२५ मंसिर २०८२, बुधबार

ताजा-अपडेट

सल्यानमा यात्रुबाहक बस खोलामा खस्यो, ८ जनाको मृत्यु

सल्यानमा यात्रुबाहक बस खोलामा खस्यो, ८ जनाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो। दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।...
नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान आइतवारबाट फेरी शुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली जिल्लामा उडान भर्न निर्देशन दिएपछि सो एयरलाईन्सले नेपालगञ्ज–हुम्ला उडानशुरु गरेको हो । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ । यसअघि सो एयरलाइन्सलाई पटक पटक उडानका लागि हुम्लावासीले अनुरोध गर्दा उडान हुन सकेको थिएन । यो उडान शुरु गरिएपछि नेपालगञ्जबाट हुम्ला जाने र फर्किने यात्रुलाई उचित भाडादरमा यात्रा गर्न सहज भएको छ । यसअघि हप्ताको एक उडान भर्दै आएको सो एयरलाइन्सले अब नियमित उडान भर्ने जनाएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि सो रुटमा सहुलियत दरमा या...
तिंकरको प्रहरी छांगरु झर्‍यो, चीनसंगको नाका सुरक्षाविहीन

तिंकरको प्रहरी छांगरु झर्‍यो, चीनसंगको नाका सुरक्षाविहीन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नरेन्द्रसिंह कार्की, रासस दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइसराइ ९कुञ्चा०सर्ने तयारी भएको व्याँस गाउँपालिका(१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । “बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा ...
एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे  सात लाख रुपियाँ संकलन

एम्बुलेन्स खरिदका लागि खेलिएको देउसीभैलोबाट साढे सात लाख रुपियाँ संकलन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेका युवाले समाज सेवा संस्था नेपाल मार्फत एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन भएको छ । समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि यस पटक देउसी भैलो खेलेको छ । एम्बुुलेन्स खरिदका लागि खेलेको भैलो टिमले तीन दिनमै ७ लाख ५४ हजार ८९५ रुपियाँ संकलन गरिसकेको छ । विभिन्न व्यवसायीक तथा औद्योगिक प्रतिष्ठानहरुले त्यसका लागि ठुलो सहयोग गर्नु भएको संस्थाले जनाएको छ । देउसी भैलो खेलेर पिकनिक मनाउने तथा अन्य रमाइलो काममा खर्च गर्ने परम्परालाई तोडेर सो संस्थाले मानवीय सेवाका लागि देउसी भैलो खेलेको जनाईएको छ । संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई सो संस्थाले ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । त्यसै गरि ...
नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको निधन

नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको निधन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । नेपाली काँग्रेस बाँकेका पुराना नेता ओम जङ राणाको आइतवार विहान निधन भएको छ । नेपालगन्ज २२ पुरैनी निवासी ७६ वर्षिय राणाको निधन काठमाण्डौमा भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ । जिल्ला बिकास समिति बाकेका पुर्ब सभापति रहनु भएका काङ्ग्रेस नेता राणाले प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय सहभागिता देखाउनु भएको थियो । जिल्लाको भूगोल लगायत समग्र अवस्था बारे राम्रो दखल राख्ने राणा असल, बिकासप्रेमी नेताका रुपमा परिचित हुनु हुन्थ्यो । उहाँको निधनमा विभिन्न व्यक्ति र संघसंस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपालगञ्जपाटी परिवार पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।    ...
नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला

नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला

ताजा-अपडेट, मुख्य समाचार, विचार
राजेन्द्र नाथ टोली नेता दीपक थियो । अहिले उसलाई नेपाली समाजले पत्रकार दीपक खरेल भनेर चिन्छ । ‘अपराध बीट’ मा काम गर्ने पत्रकार भनेर अझ कतिपय ऊसँग थर्किन्छन होला । दीपकहरु अपराध बीट भन्दा नाक खुम्च्याउँछन, हामी बीट बिहीनहरुसँग । उनीहरुको सल्लाह हुन्छ, ‘सुरक्षा बीट’ भनौ न साथी । दीपकले धेरै ठाउँ चाहार्‍यो । जीवन संर्घषका लागि होइन्, इमानको पत्रकारिता गर्न । पछिल्लो पटक ‘नागरिक दैनिक’, ‘नेपाल खबर’ हुँदै ‘पर्दाफास’ मा पुगेको छ । पर्दाफास अनलाइन उसले आफै सुरु गर्‍यो । अरुमा ‘जागिर’ खान्थ्यो । ‘सत्यसँग साक्षात्कार’ उसको नारा छ । ००० म उसको ‘बायोग्राफी’ लेखिरहेको छैन । ऊ बिना यो स्मरण अधुरो हुने भएकाले थोरै प्रसंग उल्लेख मात्र गरेको हु । तिहारमा म उसलाई सम्झिन्छु , त्यो भन्दा बढी नेपालगन्जलाई । त्रिभुवन चोकबाट थोरै पूर्ब हिन्दा रानितलाव आउँछ । अहिले सफासुग्घर होला । त्यो बेला निकै गन्हाउथ्यो । ...
बाँकेमा धार्मिक सदभाव र एकताको उत्कृष्ट उदाहरण फेरी देखियो

बाँकेमा धार्मिक सदभाव र एकताको उत्कृष्ट उदाहरण फेरी देखियो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २० कात्तिक । धार्मिक सदभावको नमुनाको रुपमा स्थापित भएको बाँके जिल्लामा हिन्दु मुस्लिम धर्मावलम्बीहरु विचको एकता र सदभाव फेरी एक पटक उजागर भएको छ । बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ रमपुर्वामा आयोजित श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा आयोजकले पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईलाई प्रमुख अतिथि बनाएर धार्मिक सदभाव र एकताको परिचय दिए । श्री लक्ष्मी गणेश पुजन एंव गायत्री महायज्ञ संगीत प्रवचन कार्यक्रममा प्रमुख अतिथि बनाइनु भएका पुर्वमन्त्री राईले हाम्रा चाडपर्वहरु एक आपसमा प्रेम, सदभाव र सौहर्द बढाउने माध्यम भएको बताउनुभयो । उहाँले बाँकेमा सबै धर्म समुदायले एक अर्काको चाडपर्वमा सहभागिता जनाउने तथा आपसमा शुभकामना र बधाई साटासाट गर्ने अतिनै उत्कृष्ट मान्यता स्थापित भएको बताउनुभयो । प्रवचन ...
बाँके प्रहरीद्धारा एकैरात ४८ जुवाडे पक्राउ, साढे चारलाख नगद बरामद

बाँके प्रहरीद्धारा एकैरात ४८ जुवाडे पक्राउ, साढे चारलाख नगद बरामद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २० कात्तिक । तिहारको बेला नेपालगञ्ज र सो वरिपरि हुने गरेको लाखौं लाखको हारजितको जुवा नियन्त्रण अभियानमा लागेको बाँके प्रहरीले एकै रात ४८ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले शुक्रबार राती नेपालगञ्जको बाबु गाउँबाट ४८ जना जुवाडेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उनीहरुबाट ४ लाख ६६ हजार नगद बरामद गरेको पनि उहाँले बताउनुभयो । करोडौंको जुवा भइरहेपनि प्रहरी मुकदर्शक बनेको जनगुनासो बारम्बार आएपछि प्रहरीले शुक्रवार रातीदेखि जुवा अपरेशन शुरु गरेको छ । एक्रै रातमा ४८ जना जुवाडेलाई पक्राउ गरिएपनि नगरका नाम कहलिएका जुवाडेलाई भने प्रहरीले अझैपनि पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ । तर, बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने प्रहरीले साना ठुला नभनेर सबै जुवाडेलाई खोजी रहेको र पत्ता लाग्...
सयपत्री र मखमली फूलको अभावले कृतिम मालाको माग अत्याधिक

सयपत्री र मखमली फूलको अभावले कृतिम मालाको माग अत्याधिक

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १९ कात्तिक । सयपत्री र मखमली फूलको अभाव भएपछि तिहारमा बाँकेको नेपालगञ्ज लगायतका शहरी क्षेत्रमा यतिबेला कृत्रिम फूलमालाको माग बढेको छ । प्राकेतिक फूल प्रयाप्त नपाईंदा कृतिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् । तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुनेगर्छ । फूलमालाको माग बढेसँगै बाँकेका शहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय रोशनी शर्माले बताउनुभयो । कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको नेपालगञज बागेश्वरी मन्दिर नज...
तारा एअरको नेपालगञ्ज–पोखरा चार्टर उडान शुक्रवारबाट शुरु

तारा एअरको नेपालगञ्ज–पोखरा चार्टर उडान शुक्रवारबाट शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १९ गते । देशकै प्रमुख पर्यटकीय नगर पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ । यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको हो । भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्स नेपालगञ्ज शाखाका प्रमुख दीलिप कार्कीले बताउनुभयो । कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ । तारा एअरको जहाजबाट प्रादेशिक चार्टर उडान शुरु गरिएको जनाउँदै चाँडै नै अन्य गन्तब्यमा नियमित प्रादेशिक उडान गर्ने योजना र...