नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, १२ कात्तिक । नेपालगञ्जमा हजारौंको संख्यामा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमनका लागि सम्बन्धित निकायले चासो र सक्रियता बढाएको छ । तर, के सजिलो छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ? कतिपयले यसलाई सहज नभएको टिप्पणी गरिरहेका छन् । नेपालगञ्जमा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमन अतिनै जटिल कार्य भएको अधिकांशको बुझाई छ ।
तरपनि नेपालगञ्ज उपमहमानगरपालिको इ रिक्सा सम्बन्धी कार्यबिधि २०७८ बमोजिम व्यवस्थापनका लागि गठन गरिएको समितिले नगर भित्र संचालनमा रहेका इ रिक्सा के कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषमा छलफल र सुझाव संकलन गरिरहेको छ । ्
नेपालगञ्ज उपमहमानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा गठित सो समितिले उक्त चुनौतीपुर्ण कार्यलाई पुरा गर्ने लक्ष्यका साथ काम शुरु गरेको उपप्रमुख थापा मगरले बताउनुभयो ।
सो सम्बन्धमा इ—रिक्सा दर्ता, परिचय पत्र...
नेपालगञ्ज, १२ कात्तिक । काठमाण्डोमा केही अफगानिस्तानका नागरिकहरु अवैध रुपमा सीमा पार गरेर पुगेपछि सरकारको नेपाल भारतका खुला नाकाहरुमा कडाई गर्ने निर्देशन बमोजिम नेपालगञ्जस्थित जमुनाहा नाकामा पनि कडाई र निगरानी बढाईएको छ ।
तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने आशंका बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशन बमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाई शुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो ।
सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बनधमा कडा निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरुले भारत प्रवेश गर्नका लागि भारतीय अ...
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक १२ । नेपालगञ्जको औद्योगिक करिडोरका उद्योगी, व्यावसायी र उद्योग मन्त्रालयका प्रतिनिधिविच उद्योगीका समस्याका बारेमा यहाँ एक छलफल तथा अन्तरक्रिया गरिएको छ ।
औद्योगिक करिडोरका उद्योगी, व्यावसायीहरुका समस्या र समाधानका विषयमा सो छलफल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा गरिएको संघले जनाएको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको सो छलफलमा उद्योगीहरुले भोग्नु परेका समस्याका साथै औद्योगिक करिडोरका लागि सरकारले गर्नु पर्ने कामको बारेमा जानकारी गराईएको संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो ।
उहाँले उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले उद्योगी व्यवसायीका समस्याहरुलाई गम्भीरतापुर्वक लिएको जानकारी गराउनुका साथै समाधानका लागि हर सम्भ...
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक १२ । मौसम परिवर्तन भैरहेकै बेलामा बाँके जिल्लामा भाईरल ज्वरो र रुघाखोकीका विरामीहरु बढ्दै गएका छन् ।
केही महिना पहिलेसम्म कहर मचाएको कोरोनाको संक्रमण निकै घट्दै गएपनि अहिले आएर जिल्लामा भाईरल ज्वरो, रुघाखोकी र टाइफाइडका विरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।
अहिले गर्मी समाप्त भएर चिसो मौसम शुरु भएकोले सोही कारणले ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामीहरुको संख्या अत्याधिक बढेको भेरी अस्पतालका प्रवक्ता डा. संकेत कुमार रिसालले बताउनुभयो ।
उहाँले अहिले कोरोनाका विरामीहरु निकै कम भैसकेको जनाउँदै तर भाइरल ज्वरोका विरामी भने धेरै बढेको बताउनुभयो ।
अहिले भेरी अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिगान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने विरामीहरु ठुलो संख्यामा आउने गरेका छन् ।
सोही प्रकारले नेप...
सिराज खान
नेपालगञ्ज, कात्तिक १२ । पश्चिम नेपालको केन्द्र नेपालगञ्जमा करोडौंको लगानीमा तयार गरिएको अत्याधुनिक शपिंग मल वेस्टर्न मलमा दिपावली र तिहारको अवसरमा वेस्टर्न मार्ट सञ्चालनमा आउने भएको छ । सो मार्टको उदघाटन धनतेरसका दिन कात्तिक १६ गते गरिने भएको छ ।
कोरोना कहरकैविच वेष्टर्न विजनेश गु्रपले नेपालगञ्जको सुर्खेतरोडमा अत्याधुनिक सुविधा सहितको वेस्टर्न मल र मार्टको निर्माण पुरा गरेको विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाले बताउनुभयो ।
उहाँले विजनेश ग्रुपका सदस्यहरु र बैंकको गरेर करोडौंको लगानीमा तयार गरिएको यो मल लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक मलका रुपमा रहेको दाबी गर्नुभयो ।
सो मलमा रहेको ५० हजार स्क्वायर फिट क्षेत्रफल भित्र बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने कम्पनीले जनाएको छ ।
‘यसका अलावा अन्तराष्ट्रिय स्तरको से...
काठमाण्डौ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि ‘यूएनएफसीसीसी’ को २६औँ सम्मेलन ‘कोप(२६’मा भाग लिन आज शुक्रबार बेलायत जाँदैहुनुहुन्छ । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लाग्नु भएको हो ।
कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहनु हुनेछ ।
प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत९नेपाल व्याप...
नेपालगञ्ज, १२ कात्तिक। आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।
श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो।
वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४...
बुटवल,१२ कात्तिक। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा ‘हिमाल’ ले लुम्बिनी प्रदेशमा सञ्चार मैत्री विधेयक निर्माणका लागि सरकारले पहल गर्ने बताएका छन् । संचारलाई अंकुश लगाउने खालको बिधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूचीमा चढिसकेपछि पनि सभामा पेश नगरि पत्रकार महासंघका नेताहरुसँग भेट गरेका मन्त्री शर्माले सञ्चारमैत्री बिधेयक बनाउन पहल गर्ने आश्वासन दिएका हुन् ।
सरकारले प्रस्ताव गरेको सञ्चार विधेयकमा रहेका सञ्चार विरोधी दफाहरुलाई हटाउन र सञ्चामैत्री बनाउन आवश्यक बुँदाहरु समावेश गर्ने सुझाव लिएर सञ्चार मन्त्रालय पुगेका महासंघको लुम्बिनी प्रदेश समितिको टोलीसँग कुरा गर्दै मन्त्री शर्माले पत्रकारहरुका हितमा विधेयक बनाउने कुरामा आफूले सहजीकरण एवं पहल गर्ने बताए ।
टोलीले विधेयकमा समावेश गर्नु पर्ने विषयका बुँदा तयार गरि सञ्चारमन्त्री शर्मालाई बुझाएको छ । महासं...
नेपालगञ्ज, ११ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसीर ४ गते सातौं संस्करण हुँदैछ ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए ।
नेपालगञ्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् ।
यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य ...
नेपालगञ्ज, ११ कात्तिक । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघाभन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ ।...