२० जेष्ठ २०८३, बुधबार

ताजा-अपडेट

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाहरूकालागि दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरेको हो । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, पीडित संरक्षण, सुरक्षित आप्रवासन प्रवद्र्धन तथा बाल संरक्षण अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, न्यायिक क्षेत्र, गैरसरकारी संस्था तथा सामुदायिक संरचनाबीच समन्वय र प्रतिकार्य प्रणाली सुदृढ गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लबले जनाएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, एलसीसीएचटी सदस्यहरू, नेपाल प्रहरी, सशस्त्र...
एक महिने पशुपालन सीप विकास तालिमबाट बर्दियाका ३० युवा महिला लाभान्वित

एक महिने पशुपालन सीप विकास तालिमबाट बर्दियाका ३० युवा महिला लाभान्वित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, वैशाख २९ गते । बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पालन सम्बन्धी एक महिने व्यावसायिक सीप विकास तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । युवा महिलाहरूलाई आयआर्जन, स्वरोजगार तथा दिगो हरित जीविकोपार्जनका लागि व्यवहारिक ज्ञान, प्राविधिक सीप र उद्यमशीलता क्षमता विकास गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जना युवा महिलाको सहभागिता रहेको थियो । ठाकुरबाबा नगरपालिकामा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम वडा नम्बर २ का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद कँडेलको अध्यक्षता तथा उपप्रमुख बिना कुमारी भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको थिय...
लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न

लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, २८ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने “लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन” सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो । परियोजनाअन्तर्गत सञ्चालित विद्यालयहरूका २१ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमको उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैंगिक उत्तरदायी सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको ज्ञान, दृष्टिकोण र व्यवहारिक सीप अभिवृद्धि गर्नु रहेको थियो । तालिम उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक तथा उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले हरेक बालबालिकाले समान सिकाइ अवसर प्राप्त गर्न लैंगिक मैत्री तथा समावेशी विद्यालय वातावरण अत्यन्त आवश्यक र...
बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा पनि प्रभावकारी रूपमा सुरु गरिएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो । यस राष्ट्रिय अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । सोही अनुरूप राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८२÷८३ बाँके जिल्लामा सञ्चालनमा आएको हो । अभियान अन्तर्गत बालबालिका र पहिलो १,००० दिनभित्रका आमाहरूको मिड–अपर आर्म सर कम्फरेन्स मापनका साथै उमेर, उचाइ÷लम्बाइ तथा तौल परीक्षणम...
राजापुरमा युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी कार्यशाला

राजापुरमा युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, १७ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा “युवा उद्यमशीलताकालागि सार्वजनिक–निजी साझेदारी” विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेसनल नेपालसंंगको साझेदारीमा बर्दियामा संचालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो कार्यशाला संचालन गरिएको हो । क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार कार्यशालाको मुख्य उद्देश्य युवा महिलामार्फत सञ्चालित आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य प्रवद्र्धन गर्नु, स्थानीय सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय मजबुत बनाउनु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्दै दिगो स्थानीय आर्थिक विकासलाई टेवा पु¥याउनु रहेको थियो । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको सो...
नरैनापुरमा कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

नरैनापुरमा कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, १२ वैशाख । बाँके युनेस्को क्लबले जिल्लाको नरैनापुर गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यकर्मीहरूकालागि तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुरमा सो तालिम सम्पन्न गरेको हो । क्लबका अनुसार उक्त तालिमको उद्देश्य सहभागीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्षता विकास गर्नु रहेको थियो । तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन र सहजीकरण सम्बन्धी सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रम नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहको अ...
युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी सरोकारवाला कार्यशाला

युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी सरोकारवाला कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, ११ वैशाख ११ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी साझेदारी विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सञ्चालन गरिरहेको ग्रिन एकोनोमि तथा रुपान्तरण र नवपर्वर्तनकालागि युवा शसक्तिकरण परियोजना अन्तर्गत सो कार्यशाला आयोजना गरेको हो । उक्त कार्यशालाको मुख्य उद्देश्य युवा महिलामुखी आर्थिक गतिविधिहरूलाई सशक्त बनाउँदै उनीहरूको आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउनु, स्थानीय तह, निजी क्षेत्र र सहकारीबीच समन्वय अभिवृद्धि गर्नु, व्यवसायिक वातावरणका चुनौती र समाधान पहिचान गर्नु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्नु रहेको क्लबले जनाएको छ । कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष तथा आर्थिक विकास सम...
कुपोषणको एकिकृत व्यवस्थापनकालागि नेपालगन्जका स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम

कुपोषणको एकिकृत व्यवस्थापनकालागि नेपालगन्जका स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, ५ वैशाख । बाँके युनेस्को क्लबले नेपालगन्जमा कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत सो तालिम नेपालगन्जमा संचालन गरेको हो । उक्त तालिमको उद्देश्य स्वास्थ्यकर्मीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नु तथा कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्ष बनाउनु रहेको क्लबले जनाएको छ । बाँके युनेस्को क्लबका अनुसार तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन तयारी तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा सुनिश्चित गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । कार्यक्रमको उदघाटन सत्र नेपालगन्ज उपमहानगरप...
नेपालगन्जमा कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

नेपालगन्जमा कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत २९ । बाँके युनेस्को क्लबले नेपालगन्जमा संचालन गरेको कुपोषणको व्यवस्थापन सम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनका लागि पोषण कार्यक्रम परियोजना अन्तर्गत सो तालिम नेपालगन्जमा संचालन गरिएको हो । सो तालिमको उद्देश्य सहभागीहरूको क्षमता अभिवृद्धि गरी कुपोषण व्यवस्थापन तथा गुणस्तरीय पोषण सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको क्लबले जनाएको छ । तालिममा कुपोषणको पहिचान, उपचार, प्रतिवेदन प्रणाली तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो । तालिमकोे उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सपना परियारले सहभागीहरूलाई स्वागत गर्दै तालिम सफलताको शु...
कोहलपुरमा शिघ्र कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न

कोहलपुरमा शिघ्र कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता कोहलपुर, चैत २८ । बाँकेको कोहलपुरमा संचालन गरिएको शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा जिल्लामा संचालन गरेको पोषण परियोजना अन्तर्गत सो तालिम कोहलपुर नगरपालिकामा सम्पन्न भएको हो । सो तालिमको उद्देश्य सहभागीहरूको क्षमता अभिवृद्धि गरी समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न सक्षम बनाउनु रहेको क्लबले जनाएको छ । तालिममा कुपोषणको पहिचान, उपचार, प्रतिवेदन प्रणाली तथा सहजीकरण सीपमा विशेष जोड दिइएको थियो । कार्यक्रमको उद्घाटन सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रेम प्रसाद पाण्डेले गर्नुभएक...