पुगेर राहत सामाग्री बुझाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमक मुस्लिम समुदायले प्रदान गरेको सो राहात सामाग्री जाजरकोट पुगेर भूकम्प पीडितहरुका लागि राहत बुझाईएको नेपाल मुस्लिम समाजका सचिव मेराज अहमद हिमालयले बताउनुभयो । सचिव हिमालयका अनुसार मुस्लिम समुदायले संकलन गरेको सो राहत सामाग्री मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईको नेतृत्वमा लिएर जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । मुस्लिम समाजले दिएको राहात सामाग्रीमा चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा रहेको नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईले बताउनुभयो । एक नेपालीलाई दुखपर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ...
बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, कात्तिक २२ । शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो । सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके युनेस्को क्लब र समाजसेवी ध्रुव देवकोटाले गर्नु भएको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेले जनाएको छ । आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठका अनुसार शुरुमा नै बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र समाजसेवी ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएपछि निशुल्क खानाको व्यवस्थापन गर्न सकिएको हो । सोही सहयोगका कारण भुक...
माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, असोज २५ । माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताहरुले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरु गरेर विषेश रुपान्तरण अभियानलाई अगाडी बढाएका छन् । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपमान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय जनताका धान काटेर जनश्रमदान गरेका हुन् । अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ फारामटोलका स्थानीय जनताका खेतको धान काटेर जनश्रमदान गरिएको माओवादी १९ नं वडा अध्यक्ष शम्भुनाथ योगीले जानकारी दिनुभयो । उहाँले फारामटोलका स्थानीय गंगा योगी र कृष्ण पुनको खेतको धान जनश्रमदान गरी काटिदिएको बताउनुभयो । माओवादीहरु खेतैमा पुगेर धान काटिदिँदा स्थानीय खुशीले दङ्ग परेका थिए । स्थानीय कृष्ण पुनले विहानै माओवादी आएर खेतमा पाकेको धान काटिदिँदा आफू अत्यन्तै खुशी भएको बताउनु भएको थियो । “चाडव...
प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १७ । प्लान इन्टरनेशनल नेपालको ४५ औँ बार्षिक उत्सवको अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजनिक गर्दै कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी रहेको जनाउँदै त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएको बताउनुभयो । सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो रहेको जनाउँदै मुख्यमन्त्री शर्माले कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका...
ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल  सम्मानित

ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल सम्मानित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असोज १२ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजनाले १८ वर्षदेखि २४ वर्ष समुहका १२० जना युवा महिलालाई शिपमुलक तालिम दिएर उनिहरुको व्यवसाय विकास तथा रोजगार प्रवद्र्धनमा सहयोग पुरयाएको छ । सो परियोजना १ जनवरी २०२२ देखि सञ्चालनमा आएको बाँके युनेस्को क्लबले जनाएको छ । सो परियोजनाको पालिकास्तरीय समिक्षा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको हो । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो भने नगरपालिकाका उपप्रमुख बि...
प्लान र बाँके युनेस्कोद्धारा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

प्लान र बाँके युनेस्कोद्धारा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असोज ९ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय परियोजना समापन बैठक बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले राहात र सहयोगका लागि चारवटै पालिकामा सञ्चालन गरिएका क्रियाकलाप, सिकाई र चुनौतीहरुका बारेमा विस्तृत रुपमा प्रस्तुती गर्नु भएको थियो । सोही प्रस्तुतीको आधार...
युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असोज ६ । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखी २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उदेश्यले पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो । उहाँले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी ...
बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ । बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ । सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभय...
बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीकालागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । वेरोजगार युवाहरुलाई सीप, सेवा र रोजगारीमा पहँुच पुरयाउने उदेश्यले रोजगार मेला संचालन गर्न लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी, महिला विकास अधिकृत गोगनसरा आचार्य, वडा अध्यक्षहरु, क्यान, नगरस्तरीय सहकारी सञ्जाल, प्रर्याप्रयटन विकास मञ्च, होटेल संघ न...
बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका युवा महिलाहरुको रोजगार प्रवद्र्धनका लागि उनिहरुको क्षमता बढाउन तालिमको आयोजना गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । रोजगारीको तलाशमा रहेका युवा महिलालाई रोजगारीका लागि बायोडाटा सिर्जना गर्न, रोजगारीका बारेमा विस्तृत जानकारी गराउन र अन्तर्वार्ता मोडलको अभ्यास गर्न मद्दत गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले यस्ता तालिमबाट युवा महिलाको रोजगारी खोज्ने क्षमताको विकास हुने र रोजगारीमा लाग्न मद्दत मिल्ने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले य...